‘भाद्रपद’ अर्थात भाद्र महिनाको अर्थ हुन्छ ‘भद्र परिणाम दिनेवाला व्रतको महिना ।’ हिन्दू धर्मावलम्बीहरूका लागि आफ्नो गल्तीको प्रायश्चित गर्ने र व्रत, उपवास, नियम तथा निष्ठाको पालना गर्ने महिनाको रुपमा लिइन्छ भाद्र महिनालाई । मनलाई शुद्ध एवं पवित्र भाव पैदा गर्ने एकदम प्रभावकारी महिना मानिन्छ । यो महिनामा गणेश चतुर्थीजस्ता ठूलो पर्व मनाइन्छ । भगवान् श्रीकृष्णको जन्मोत्सव तथा कलंक चतुर्थी पनि यही महिनामा पर्छ ।
यो भाद्र महिनामा हिन्दू धर्मावलम्बीहरूलाई दहीको सेवन पूर्ण रूपमा प्रतिबन्धित छ । तर, पूरै महिना श्रीकृष्णलाई पन्चामृतले स्नान गराएमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । पन्चामृतमा दही पनि सामेल हुन्छ । जसको सन्तानको चाहना पूरा भएको छैन, त्यस दम्पतीले श्रीकृष्णको जन्मोत्सवमा सहभागी भएमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
यो महिनामा आत्मविश्वास बढाउन लागि श्रीमद्भागवत गीताको पाठ पढ्दा शुभ फल मिल्ने विश्वास गरिन्छ । यो महिनामा लड्डु गोपाल र शंखको स्थापना गरेमा घरमा धन तथा सम्पन्नता प्राप्त हुने बताइन्छ ।
विद्या, बुद्धि तथा ज्ञानको लागि यो महिना भगवान गणेशको उपसना गर्नुपर्दछ । पहेँलो रंगमा भगवान गणेशको स्थापना गर्नुपर्दछ । गणेशको उपसना गर्ने र महिनाभर सात्विक भोजन गर्नाले हरेक प्रकारको दुःख, कष्टबाट मुक्ति पाउने विश्वास गरिन्छ ।













