• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

by
२२ साउन २०८०,
0
पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार बच्चा जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन् ।

माध्यमिक शिक्षा अध्ययन गरेका ५३ प्रतिशत, अशिक्षितले ५९ प्रतिशत र आधारभूत शिक्षा लिएका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । आर्थिक हिसाबले उच्च आय भएकाले ४४ प्रतिशत र न्यून आय भएकाले ६४ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने मध्यम वर्गका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । यसैगरी प्रदेशअनुसार सुदूरपश्चिममा छ महिनासम्म पूर्ण स्तनपान गराउने ७४ प्रतिशत छन् भने लुम्बिनीमा ३६ र बागमतीमा ४३ प्रतिशत मात्रै छन् । सो अनुसार सहरी क्षेत्रका पूर्ण स्तनपान गराउने आमाहरुको सङ्ख्या कम छ ।

महाशाखाको तथ्याङ्कमा नेपालमा २२ प्रतिशतले दूधदानीबाट दूध खुवाउने गरेकामा बागमती प्रदेशमा ४३ प्रतिशतले दूधदानी प्रयोग गर्छन् भने कर्णालीमा ११ प्रतिशतले मात्रै । यसरी दूधधानीबाट दूध खुवाउनेमा उच्च शिक्षित ४९ प्रतिशत छन् भने अशिक्षित १२ प्रतिशत मात्रै छन् । यसमा न्यूनआय भएका ११ प्रतिशत र उच्च आर्थिक अवस्था भएका ४६ प्रतिशत छन् ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा ओम पाठक सहरीया, धनी र उच्च आर्थिक अवस्था भएकाहरुमा स्तनपान गराउनेको सङ्ख्या कम भएको बताए । बाल स्वास्थ्यका लागि आमाको दूध अमृतसरह हुने भन्दै उनी अन्य विकल्पको खोजी गर्नुभन्दा आमाको दूध नै खुवाउनुपर्नेमा जोड दिन्छन ।

सहरमा आमाले सामाजिक सञ्जालको पहुँचका कारण स्तनपानबाट हुने फाइदाभन्दा नकारात्मक विषयलाई भ्रमको रुपमा लिएर कतिपय आमाले स्तनपान नगराउने गरेको डा पाठकको भनाइ छ । पूर्णरूपमा आमाको दूध खाने बच्चाको दिमाख तीक्ष्ण हुने र आमा तथा बच्चाको ममता स्तनपानबाटै बढ्नेमा उनी जोड दिन्छन ।

बच्चाले स्तनपान गरेमा मात्रै आमामा दूध आउने गर्दछ । स्तनपान नियमित गराएर आमाको दूध बढाउनुपर्ने हुन्छ । आमामा नकारात्मक चिन्तनको विकास भएमा दूधमा कमी आउने डा पाठक बताए । उनी भन्छन “आमा तनावमुक्त हुनुपर्छ ।” सहरका आमाले शिशुलाई छोडेर काममा जानुपर्ने भएकाले पनि स्तनपानमा कमी आउँछ यद्यपि आमाले निचोरेर पनि दूध खुवाउन सकिने उनको सुझाव छ । कोठाको तापक्रममासमेत आमाको दूध छ घण्टा राख्न सकिने भन्दै उनी फ्रिजमा तापक्रम मिलाएर २४ घण्टासम्म राख्न सकिने सुझाव दिन्छन ।

बजारमा आमाको दूधको सट्टामा विभिन्न खालका खाना आउने भए पनि आमाको दूधमा पाइने पोषण अहिलेसम्म कहीँ नबनेको डा पाठकको भनाइ छ । आमाको पूर्णस्तनपान गरेका बालबालिकामा रोगसँग लड्ने क्षमता बढी हुन्छ ।

चितवन मेडिकल कलेजका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा वसन्त शर्मा बच्चालाई नियमित स्तनपान गराउँदा आमाको स्तन बिग्रिने वा खराबी नआउने बताए । स्तनपान गराउँदैमा स्तन बिग्रिन्छ भन्ने कतै नलेखिएको उल्लेख गर्दै उनी जोड दिन्छन “स्तनपान नगराउने आमाहरुलाई, क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम हुन्छ ।”

स्तनपानले आमा र बच्चाबीच सामिप्यता बढ्ने उल्लेख गर्दै डा शर्मा भन्छन, “एक दिनभरिमा स्तनपान गराउँदा आमाको पाँच सय क्यालोरी खर्च हुन्छ । सुत्केरी अवस्थामा मोटाउने समस्या यसले नियन्त्रण गर्छ ।” नियमित स्तनपान गराउँदा नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगको जोखिम कम भएर जाने उनी बताए । अनुसन्धानले स्तनपान नगराउनेको तुलनामा नियमित गराउनेमा नसर्ने रोगको जोखिम कम देखिएको उनको भनाइ छ ।

स्तनपानले आमालाई क्यान्सर रोगको जोखिम घटाउन सहयोग पु¥याउँछ । डा शर्मा भन्छन “मुख्यगरी स्तन क्यान्सर र डिम्बासयको क्यान्सरको जोखिम कम हुन्छ ।” स्तनपानले परिवारिक खर्चपनि कम हुन्छ भन्दै उनी आमाको दूध नखुवाई बाहिरबाट दूध, ल्याक्टोजिनजस्ता वस्तु खरिदले झन आर्थिक भार बढ्ने उल्लेख गर्छन।

सम्बद्ध चिकित्सकका अनुसार सामान्यतया दिउँसो दुई दुई घण्टामा स्तनपान गराउनु राम्रो र रातिको समयमा पनि दुई पटक स्तनपान गराउँदा राम्रो उल्लेख गर्दै उनीहरूले पहिलो छ महिनासम्म अनिवार्यरुपमा त्यसपछिको दुई वर्षसम्म स्तनपान गराउँदा राम्रो हुने सुझाव दिएका छन ।

Previous Post

जमुनाहा नाकामा गाडीको तीव्रगतिले ज्यान गुमाउँदै नेपाली

Next Post

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In