• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

घोडा खच्चडको चरन क्षेत्र बन्यो प्रमुख व्यापारिक केन्द्र

by
३० साउन २०८०,
0
घोडा खच्चडको चरन क्षेत्र बन्यो प्रमुख व्यापारिक केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । डेढ दशक अघिसम्म छाप्रे पसल र घोडा खच्चडको चरन क्षेत्रका रुपमा चिनिएको पश्चिम म्याग्दीको दरबाङ अहिले म्याग्दीका दुई गाउँपालिका र छिमेकी जिल्ला बागलुङका एक दर्जन बढी गाउँका लागि व्यापार व्यवसायको प्रमुख बजार बनेको छ । दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्द्र हो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने उक्त बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दूरीमा रहेको छ ।

धौलागिरि हिमालको प्रवेशद्वारसमेत रहेको ऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव बस्तीको सुरुआती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँका बासिन्दा व्यापार व्यवसायमा कम र परम्परागत कृषिमा बढी महत्व दिन्थे तर अहिले समय फेरिएको छ । समयसँगै कोदो र मकै खेतीबाट जीवन गुजारा चलाउने दरबाङवासीको दिनचर्या र जीवनस्तरमा पनि निकै ठूलो परिवर्तन आइसकेको छ । परम्परागत खेतीपातीमात्र नभइ व्यवसाय र आधुनिक जीवनशैलीमा उनीहरूले आफूलाई परिवर्तन गरिसकेका छन् ।

सङ्घीयता स्थापनापछि मालिका गाउँपालिकाको केन्द्र बनेसँगै दरबाङको स्वरुप फेरिन थालेको हो । यहाँका पुराना घर भत्किँदै नयाँ बन्ने क्रम र केही नयाँ, केही पुराना संरचनाले भरिभराउ दरबाङले काँचुली फेर्दै गरेको दरवाङका हिराबहादुर सिउथानी मगरले बताए ।

पछिल्लो समय विकसित हुँदै गएको दरबाङ बजारमा बैंक तथा वित्तीय संस्थाहरु खुल्ने क्रम बढेको छ । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको बेनी–दरबाङ सडकको स्तरोन्नति भइरहेको छ । बेनी–दरबाङ सडक कालोपत्र भएमा आवतजावत र सामान ढुवानी सहज बन्नाका साथै म्याग्दीको पश्चिमी क्षेत्रको पूर्वाधारलगायत, आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । दशवर्षे सशस्त्र युद्धबाट असर परेको चार जिल्लालाई समेटेर बनाइएको गुरिल्ला पदमार्गको प्रवेशद्वारसमेत दरबाङलाई मानिन्छ ।

युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामीण बस्तीलाई लक्ष्य गरी विस्तार गरिएको यो पदमार्ग प्रदेश नं ४ र ५ को उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको छ ।

द्वन्द्वबाट पीडितक्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र विदेशी पर्यटकलाई युद्धकालीन दिनचर्याबारे जानकारी गराउनाका साथै विकट बस्तीको जनजीवन, मगर संस्कृतिको अनुभव दिलाउन र माओवादीको सेल्टरलाई आधार बनाई पदमार्गको नामाकरण गरिएको थियो ।

उक्त मार्गका अधिकांश क्षेत्र युद्धकालीन समयमा माओवादीको सेल्टर मानिन्छन् । जिल्लाको मालिका गाउँपालिकाको दरवाङलाई प्रवेशद्वार मानिएको पदमार्गमा धवलागिरि गाउँपालिकाको धारापानी, ताकम, मुना, लम्सुङ, मरेनी, जलजला, पूर्वी रुकुमको लुकुम, उपल्लो शेरा, बागलुङको निश्यापिढारे, ढोरपाटन, रोल्पाको सुनिचौर, ज्यलबाङ्ग, ढवाङ्गलगायत क्षेत्र पदमार्गभित्र पर्दछन् ।

सडकको कथा

विसं २०६३ सालमा ताराखेतबाट मोटरबाटो दरबाङ पु¥याइएको थियो । सडक निर्माण भएपछि पहिलेको तुलनामा अहिले यो ठाउँमा चमत्कारिकरूपले विकास भएको छ । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलीपकुमार शेरचनथिए । रु ३० लाख बजेटमा उक्त सडक पु¥याइएको थियो । विसं २०४० मा दरबाङमा करिब १५ घरपरिवार मात्र बसोबास गर्दथे । सडक निर्माणमा शेरचनले व्यक्तिगत दुई लाख रुपैयाँ सहयोग गरेका थिए ।

सडक विस्तार नहुँदा दरबाङसहित जिल्लाका पश्चिम भेगमा खच्चड र मानिसले बोकेरै आवश्यक खाद्यान्न सामाग्री ढुवानी गरिन्थ्यो । “दुई दशक पहिले यहाँ केही घरहरु मात्र थिए । उतिखेर घोडा, खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्थ्यो”, शेरचनले भने, “अहिले त दरबाङमा गगनचुम्बी घरहरु बनेका छन् । गाउँ घरदैलोमै सडक पुगेका छन् ।”

सडक पु¥याउन तत्कालीन गाविस, तत्कालीन राज्यमन्त्री स्व नारायणसिङ पुनसहित शेरचनका दुई छोरा, काठमाडौँ र पोखरामा रहेका म्याग्देलीलगायतको सहयोग रहेको उनको भनाइ थियो । उक्त बाटोका लागि तत्कालीन निस्कोट गाविस, ओखरबोट गाविस, देविस्थान गाविसले एकरएक लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए भने बिम गाविसले रु ६० हजार, दरबाङ गाबिसले रु ६० हजार, बाबियाचौर गाविसले रु ५५ हजार, अर्मन गाविसले रु ८० हजार र रुम गाविसले रु ५९ हजार उपलब्ध गराएका थिए ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकाको केन्द्रमात्र नभई व्यापारिक नाका भएकाले दरबाङ बजारको व्यवस्थापनलाई दिगो बनाउन सहरी विकास योजनाअनुसार डिपिआर बनाएर काम गर्न आवश्यक रहेको बताए। उनले सहरी विकास योजनाअनुसार डिपिआर बनाउन आफूले पहल गर्नेसमेत जानकारी दिए ।

दरबाङ बजार गाउँपालिकाको केन्द्रमात्र नभई जिल्लाको दोस्रो सदरमुकाम तथा व्यापारिक केन्द्र हो, बजार व्यवस्थापनलाई दिगो बनाउन खानेपानी योजना, सडक, फोहोर, बसपार्क, प्रशासनिक कार्यालय स्थापना, शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ”, उनले भने ।

अध्यक्ष गर्बुजाका अनुसार दरबाङ बजारमा उद्योगी र व्यवसायीलाई टिकाउन स्टोर निर्माण र उद्योग ग्राम स्थापना गर्न आवश्यक छ । दरबाङ बजारमा स्तरीय होटल बनाउन सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । उद्योगी व्यापारीबीच एकता आवश्यक रहेको छ ।

दरबाङमा सडक स्तरोन्नति, नियमित विद्युत् आपूर्तिसँगै खानेपानी आयोजनालाई समेत व्यवस्थित बनाउन आवश्यक रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घ मालिका गाउँपालिका एकाइ अध्यक्ष लेकबहादुर पुनले जोड दिए ।

दरबाङ साविक १७ गाविसको मुख्य व्यापारिक केन्द्र हो । म्याग्दी नदीको कटान, अस्थायी सडक, विद्युत् र खानेपानी आपूर्ति नियमित नहुँदा तथा यातायात अस्तव्यस्तताका कारण व्यवसायीहरुलाई असर परेको उनको भनाइ थियो ।

पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न यस क्षेत्रमा सञ्चारमाध्यम आवश्यक रहेको अध्यक्ष पुनले बताए ।
दरबाङ हुँदै धौलागिरि, गुर्जा, चुरेनलगायत हिमाल आरोहणका लागि विदेशी पर्यटक जाने गर्दछन् । दरबाङ हुँदै म्याग्दी, बागलुङ र रुकुम जिल्लाको सिमानामा पर्ने नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष पुग्ने गरिन्छ । दरबाङ हुँदै बागलुङको तमानखोला, ताराखोलासमेत जान सकिन्छ ।

Previous Post

राम्रो कार्य भइरहेको बेला नकारात्मक कुरा हाबी भयोः अर्थमन्त्री

Next Post

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In