• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै

by
२६ साउन २०८०,
0
पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रु ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ ।

पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढङ्गले खानेपानी पाइने भयो भन्ने आशामा थिए । तर भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा विभिन्न छ स्थानमा पाइप फुस्किएको छ । परीक्षण नै असफल भएपछि अहिले खानेपानीको पाइप लाइनको विषयमा विज्ञ समूहले अध्ययन गरिरहेको पाइएको छ ।

पटक–पटक म्याद थपेर सम्पन्नताको चरणमा पुगेको खानेपानी आयोजनाको पाइप फुस्कने समस्याले आयोजनाको पाइप लाइनको डिजाइनमै समस्या देखिएको छ । खानेपानी आयोजनाको पाइप लाइनको डिजाइनमा अहिले राखिएको पाइप उपयुक्त नभएको भन्दै आफूले पटक–पटक आवाज उठाउँदासमेत सुनुवाइ नभएको स्थानीय रुद्र महतले बताए । आयोजनामा अहिले डिआइ पाइप प्रयोग गरिएको छ जुन पानी तान्ने क्रममा पटक–पटक वासरबाट कङ्क्रिटको पोलसहित फुस्केको नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलाम पोखरीबाट दुई सय ५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि पाइप लाइनमा त्रुटि देखिँदा आयोजना थप अन्योल बनेको छ ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले निरन्तर पहिरो खसिरहने भूगोलमा डिआइ पाइप उपयुक्त नहुने उल्लेख गर्दै पाइप खरिद गर्नुभन्दा पहिला खानेपानी तथा ढल विभागमै पत्र पठाएको बताए । हाल खानेपानी ल्याइरहेको मुहानको खानेपानीमा समेत उक्त पाइप पटक–पटक फुस्केर दुःख दिइराखेको अनुभव रहेको र लिफ्ट आयोजनाको उक्त पाइप परिवर्तन नभए मर्मतसम्भार गर्नसमेत पछि समस्या पर्ने उउनी बताए ।

लिफ्ट आयोजना सम्पन्नताको चरणमा पुगिसकेको थियो, परीक्षणका लागि पानी सञ्चालनसमेत गर्यो, लिफ्ट चलाएको पाँच–दश मिनेटमै पाइप लाइन जोडेको स्थानबाट वासरसहित फुस्किएर क्रङ्क्रिटको पोल नै भत्काउँछ”, शर्माले भने, “छ पटकसम्म पाइप फुस्केपछि हामीले पूर्वानुमान गरेजस्तै भयो, हाम्रो माग स्टिल पाइप थियो तर डिजाइनमा भएको पाइप निर्माण व्यवसायीले हाल्नुभयो, अहिले उक्त पाइप लाइनबाट पानी चल्न छोड्यो ।”

उपभोक्ता संस्थाको तदर्थ समितिका अध्यक्ष जयराम भारीले डिआइ पाइप पटक–पटक फुस्केका कारण वैकल्पिकरूपमा सानो जिआइ पाइप जोडेर खानेपानी रातमाटा पुर्याइएको जानकारी दिए । बागलुङकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्ट आयोजनाको सम्पन्न हुने समयमा पाइप लाइनमा त्रुटि देखिँदा आम उपभोक्तामा पुनः निराशा छाएकाले वैकल्पिकरूपमा सानो पाइपबाट भए पनि पानी वितरण गर्न थालेको भारीले जानकारी दिए ।

विसं २०७५ असार ३१ गते कन्काइ जयमाता जेभीले २०७७ सालमा निर्माण सक्ने गरी रु ३० करोड २६ लाख ५१ हजार लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले चारपटक म्याद थप्दासमेत आयोजनास्थलको भौगोलिक कठिनाइ र कोरोना त्रासका कारण निर्माणमा ढिलाइ भएकोे दाबी गर्दै आएको छ । लिफ्ट आयोजनाको लागत अहिले बढेर रु ३४ करोड ५६ लाख पुगेको निर्माण व्यवसायीतर्फका इन्जिनियर विक्रम अधिकारीले बताए । अधिकारीले विभागले दिएको डिजाइनअनुसार काम सम्पन्न गर्नेतर्फ पुग्दासमेत पाइप लाइन पटक–पटक फुस्किँदा पानी माथि पुर्याउन नसकिएको बर्ताए ।

“निर्माण व्यवसायीले विभागले दिएको डिजाइनअनुसार खानेपानी आयोजना निर्माण गर्ने हो, हामीले खानेपानीको प्रशोधन कक्ष, विद्युतीय जडान र खानेपानी ट्याङ्कीसहित पाइप लाइनसमेत विस्तार गरिसकेका थियौँ” उनले भने, “परीक्षणका क्रममा पटक–पटक खानेपानीको फाइप लाइन फुस्किएर पानी तान्न सकेन, विभागले समस्याको विषयमा अध्ययन गर्न पठाएको थियो, आयोजना निर्माण भइसकेको छैन, निर्माण व्यवसायीले डिजाइनमा दिइएको पाइप जडान गरेका थियौँ तर पाइप लाइनमा समस्या देखियो, अध्ययन प्रतिवेदन र विभागको सुझाव आएपछि काम अगाडि बढ्छ ।”

सङ्घीय खानेपानी तथा ढल व्यवस्था आयोजना कार्यालय म्याग्दीका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले लिफ्ट खानेपानी आयोजनाको पाइप लाइनमा देखिएको समस्याका विषयमा अध्ययन भइरहेको बताए । उनले विभागले विज्ञ समूहलाई खानेपानीको पाइप लाइन र भौगोलिक अवस्थाको अध्ययन गर्न दुई हप्ताअघि पठाएको बताए । विभागले खटाएको विज्ञ समूहले तयार पारेको प्रतिवेदनअनुसार मुख्य समस्या थाहा हुने उनले बताए । तत्कालै आयोजनाको काम अगाडि नबढ्दा उपभोक्तालाई पानी पुर्याउन वैकल्पिक व्यवस्था खानेपानी तथा सरसफाइ उपभोक्ताले गरेको छ । उक्त आयोजनाको ८८ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति रहेको छ ।

Previous Post

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

Next Post

चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या

सम्बन्धित खबर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
फिचर-ब्यानर

आइतबारदेखि पूर्वी नेपालबाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव

९ अशोज २०८३,
राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन
समाचार

राष्ट्रपति पौडेलद्वारा वसन्तपुरमा इन्द्रजात्रा अवलोकन

९ अशोज २०८३,
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए
फिचर-ब्यानर

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

९ अशोज २०८३,
कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम
फिचर-ब्यानर

कोरलानाकामा बेमौसमी हिमपात, चिसोसँगै बढ्यो जोखिम

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

बहत्तर घण्टाभित्र जुनसुकै ठाउँमा हतियार पु-याउन सक्ने विश्वसँग किसानलाई जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैनः प्रधानमन्त्री शाह

९ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

९ अशोज २०८३,
Load More
Next Post
चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या

चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In