• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीको चिन्ता छैन नदी तटीय क्षेत्रका बासिन्दालाई

by
३१ साउन २०८०,
0
बाढीको चिन्ता छैन नदी तटीय क्षेत्रका बासिन्दालाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ नयाँ बस्तीका शिव दमाईलाई खोलामा बाढी आएका बेला जग्गा बगाउने चिन्ता हटेर गएको छ ।

खोलामा जैविक तटबन्ध निर्माणको कार्य गरिएपछि बाढीको पानीले जग्गा कटानी गर्न छाडेको छ । “बाँसको जैविक तटबन्ध निर्माण गर्दा यसले बाढीलाई रोक्न सक्छ र भनेर धेरैले कुरा काट्ने गरेका थिए”, उनले भने, “तटबन्ध निर्माण भएपछि खोलाले जग्गा बगाउन छाडेको छ, वर्षा भइरहेका बेला विगतमा मुटु ढुकढुक हुन्थ्यो, कुन बेला खोलाको बाढीले जग्गा बगाएर घरनै लग्ने भन्ने मनमा डर हुन्थ्यो ।” जैविक तटबन्ध निर्माणले त्यो सबै चिन्ता र डर हटेर गएको उनि सुनाउछन् ।

कुरा काट्नेहरू अहिले जैविक तटबन्धले बाढीबाट गरेको सुरक्षा देखेर छक्क पर्ने गरेको उनि बताउछ्न् । खोलाले जग्गा बगाउन सुरु गरे सबै जना मिलेर जैविक तटबन्ध निर्माण गर्नमा जुट्ने गरेको उनको भनाइ छ । बन्ड खोलामा नगरपालिका, मर्सिकोर र निड्स नेपालको साझेदारीमा सञ्चालित समुदायको बाढी उत्थानशीलता मापन कार्यक्रमअन्र्तगत एक सय ५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणले ५१ परिवारको जग्गा कटानी (भू–क्षय) रोकिएको छ ।

तटबन्ध निर्माण गरिएको क्षेत्रमा स्थानीय बासिन्दाले घाँस र बाँसका बिरुवा रोपेका छन् । त्यसले गर्दा जग्गाको माटो बग्न पाउने गरेको छैन । खोलामा बाढीको पानी खतरा तह पार गरेपछि नेपालीले गाउँका बासिन्दालाई साइरन बजाएर सचेत पार्ने कार्य पनि गर्दै आएका छन् । “तटबन्ध निर्माण नहुँदा जग्गा कटानी हुने क्रम तीव्र थियो”, स्थानीय राजमती चौधरीले भने, “बढी वर्षा भए घर छाडेर सुरक्षित स्थानमा जाने गरेका थियौँ, अहिले वर्षा जति भए पनि घरमै बस्ने गरेका छौँ ।”

ल्लागोठका प्रताप धानुकले मछेली नदीमा बाढी आएको जानकारी सहजरूपमा पाउने गरेका छन् । गाउँमा पूर्वसूचना कार्यदल, प्राथमिक उपचार कार्यदल र खोज तथा उद्धार कार्यदल गठन भएका छन् ।

कार्यदलमा सहभागी सदस्यलाई आवश्यक तालिम र सामग्रीको व्यवस्था गरिएको छ । चुरे क्षेत्रमा अधिक वर्षा हुँदा नदीको सतह बढ्न थालेको जानकारी पूर्वसूचना कार्यदलले उपलब्ध गराउने गरेको छ ।

नदीको बाढीको पानी बस्तीमा पस्न नपाउँदै गाउँका बासिन्दा सुरक्षित स्थानमा गएर बस्ने गरेको धानुक बताउछन् । “कार्यदल गठन नहुदा नदीको बाढीको पानी घरभित्र पस्न सुरु गरेपछि मात्रै जानकारी पाउने गरेका थियौँ”, उनले भने, “भू–क्षय हुने ठाउँमा जैविक र तारजालीको तटबन्ध निर्माण गरिएको छ, जसले जग्गा कटानी हुने क्रम रोकिएको छ, बाढी आउनुअगावै जानकारी पाइने भएकाले कुनै चिन्ता छैन ।”

नदीजन्य पदार्थको जथाभावीरूपमा हुने उत्खनन रोक्न सके बाढीजन्य प्रकोपबाट सहजरूपमा जोगिन सकिने स्थानीय जीतबहादुर महरा बताउछन् ।

“बाढीजन्य विपद्बारे जानकारी नपाउँदा पहिला निकै कष्ट सह्यौँ”, स्थानीय किष्ना साउदले भने, “अहिले विपद्को सामना गर्न गठन गरिएको कार्यदलमा आबद्ध भएपछि गाउँका बासिन्दालाई सुरक्षित गर्न सकेका छौँ ।” गाउँका बासिन्दालाई बाढीजन्य विपद् आएका बेला आकस्मिक समस्या आए विपद् कोषबाट रकम झिकेर सहयोग गरिँदै आएको उनले बताए । उहाँका अनुसार विपद् कोषमा रु ५० हजार रकम जम्मा गरिएको छ ।

पुरानो बस्ती खल्लागोठमा मछेली नदीको पानी पस्न नदिन र जग्गा कटान रोक्न नगरपालिकाबाट रु पाँच लाख र निड्सको रु पाँच लाखको साझेदारीमा तटबन्ध निर्माण गरी बस्तीलाई सुरक्षित पारिएको वडाध्यक्ष अर्जुनबहादुर साउद बताउछन् ।

“अठन्नीफाँटा, नयाँ बस्तीलगायतका क्षेत्रमा साझेदारीमा भू–क्षय रोक्नका लागि तटबन्ध निर्माणकार्य अगाडि बढाएका छौँ”,उनले भने, “केही ठाउँमा प्रदेशबाट तटबन्धका योजना ल्याई कार्यान्वयन गरेका छौँ ।”

नदी, खोलाको पानी खतरा तह पार गरेको सूचना पाएपछि अग्रस्थानमा रहेर स्थानीय समुदायलाई सुरक्षित स्थानमा सार्ने कार्यमा लाग्ने गरेको उनि सुनाउछन् ।

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बाढीजन्य विपद्को सामना गर्नका लागि कृष्णपुर नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा विपद् प्रतिकार्यका योजना निर्माण गरेसँगै समुदायस्तरमा कार्यदल गठन गर्ने, तालिम दिने, समुदायलाई विपद्बारे सचेत पार्ने, विपद् कोष स्थापना गर्ने र आयआर्जनका कार्यक्रम सञ्चालनमा सहयोग गर्दै आएको बताए ।

निड्सका कार्यक्रम संयोजक नवीन भण्डारीका अनुसार सन् २०२२ देखि कृष्णपुरका खल्लागोठ, नयाँ बस्ती र अठन्निफाँटामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमबाट एक सय ७३ घरधुरी लाभान्वित भएका छन् ।

यसैगरी दोधारा चाँदनीका वडा नं ३ को पट्टरखल्ला, ७ को कञ्जभोज र १० को कुतियावरमा कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रमबाट तीनवटै वडाका एक सय ३५ परिवार लाभान्वित भएका छन् ।

कार्यक्रम सञ्चालन भएका समुदायमा सन् २०२२ मा विपद् कोषका लागि प्रतिसमुदाय रु २० हजार रकम प्रदान गरिएको छ ।

चार समुदायलाई खोज तथा उद्धार सामग्री वितरण र कुतियाकवरमा डुङ्गा निर्माण गरी हस्तान्तरण गरिएको छ । दुवै नगरपालिकालाई सिडिएमसी गठन तथा परिचालन कार्यविधिको मस्यौदा तयार गरी सहयोग गरिएको छ ।

कुतियाकवरमा दोधारा चाँदनी नगरपालिका र निड्सको साझेदारीमा दुईतले सुरक्षित आवास भवन निर्माणको कार्य अगाडि बढाइएको छ ।

कृष्णपुरका तीन समुदायमा तीन सय १४ मिटर र कुतियाकवरमा दुई सय ५० मिटर बायोइन्जिनियरिङ पर्खाल निर्माण गरिएको छ । हाल (सन् २०२३) मा हरेक समुदायको विपद् कोषलाई रु ३० हजारका दरले रकम प्रदान गरिएको कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए । “दोधारा चाँदनीको पट्टरखल्ला जाने बाटोमा ह्युमपाइप राख्ने कार्य गरेका छौँ”,उनले भने, “यस कार्यले सडक यातायातको कार्यलाई निर्वाध सञ्चालनमा सहयोग गरेको छ ।” ।

Previous Post

टेक्सासकी महिलालाई ‘रिभेन्ज पोर्न’ केसमा १.२ बिलियन डलर क्षतिपुर्ति

Next Post

हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या सयभन्दा बढी

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या सयभन्दा बढी

हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या सयभन्दा बढी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In