• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायती नर्स सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर

by
२ भदौ २०८०,
0
बेलायती नर्स सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लण्डन । सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन् ।

गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको थियो ।

उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाई र छलफलपछि फैसला सुनाएको हो ।

सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म उत्तरपश्चिम इङ्ल्यान्डको काउन्टेस अफ चेस्टर अस्पतालको नवजात शिशुको मृत्यु भएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

“लुसी लेट्बीलाई सबैभन्दा कमजोर बच्चाहरूको सुरक्षाको जिम्मा दिइएको थियो । उनीसँगै काम गर्नेहरूलाई उनीहरूको बीचमा एउटा हत्यारा छ भन्ने थाहा थिएन,” वरिष्ठ क्राउन अभियोजक पास्केल जोन्सले एक बयानमा भनेका छन् ।

अभियोजकले भनेका छन् , “पटक–पटक उनले बच्चालाई यस्तो वातावरणमा हानि पुर्याएकी थिइन्, जुन वातावरण उनीहरू र उनीहरूका परिवारका लागि सुरक्षित हुनुपर्थ्यो । यो हत्याले उनीमाथि गरिएको विश्वासमा पूर्ण विश्वासघात गरेको ठहर हुन्छ ।”

अदालतको सुनुवाईका क्रममा सहकर्मीहरूले प्रत्येक बच्चाहरू विरामी परेको वा उनीहरूको मृत्यु भएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए । केही नवजात शिशुहरू उनीहरूका आमाबाबुले शैया छोड्ने बित्तिकै एक्कासी विरामी परेको पाइएको सुनुवाईका क्रममा प्रमाण प्राप्त भएका थिए ।

अभियोजक निक जोनसनले भने, “लेट्बीले आफ्ना सहकर्मीलाई मृत्युको शृङ्खला ‘दुर्भाग्यको एक भाग मात्र हो’ भन्ने विश्वास दिलाएकी थिइन् ।” लेट्बीको गलत निर्णयको ‘अन्तिम पिडित’ एकै पटक जन्मिएका तीन शिशुकेटा ९तिम्ल्याहा० थिए, जसलाई अदालतमा बच्चाहरू ओ र पी को रूपमा उल्लेख गरिएको थियो ।

जून २०१६ मा इबिजामा छुट्टीबाट फर्केको केही समय पछि बच्चा ओ को मृत्यु भयो भने पी को एक दिन पछि मृत्यु भएको थियो ।

लेट्बीले तेस्रो बच्चा, चाइल्ड क्यूलाई मार्ने प्रयास गरेको पनि भनिएको थियो, तर फैसलाले आरोपको निर्णयमा पुग्न नसकिएको उल्लेख गरेको छ । जोनसनले त्यतिबेलासम्म लट्ेबी ‘पूर्णतया नियन्त्रणबाहिर’ रहेको र ‘वास्तवमा उनी पूर्ण नकारात्मक भूमिकामा रहेको’ बताएका छन् ।

लेट्बीलाई पक्राउ गरी दुई पटक रिहा गरिएको थियो । सन् २०२० मा तेस्रो पटक पक्राउ परेपछि उनलाई औपचारिक रूपमा अभियोग लगाइएको थियो र हिरासतमा राखिएको थियो ।

उनको घरमा खानतलासी गर्दा प्रहरीले अस्पतालको कागजात र हस्तलिखित एउटा चिठ्ठी भेट्टायो जसमा लेट्बीले लेखेकी थिइन्, “म दुष्ट हुँ, मैले यो गरें ।”

दुई तिम्ल्याहाको मृत्युपछि लेट्बीलाई प्रशासनिक जिम्मेवारी तोकिएपछि उनले यो नोट लेखेको सुनुवाईका क्रममा बताएकी थिइन् । उनले आफूलाई मेडिकल ड्युटीबाट हटाउने निर्णयले आफूलाई ‘केही गलत काम गरेको’ जस्तो महसुस भएको बताइन् ।

ब्यारिस्टर बेन मायर्सले लेट्बीको बचाउ गर्दै अदालतमा गरेको बहसमा उनी ‘मेहनती, कामप्रति प्रतिबद्ध’ र ‘सेवालाई माया गर्थिन्’ भनेका छन् । शिशुको नाजुक स्वास्थ्यलाई सङ्केत गर्दै पिडितमध्ये धेरै समय पहिले जन्मेका र नवजात शिशु एकाइ धेरै ठूलो तर कम कर्मचारीयुक्त रहेकोले सेवा प्रवाहमा समस्या भएको पनि उनले बताए । लेट्बीलाई चार जना वरिष्ठ चिकित्सकहरूको एउटा ‘गिरोह’ले अस्पतालको असफलता ढाकछोप गर्न नर्स लेट्बीलाई दोषी देखाउने प्रयास गरेको पनि मायर्सल बताए ।

लेट्बीले आफ्नो सुनुवाईमा उनी ‘सधैं बच्चाहरूको सेवा गर्न चाहन्थिन्’ र मृत्युको लागि आफूलाई दोषी ठहर्याउनु ‘भयानक’ निर्णय भएको बताएकी थिइन् ।

यो घटनाले बेलायतका दुई कुख्यात चिकित्सकीय हत्यारा, डाक्टर हेरोल्ड शिपम्यान र नर्स बेभर्ली एलिटको सम्झनालाई पुनः जीवित गरेको छ । आफ्ना १५ जना बिरामीको हत्या गरेको चार वर्षपछि सन् २००४ मा जनरल प्राक्टिसनर शिपम्यानले जेलमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको मृत्युपछि गरिएको एक सार्वजनिक अनुसन्धानले सन् १९७१ देखि १९९८ को बीचमा उनले २५० जना बिरामीलाई घातक मोर्फिन इन्जेक्सन दिएर उनीहरूलाई मारेको एक सार्वजनिक अनुसन्धानले निष्कर्ष निकालेको थियो ।

सन् १९९३ मा ‘एन्जिल अफ डेथ’ भनिने नर्स एलिटलाई आफ्नो हेरचाहमा रहेका चार जना साना बालबालिकाको हत्या गरेको, अन्य तीन जनाको हत्या गर्ने प्रयास गरेको र बाँकी छ जनालाई शारीरिक क्षति पुर्याएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

Previous Post

भरतपुर अस्पतालमा ४०० शय्या निःशुल्क

Next Post

एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध

सम्बन्धित खबर

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
अन्तर्राष्ट्रिय

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

५ अशोज २०८३,
बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा
समाचार

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

५ अशोज २०८३,
‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति
फिचर-ब्यानर

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

५ अशोज २०८३,
आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
समाचार

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

५ अशोज २०८३,
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
समाचार

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

५ अशोज २०८३,
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
समाचार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

५ अशोज २०८३,
Load More
Next Post
एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध

एउटा ‘म्यासेज’ ले टुट्यो सलमान र कैटरीनाको प्रेम सम्बन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In