• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ

    अब ठमेल २४सै घण्टा खुल्ने

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    ‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

    अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प

    ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

    च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

    नौवटा संसदीय समितिको बैठक बस्दै

    नौवटा संसदीय समितिको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै

by
२१ साउन २०८०,
0
शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी।महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ ।

निकुञ्जमा रहेको घाँसे मैदानमा वन्यजन्तुको आहारा पहिचानका लागि अध्ययन भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले घाँसे मैदानमा ‘प्लट’ छुट्याएर अध्ययन भइरहेको जानकारी दिए ।

‘निकुञ्जको घाँसे मैदानमा खेतका गराजस्तै साना प्लट बनाएका छौँ, कुनै प्लटमा घाँस छ, कुनै प्लटमा घाँस काटिएको छ, कतै काटिएको घाँसमा आगो लगाएको छ’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘निकुञ्जको विशाल घाँसे मैदानमा साना प्लट बनाएर विभिन्न प्रविधिबाट घाँसे मैदानको परीक्षण भइरहेको छ ।’

वन्यजन्तुको आहारा र वासस्थान व्यवस्थापनका लागि उपयुक्त विधि पहिचान गर्न परीक्षण भइरहेको उनको भनाइ छ । घाँसे मैदानमा पाँच(पाँच मिटरका ४२ प्लट बनाइएका छन् । ती प्लटमा घाँसे मैदान व्यवस्थापनका लागि विभिन्न सात विधि प्रयोग गरिएको छ । ‘वन्यजन्तुले कस्तो खालको घाँस बढी रुचाउँछन् र बढी समयसम्म चर्छन्, हेरिरहेका छौँ’, उनले भने, ‘कुन वन्यजन्तुको आहारा के भनेर अध्ययन गरिराखेका छौँ ।’ उनका अनुसार वन्यजन्तुमा पनि मृग प्रजातिका बाह्रसिङ्गा र चित्तलको रुचिका विषयमा अध्ययन गरिन लागेको छ ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख चरन क्षेत्र र वासस्थान हो । निकुञ्ज कार्यालयले ५४ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको घाँसे मैदान व्यवस्थापन गरिरहेको छ । घाँसे मैदान राम्ररी व्यवस्थित नहुँदा बाह्रसिङ्गाकै लागि समेत आहाराको अभाव हुने गरेको छ ।

घाँसको मुना बाह्रसिङ्गाको प्रमुख आहारा हो । घाँसे मैदानमा यही मुना चर्न ठूलो झुन्डमा बाह्रसिङ्गा देखिन्छन् । विभिन्न प्लटमा गरिएको अध्ययन र घाँसको पुनर्उत्पादनबारे हरेक १५(१५ दिनमा संकलित तथ्यांकको विश्लेषण भइरहेको निकुञ्जले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न कार्यक्रम गरिरहेको बताए ।

‘निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षण र मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरणका लागि काम गरिरहेका छौँ’, जोशीले भने, ‘पछिल्लो केही वर्षयता निकुञ्जमा चोरीसिकारी नियन्त्रण र वन्यजन्तुको आहारा बढेकाले यहाँ वन्यजन्तुको सङ्ख्या बढी रहेको छ ।’

Previous Post

बैंकको आम्दानी बढेपनि नाफा बढेन

Next Post

निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः अर्थ मन्त्रालय

सम्बन्धित खबर

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
समाचार

अब ठमेल २४सै घण्टा खुल्ने

४ भदौ २०८३,
‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार
समाचार

‘मौरिस हर्जोग’ पदमार्गमा ‘स्मार्ट’ सूचना प्रणाली तयार

४ भदौ २०८३,
अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

४ भदौ २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

४ भदौ २०८३,
च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित
खेलमैदान

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

४ भदौ २०८३,
नौवटा संसदीय समितिको बैठक बस्दै
समाचार

नौवटा संसदीय समितिको बैठक बस्दै

४ भदौ २०८३,
Load More
Next Post
आर्थिक विधेयक तर्जुमामा अनधिकृत व्यक्तिको संलग्नता छैन– अर्थ मन्त्रालय

निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैनः अर्थ मन्त्रालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In