• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सालको पातले धानेको जीवन

by
२२ साउन २०८०,
0
सालको पातले धानेको जीवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भेटिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-८ घरियारन टोलका केवट श्रीमती सोनीलाई टपरी खुटेर बेच्नका लागि हरेक बिहान ५ बजे नै उक्त चोकमा भेटिन्छन् । । उमेरले भर्खरै ३० लागेका केवटलाई सालको पातबाट दुनाटपरी, बोहोता जस्ता सबै प्रकारका सामान बनाउन आउँछ ।

विगत पाँच वर्षदेखि सालको पातबाट हाते सामान सडकमै बसेर बनाउँदै र बिक्री गर्दै केवटको परिवारले घरको गुजारा चलाउँदै आएको छ । प्रत्येक बिहान पाँच बजे श्रीमतीलाई सघाउन सडकको एक छेउमा सालको पातको टपरी बुन्दै र बेच्दै गर्ने केवटले दिउँसो फर्निचरको काम गरेर आय आर्जन गछन् ।

“म बिहान श्रीमतीलाई पात खुट्नमा सघाउँछु । अनि दिउँसोमा फर्निचर पसलमा काम गर्ने गर्छु ।’ उनले भने, “उब्जनी गर्न जग्गा छैन, पेट पाल्नका लागि मजदुरी गर्नै पर्ने हुन्छ ।”

सालको पातले घर चलाउन सजिलो भएको केवट बताउछन् । तीन सन्तानका अभिभावक केशव र उनकी श्रीमती सोनी सालको पात टिप्न झण्डै सोह्र किलोमिटर टाढाको सामुदायिक वनमा जान्छन् । वन हेरालुको आँखा छलेर सालको पात टिप्ने गरेको सोनीले बताए । “आफ्नो वन छैन अर्काको सामुदायिक वनमा गएर लुकिलुकी पात टिप्नुपर्छ । वन हेरालुले भेटाए भने जरिवाना तिर्नुपर्छ ।” उनले भने,“हामी धेरै पटक लुकेर पात टिप्दा कारबाहीमा परेका छौ । जरिवानास्वरुप हामीले रु। एक सयदेखि रु। ५० सम्म तिर्ने गरेका छौ ।”

एक बिहानमा एक बोरा सालको पातबाट रु। आठ सय जति कमाइ हुने सोनीले बताइन् । घरखर्च, छोराछोरीको पढाइखर्च, रोग लाग्दा उपचार खर्चदेखि पाहुनाको सबै खर्च यसैबाट चल्ने भएकाले यो कमाइले घर चलाउन गाह्रो भएको उनले बताए । “दिनको आठ सय जति कमाइले सबै कुरा चलाउनु पर्दा बचत हुनै पाउँदैन ।” छोराछोरीको भविष्यका लागि थोरै भए पनि रकम बचत गरिदिने रहर सोनीको रहरमै सीमित भएको छ ।

सोनीसँगै उनका छिमेकी मखाना केवट र सोनारा केवटले पनि सालको पात बेचेरै घर चलाएको पाँच वर्षभन्दा बढी भएको छ । पैँतीस वर्षीया मखानाका छ सन्तान छन् । सोनाराका पाँच सन्तान छन् । उनीहरू दुबै जनाको साँझ बिहानको छाक नै सालको पातबाट कमाइ भएको पैसाले टार्ने गर्दछ ।

घरदेखि जङ्गल आउँदा र जाँदा झण्डै १६(१७ किलोमिटरको दुरीमा साइकल चलाएर आफै पात टिप्ने र बिहानै सडकको एक छेउमा ग्राहले चाहे जस्तै दुनाटपरी खुटेर बेच्नु मखना र सोनाराको दैनिकी नै बनेको छ । केशव र उनकी श्रीमती सोनीको जस्तै । वर्षौदेखि सालको पात बेचेरै गुजारा चलाउँदै आएका चारै जनाले टपरी हातैले बनाउछन् ।

बाँकेको राप्तिसोनारी गाउँपालिका(६ को खल्लाटपरीबाट बोरामा सालको पात भरेर दिन बिराएर बिहानै झिसमिसेमै नेपालगञ्जको त्रिभुवन चोकमा पात बेच्न आइपुग्छन् कविता हमाल । रुकुमबाट बसाइँसराइ गरी खल्लाटपरीमा आएकी कविताले सालको पात बेच्न थालेको झण्डै सात वर्ष भएको छ ।

दिनको रु छ सय जति कमाइ हुने उल्लेख गर्दै कविताले आफ्नै मेहनतमा थोरै भए पनि पैसा जोहो गर्न पाएकामा खुसी लागेको बताइन् । ‘सामान्य घरखर्च र मेरो आफ्नै खर्च मैले यही सालको पात बेचेरै जुटाएको हुन्छु ।” श्रीमानले भारतमा कमाएको पैसाको मुख वर्षमा एक पटक देख्न पाइने उल्लेख गर्दै उनले आफ्नो कमाइबाट जोहो टार्न पाएकामा आफूलाई स्वाबलम्बी महिला भन्न रुचाउछन् कविता ।

कवितासँगै सोही ठाउँबाट सीता खड्का र रमा थापा पनि एकाबिहानै नेपालगञ्ज साइकलमा बोरामा बाँधिएको सालको पात लिएर बेच्नका लागि आइपुग्छन् । रमाले सालको पात बेच्न सुरु गरेको सात महिना मात्रै भएको छ भने सीताले तीन वर्ष भएको छ ।

घर नजिकैको सामुदायिक वनबाट पात टिपेर नेपालगञ्जमा बिक्री गर्न आउने सीता र रमाको पनि कमाइ एक बिहानको रु चार सयदेखि रु पाँच सय सम्मको हुने गर्दछ । सालको पात बेचेरै अरूले पैसा कमाएको देखेर रमाले पनि सोही काम गर्न थालेको बताए ।

सुरुमा लाज र अप्ठ्यारो लागे पनि हिजोआज भने रमाइलो लाग्ने गरेको सीता र रमा बताउछन् । नेपालगञ्जको मुटु मानिने त्रिभुवन चोकमा सालको पातसँगै बजारमा पालिने पुशुचौपायालाई खुवाउनका लागि घाँस पनि बेच्न राखिएको हुन्छ । घाँस बेचेरै जीविकोपार्जन गर्दै आएकाहरू हिजोआज सजिलै घाँस पाउन छाडेपछि पेसा परिवर्तन गर्दै जङ्गलबाट सालको पात टिपेर बेच्न थालेको पाइन्छ ।

उनीहरूले सालको पातलाई मुठा बनाएर बेच्ने मात्र गर्दैनन् पातबाट बन्ने सबै प्रकारका सामग्री हातैले बनाएर बेच्ने गछन् । वर्षाको समयमा जङ्गलमा गएर पात टिप्न समस्या भएकै कारण केही महिना रोकिए पनि वर्षा सकिएलगत्तै उक्त चोकमा सालको पात प्रत्येक बिहान मुठाको रु ।२५ का दरले किन्न पाइन्छ ।

Previous Post

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

Next Post

भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर

भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In