• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बँदेलले मकैबाली खाइदिँदा किसान चिन्तित

by
२१ साउन २०८०,
0
बँदेलले मकैबाली खाइदिँदा किसान चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बँदेलले मकै खाइदिँदा कृषक चिन्तित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मध्यविन्दु नगरपालिका–३ बह्मस्थानमा लगाइएको मकैबाली बँदेलले खाएको हो ।

पछिल्लो एकसातादेखि राति बँदेल बारीमा पसेर मकैबालीमा क्षति पुर्‍याउन थालेको स्थानीय खिमादेवी उपाध्यायले बताए । ‘सुरुसुरुमा एक दुईवटा मकै खाने गरेको थियो’, उनले भने, ‘तर हिजो राति बारीका सबै मकै खत्तमै बनाए छ ।’ उपाध्यायले सात कठ्ठा बारीमा लगाएको मकै बँदेलले नष्ट गरिदिएको बताए।

‘केही मकै भर्खरै हारी पस्दै गरेका थिए, कोही पोलेर खाने बेला भएका थिए’, उनले भने, ‘यो समयमा बर्सेनि बँदेल आएर हामीले लगाएको मकै खाने गरेको छ ।’ निकुञ्जबाट वन्यजन्तु आएर कृषकको अन्नबाली खाइदिँदा पनि यसको नियन्त्रणमा निकुञ्ज तथा मध्यवर्तीले खासै चासो नदेखाएको उपाध्यायको भनाइ छ । ‘हिजो राति सुत्ने बेलासम्म बारीमा सबै मकै राम्रै थिए’, उनले भने, ‘आज बिहान उठेर बारीमा जाँदा सबै मकै ढलेका, मकैका घोगा कोपरेको थिए, बारीभरि बँदेलको पाइला थियो ।’

गाउँमा लगाइएको धेरै कृषकको मकैबालीमा बँदेलले क्षति पुर्‍याएको स्थानीय टीका सापकोटाले बताए। ‘दिउँसो सुगासहितका चराचुरुङ्गी र रातिमा बँदेलबाट मकै जोगाउनुपर्ने चुनौती हामीलाई छ’, उनले भने, ‘दिउँसोमा चराचुरुङ्गी धपाउन सकिन्छ, तर राति आउने बँदेल समूहमा आउँछन्, लखेट्न सकिँदैन ।’ बँदेल लखेट्न गयो भने उल्टै मानिसलाई आक्रमण गर्न आउने सापकोटाले बताए।

‘मकै छरेपछि लामोसमय खडेरी पर्‍यो, मोटरबाट पानी लगाएर जेनतेन मकै जोगाएका थियौँ’, उनले भने, ‘बारीमा बँदेर पसेर मकै सखाप पारेपछि गाईभैँसीलाई दाना खुवाउने मकै पनि किन्नुपर्ने अवस्था आउने भयो ।’ गाउँमा जङ्गली जनावरको आतंकका कारण कृषकले खेती गर्न छाड्दै गएकोसमेत सापकोटाको गुनासो थियो । यस ठाउँमा निकुञ्जबाट आउने गैँडा र बँदेलका कारण बर्सेनि धनजनको क्षति हुने गरेको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरबाट अन्नबालीको क्षति पुगेको अवस्थामा निकुञ्जले राहत रकम उपलब्ध गराउने गरेको जानकारी दिए। ‘बँदेल, हात्ती, गैँडा, बाघसहित विभिन्न १६ प्रजातिका वन्यजन्तुबाट धनजनको क्षति भएमा अवस्था हेरेर राहत रकम प्रदान गर्नेगरी निर्देशिका बनेको छ’, उनले भने, ‘राहत रकम कृषकले माग दाबी गरेको एक महिनाभित्र उनीहरूको बैंक खातामा दिने गरी निर्देशिकाले व्यवस्था गरेको छ ।’ निर्देशिकामा उल्लेख भएअनुसार बँदेलबाट मानवीय क्षति ९मृत्यु, घाइते० तथा निजी जमिनमा लगाएको बालीमा क्षति भएमा राहत पाइने व्यवस्था भएको तिवारीको भनाइ छ ।

वन्यजन्तुबाट मानवीय क्षति, पशुधन, घरगोठ क्षति, खाद्यान्न बाली र भण्डारण गरेको अन्न तथा किसानले खोरमा पालेका कुखुरा तथा पोखरीमा पालेका माछा नष्ट भएमा पनि राहत पाइने निर्देशिकामा उल्लेख भएको उनले बताए ।

मगरगोहले माछामा क्षति गरेमा राहत पाइनेछ भने अजिंगर, जंगली कुकुर, ब्वाँसो, ध्वाँसे चितुवा, हिउँ चितुवा र चितुवाबाट कुखुरा नष्ट भएमा पनि क्षतिपूर्ति पाइने उनको भनाइ छ । निकुञ्जले उपलब्ध गराउने राहत क्षतिको मूल्यांकनका आधारमा वर्षमा एकपटक मात्र बढीमा रु १० हजार प्रदान गरिने उनले जानकारी दिए ।

Previous Post

नब्बे हजार श्रीलङ्काली खडेरीको चपेटामा

Next Post

बैंकको आम्दानी बढेपनि नाफा बढेन

सम्बन्धित खबर

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी
आर्थिक

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

११ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

कांग्रेस अल्मलिएकाले समस्या भएको हो : सभापति थापा

११ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

११ चैत्र २०८२,
मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय
फिचर-ब्यानर

मुसहर बस्तीमा न व्यवस्थित घर, न शौचालय

११ चैत्र २०८२,
Load More
Next Post
बैंकको आम्दानी बढेपनि नाफा बढेन

बैंकको आम्दानी बढेपनि नाफा बढेन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In