• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धनगढी–डडेलधुरा राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती

by
२७ साउन २०८०,
0
धनगढी–डडेलधुरा राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम– धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्डमा सोमबार राति पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सुचारु हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ ।

डोटीबाट काम विशेषले धनगढीतर्फ आउँदै गर्नुभएका मीनराज जोशी गएको पहिराका कारण तीन दिनदेखि बीच बाटोमै रोकिएका छन् । “अवरुद्ध बनेको बाटो खुल्ला र धनगढी पुगेर आफ्नो काम गरौँला भनेर बाटोमै पर्खी बसेका छौँ”, उनले टेलिफोनमा भने, “आज चार दिन भइसक्दा सम्म बाटो नखुल्दा गोजीमा बोकेको खर्च सकिएर समस्यामा परेका छौँ ।”

पहिरो पन्छाएर सडकमा आवागमन सुचारु बनाउने काम जारी रहे पनि निरन्तरको वर्षाले पहिरो पन्छाउने काम प्रभावित भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए । उनले लगातार वर्षा भइरहँदा पहिरो पञ्छाउने काम प्रभावित बनेको बताए।

“गएको पहिरो र भासिएको सडकखण्डको ८० प्रशित भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौँ”, उनले भने, “पूरै पहिरो पन्छाई बाटो सुचारु गर्न वर्षामा भर पर्ने देखिएको छ ।” उक्त सडकखण्डको झण्डै चार सय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको छ भने एक सय मिटर लामो भागमा सडकमा भासिएको छ । पहिरो खस्दा नजिकैका सात÷आठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन स्काभेटर र दुई लोडर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई जोड्ने एक मात्र यो सडक अवरुद्ध बन्दा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । योसँगै खाद्यान्न, औषधि, साग, तरकारीलगायत उपभोग्य सामानको सहज आपूर्तिमा समस्या सिर्जना हुन थालेको छ । बाटो अवरुद्ध हुँदा ठूलो सङ्ख्याका मालवाहक यातायातका साधन बीच बाटोमै रोकिएका छन् । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा बढी यातायातका साधनको अवागमन हुने गर्छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो प्रभावित बुढीतोला सडकखण्डको स्थलगत अवलोकन गरी आवश्यक निर्देशन दिएका छन् । मुख्यमन्त्रीको टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवा र आन्तरिक मामिलामन्त्री शिवराज भट्ट पनि सहभागी थिए ।

वर्षाका कारण बाजुरा जिल्ला हिमाली गाउँपालिका–३ युना गाउँ बस्ने सुरवीर रोकायाको नौ कोठाको तीन तल्ले पत्थरले छाएको घर बिहीबार साँझ भत्किएर क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रोकायाको घर भत्किँदा सरसामान, खाद्यान्न, लत्ताकपडालगायत गरी रु सात लाख बराबर धनमाल क्षति भएको बताइएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलीले उद्धार कार्य गरेको र मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जनाएको छ ।

Previous Post

कुवेतमा बेचिएकी नेपाली महिलाको उद्धार

Next Post

मौसमः मुलुकका अधिकांश भागमा तीन दिनसम्म भारी वर्षाको सम्भावना

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

मौसमः मुलुकका अधिकांश भागमा तीन दिनसम्म भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In