• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

    मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

    क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित

by
२१ साउन २०८०,
0
सीमा रक्षक कुतियाकवरवासी, राज्यको सुविधाबाट सधैँ वञ्चित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कुनै बेला भौगोलिकरुपले अत्यधिक विकट थियो महाकाली पारीको दोधारा चाँदनी । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा आफ्नै देशका विभिन्न ठाउँ जान भारतको बनबासा भएर आवतजावत गर्नुपर्थ्यो । भारीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले बेलाबखतमा दुःख पनि दिने गरेका थिए । तर महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनीका बासिन्दालाई धेरै राहत मिलेको छ ।

अहिले महाकालीमा झोलुङ्गेसँगै चार लेनको पक्की पुल समेत बनेपछि चहलपहल ह्वात्तै बढेको छ । अझ प्रस्तावित सुक्खा बन्दरगाह बन्ने प्रक्रियाको अघि बढ्दा दोधारा चाँदनीवासीलाई थप राहत मिल्ने छ । महाकाली नदीमा पुल नहुँदा भारतीय बाटो प्रयोग गरेर गड्डाचौकी हुँदै महेन्द्रनगर आउनुपर्ने विगतको बाध्यता अब इतिहासमा सीमित भइसक्यो । तर अहिले पनि दोधारा चाँदनीको सीमा बस्तीका बासिन्दा भने विभिन्न दुखः कष्ट सहेर जीवनयापन गरिरहेका छन् ।

दोधारा चाँदनी–१० कुतियाकवरका बासिन्दालाई विभिन्न समस्याबाट पीडित छन् । दोधारा चाँदनीको दक्षिण सीमामा पर्ने भारतसित जोडिएको उक्त गाउँमा २०२२ सालको सेरोफेरोमा बस्ती बसेको हो । कुतियाकवरमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि हाल ४२ परिवार मात्रै बस्दै आएका छन् । उक्त गाउँ महाकाली नदी र जोगबुढा नदीको दोसाँधमा पर्छ । दुवै नदीका कारण बर्सेनि यहाँ बाढीको खतरा रहन्छ । हरेक बर्सातमा गर्ने नदी कटानका कारण बस्ती साँघुरिन पुगेको छ । तटबन्ध निर्माणका लागि ठोस पहल अझै नभएको स्थानीय टेकबहादुर सुनारले बताए ।

“अहिले पनि जोगबुढा र महाकालीको मिलन बिन्दु छेउछाउमा बाढीले कटान गरेर धान खेती बगाइरहेको छ”, उनले भने, “सीमाको पहरेदारका रुपमा अभाव सहेर बस्यौँ । बाढीले कटान गर्दा बस्ती नै जोखिममा छ ।”

दलित र विपन्न समुदायका नागरिकको बसोबास रहेको कुतियाकवरमा पक्की संरचनामा नाममा अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा बाढीबाट बच्न ‘सेफ हाउस’ बन्दै छ । यहाँ प्रायः घर कच्ची छन् ।

“हामीलाई बस्तीमा बालबालिका पढाउन प्राविसम्मको स्कुल भइदिए पनि सहयोग पुग्थ्यो”, स्थानीय भीमसिंह सुनारले भने, “अहिले पनि झोलुङ्गे पुल तरेर जाँदा बाटो छेउको उखुबारीमा बाघ र स्यालको त्रास बालबालिकालाई जहिल्यै रहन्छ ।”

विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेको हो । त्यसपछि बस्तीमा बिजुलीको प्रबन्ध गरिएको थियो । यि दुई बाहेक अन्य विकास निर्माणका काम यहाँ हुन नसकेको सुनारको भनाइ छ । “यहाँको प्रमुख समस्या नै नदी कटान हो”, उनले भने, “नेताहरुको आश्वासनले मात्रै तटबन्ध बन्दैन् ।” शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारबाट पछि परेको कुतियाकवरका नागरिक मजदुरीका लागि भारतीय बजारमाथि निर्भर छन् ।

“सीमामा थिचोमिचो सहेर पनि दशकौँदेखि रक्षक भएरै बस्दै आयौँ”, सुनारले भने, “झोलुङ्गे पुल बनेपछि आवागमनमा सहज भएको छ ।” स्थानीयले भनेअनुसार नदी कटानको समस्या विगत पाँच दशकदेखिको हो । महाकाली नदीको दुवैतर्फ तटबन्ध निर्माण बेला बखतमा भए पनि कुतियाकवर क्षेत्रमा बाँकी नै छ ।

दोधारा चाँदनी–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवरवासी लामो समयदेखि राष्ट्रको सेवक भएर सीमा सुरक्षामा तैनाथ रहेको बताए । “त्यो बस्ती सीमा संरक्षणका लागि पनि महत्वपूर्ण छ, त्यहाँको विकास निर्माणमा ध्यान दिन जरुरी छ, सुविधा पाए पो सीमाका रुक्षकका रुपमा बस्लान, त्यसैले राज्यले यसमा ध्यान दिन जरुरी छ”, उनले भने, “तटबन्ध निर्माणका लागि बहुउद्देश्यीय ठेक्का गरिए पनि नदीमा पानीको सतह नघट्दा निर्माणमा समस्या छ ।”

कुतियाकवरतर्फ एक हजार सात सय घनमिटर तटबन्ध निर्माणको ठेक्का गरिए पनि निर्माण कम्पनीको ढुलासुस्तीले काम रोकिएको उनले बताए । “त्यहाँ निर्माण सामग्री ढुवानी गर्न समस्या छ”, वडाध्यक्ष सिंहले भने, “यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रमेश लेखकले कुतियाकवर जान पक्की पुल नै बनाउने बाचा गर्नुभएको छ ।”

अझै पनि बस्तीमा अभावका बिच स्थानीयवासी आफ्नो दैनिकी चलाइरहेको वडाध्यक्ष सिंहले बताए । “बस्ती मात्रै नभएको भए त्यो भूमि संरक्षण हुनेमा आशङ्का नै थियो”, उनले भने, “धेरै कष्ट झेलेर पनि कुतियाकवरवासीले बस्ती कुरिरहेकै छन् । उनीहरु सीमा स्तम्भ बनेर बसेका छन् ।” बस्ती कटान र बर्सातका बेला डुबानमा पर्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष सिंहले कतिपय बेला बाढीबाट जोगिन आम्भोजतर्फ बसाइँ सर्ने गरेका छन् ।

कुतियाकवरका बालबालिकालाई अध्ययनका लागि धेरै समस्या छ । उनीहरु पढ्न जोगबुढा नदी पारीको ओमकार आधारभूत विद्यालय धाउँछन् । बालबालिका आधी घण्टा हिँडर आउजाउ गर्छन् । सोही विद्यालयमा कक्षा–७ मा अध्ययनरत मानव सुनारले घरबाट विद्यालय पुग्न निकै समस्या हुने गरेको बताए ।

“जोगबुढा नदी पारी वन्यजन्तुको डर त्रास रहन्छ, बाघ र स्यालको बढी डर हुन्छ”, उनले भने, “झोलुङ्गे पुल नहुँदा त झन ढुङ्गा चढेर स्कुल आवतजावत गर्नुपर्ने बाध्यता थियो ।” अभिभावकका भरमा विद्यालय जानुपर्ने बाध्यता रहेको सुनार बताउछन् ।

Previous Post

महिला विश्वकप फुटबल : जापान अन्तिम ८ मा प्रवेश

Next Post

कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन
आर्थिक

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

१५ साउन २०८३,
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
अन्तर्राष्ट्रिय

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

१५ साउन २०८३,
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
आर्थिक

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन

१५ साउन २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु

१५ साउन २०८३,
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
आर्थिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

१५ साउन २०८३,
क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया
आवाज

क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव

१५ साउन २०८३,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In