पछिल्लो समय खाना खाएपछि माउथ फ्रेशनरको रुपमा सोफको प्रयोग बढ्दो रुपमा छ । यसका साथसाथै खानाको स्वाद बढाउन पनि भान्छाहरुमा सोफको प्रयोग हुने गर्छ । जबकी सोफले खानाको स्वाद बढाउने मात्र नभएर उच्च रक्तचाप नियन्त्रण गर्नदेखि वजन कम गर्न पनि मद्दत गर्छ ।
तातो पानीमा सोफलाई रातभर भिजाएर बिहान सेवन गरेमा तौल कम हुन्छ । यसलाई नियमित सेवन गरेमा तौल कम हुनुका साथै शरीरको विषाक्तता समेत हटेर जान्छ । यसबाहेक पनि हेर्दा जिरा जस्तो देखिने
हरियो रङ्गको सोफको अन्य धेरै फाइदा छन्, जुन यस प्रकार छः
– सोफ पानीमा भिजाएर खाँदा भोक कम गर्न मद्दत गर्नुका साथै वजन कम गर्न मद्दत गर्छ ।
– सोफको पानीमा एन्टीअक्सिडेन्ट तत्व हुने हुँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । जब शरीरबाट विषाक्तता बाहिर निस्कन्छ तब शरीरमा जमेर रहेको बोसो समेत कम हुन्छ । र, वजन तीव्र गतिमा कम हुन्छ ।
– बिहान उठ्ने वित्तिकै सोफको पानी सेवन गर्दा शरीरको अतिरिक्त फ्याट वर्न हुन्छ । शरीरमा रहेको क्यालोरी र फ्याटले इनर्जी सरह कम गर्छ जसले वजन कम गर्न समेत सहायता प्रदान गर्छ ।
– एक मुठ्ठी सोफको सेवनले आँखामा चमत्कारी लाभ देखाउँछ । सोफमा भिटामिन ए हुन्छ, जसले आँखालाई तेजिलो बनाउनुका साथै आँखा सम्बन्धि समस्या हुनबाट जोगाउँछ ।
– नियमित रुपमा सोफको सेवनले शरीरमा जिन्क, क्याल्सियम तथा सेलेनियम लगायतका तत्व प्राप्त हुन्छ । यस्ता तत्वले हर्मोनलाई नियन्त्रित गर्नुका साथै शरीरमा अक्सिजनको सन्तुलन कायम राख्न मद्दत गर्छ । जब यसलाई खाइन्छ, तब यसमा रहेको कुलिङ्ग क्षमताले छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।
– सोफले क्यान्सर रोगको जोखिम कम गर्न समेत मद्दत गर्छ । यसमा रहेको फ्रि रेडिकल्सले छालाको तनाव कम गरी विभिन्न किमिको छालाको क्यान्सर, पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ । यसमा केमोको इफेक्ट पनि पाइन्छ ।
– आयुर्वेदमा सोफलाई महत्वपूर्ण मानिएको छ । यसको प्रयोग भान्छाका साथै विभिन्न किसिमका औषधी बनाउनमा समेत प्रयोग हुन्छ ।
साभारः ‘स्वास्थ्य खरपत्रिका’पुस्तकबाट













