शिक्षकः दुई विद्यार्थीलाई एकै प्रश्न सोधेछन्— ल भन त बाबु हो, काँक्रोको बोटमा टोमाटो फल्यो भने के हुन्छ ?
निखिलले भनेछ— सर, टोमाटोलार्ई काँक्रो भन्नुपर्ने हुन्छ ।
रबिनले निखिलको कुरा काट्दै भनेछ— त्यसो हैन, त्यसो हैन, टोमाटोको बोट चाहिँ टोमाटो फलाउने कि काँक्रो फलाउने भनेर कन्फ्युस हुन्छ सर ।
दालमा नुन बराबर
कहिले भान्छामा नछिरेकी छोरीलाई आमाले दाल पकाउँदा दालमा नुन बराबर राख्नु भनेर गइछन् र छोरीले पनि एक कचौरा दालमा एक कचौरा नुन बराबर बनाएर पकाइछिन्…कल्पना गर्नुहोस त्यो दाल कस्तो भयो होला….!
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













