तन, मन, धन, श्रद्धा, भक्ति, धैर्य, अपनत्वको मेल दुर्लभ छ । यी अन्यत्र पाइँदैनन्, स्वयं हृदयमा विद्यमान छन् ।
तन भए धन, मन छैन । धन भए तन, मन छैन । मन भए तन छ, धन छैन । धन, तन भए अभिमान छ । मन छ र तन धन छैन भने डाह छ, निन्दा छ, दोष दर्शन छ । तीनै छन् भने क्रोध छ, अधिकारको भावना छ, यस्तो भए हुन्थ्यो भन्ने छ । अहङ्कार र इन्द्रियहरू बीचमा नआउने हो भने, जे गर्दा पनि प्रज्ञा हुन्थ्यो । तन, मन, धन सबैको सामथ्र्य नपुगेमा निकटता–सान्निध्य सर्वदा सेवाको भार लिन सकिन्न, त्यस अवस्थामा हृदयबाट गुरुको प्रेम छ वा गुरुले मर्यादा दिएको छ भने ।
उदार–भनेको–वस्तुको सङ्ग्रह नगर्ने तथा ज्ञानी भनेको सबैमा एउटै आत्मा छ भन्ने यथार्थता जान्नु हो । गुरु उदार र ज्ञानी हुनुप¥यो शिष्य, निस्वार्थी एवं सेवक हुनुप¥यो ।
गुरु करुणावान्, शिष्य जिज्ञासावान् छन् भने यसै जन्ममा–ध्यान–ज्ञान–समाधान हुन सम्भव छ ।
समयमा उक्साहट, धनमा लोभ, देहमा आलश्य, मिथ्यामा–मान्यता, अज्ञानमा भटकाव, अहङ्कारमा दोषदर्शन, असमर्पणमा चञ्चलता सहज नै हुन्छन् । जहाँ यी दोष छैनन् त्यहाँ स्थिति छँदै छ, स्थिति ल्याउने कुरो होइन कल्पित मोह–मान्यताको त्याग गर्नेबत्तिकै जो छ, त्यो छ ।
स्मृतिको त्याग गरी अवधूतवृत्तिमा जानुपर्छ । जबसम्म ‘म छु’ भन्ने संस्कार छ, अनुकूल प्रतिकूलका केही तरङ्ग आउँछन् जान्छन् । यी नआऊन् भनेर सोच्नु मनकै प्रपञ्च हो । सबै पक्ष विपक्षमा साक्षीत्व चाहियो एवम् साक्षीत्व पनि स्वीकार गरेको विचारको स्वभाव हो भन्ने सम्झी स्वतन्त्र हुन सक्नु साधना हो ।
शरीरको क्रिया, मनको कल्पना, बुद्धिको नानात्व अहंको दुराग्रह, चित्तको वृत्ति यिनीहरूले कहीँ पु¥याउँदैनन् । मात्र व्यर्थता, चिन्ता, दौड एवं मूढतामा लैजान्छन् । अनिमित्त यात्रा, मौन निवास, विपश्यना–त्रय एकत्रसंयम संयम–परम–पद इति ।
ईशोको प्रेम, बुद्धको निर्वाण, कृष्णको प्रज्ञा, व्यासको वासुदेव, शङ्करको ब्रह्म, पतञ्जलीको समाधि, सत्यको आत्मा, कृष्णमूर्तिको एकान्त एकाग्र तत्व (ब्ीइल्भ्ल्भ्क्क्० को या एकै सत्ताको भिन्न नाम मात्रै हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













