बरफैबरफले बनेको अचम्मको होटल स्विडेनमा छ । यो एउटा यस्तो होटल हो जुन विश्वको सबैभन्दा चिसो होटलका रुपमा प्रसिद्ध छ । उत्तरी स्विडेनको जुक्कासजार्भीमा अवस्थित यो होटलमा रिसेप्सन देखि लिएर ओछ्यानसमेत बरफले बनाइएको छ । ५९ हजार २ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको यो होटल २ हजार टन बरफबाट बनाइएको हो । साथै थप ३ हजार टन बरफ र हिउँको मिश्रण पनि यो होटल बनाउनका लागि प्रयोग गरिएको छ ।
विश्वभरिका कलाकारहरु हरेक हिउँदमा यो सबैभन्दा चिसो होटलमा आउँछन् र आआफ्ना कलाकारिता प्रदर्शन गर्दै यस होटलमा एक न एक संरचना थप गरेर जान्छन् । यो होटलमा आउने पाहुना बरफको ओछ्यानमाथि विछ्याइएको मृगको छालाको तन्नामा सुत्न पाउँछन् । चिसोबाट बच्न पाहुनालाई विशेष प्रकारका कपडा लगाउन दिइन्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













