मोहनदासलाई बाल्यकालमा रुख चढ्ने शौक थियो । एक पटक उनको दाइले उनी रुखमा चढेको देखे र खुट्टा समाएर तल झारिदिए । उनी रुँदै घर आए ।
‘आमा दाइले मलाई कुट्यो’ उनले गुनासो पोखे ।
उसोभा तँ पनि उसलाई कुट । आमाले उनलाई भनिदिइन् ।
हैन आमा म उसलाई कुट्दिनँ । तपाईं पिट्नेलाई त पिट्न सक्नुहुन्न, पिटाइ खानेलाई पिट्न सिकाउनुहुन्छ ।
आमा उनको कुरा सुनेर आश्चर्यचकित भइन् ।
तैँले यस्तो जवाफ कहाँबाट सिकिस् ? कसले सिकाउँछ तँलाई यस्ता कुरा ? यसो भन्दै उनले उनलाई काखमा राखिन् ।
तिनै बच्चा मोहनदास करमचन्द थिए, जसले अहिंसाको बाटो अपनाएर भारतलाई स्वतन्त्र बनाएका थिए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













