• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कीर्तिमानी आरोही हरिलाको सन्न्यास, नेपाल आइरहने बाचा

by
२० साउन २०८०,
0
कीर्तिमानी आरोही हरिलाको सन्न्यास, नेपाल आइरहने बाचा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे)ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै आज ‘सन्न्यास’को घोषणा गर्नुभयो । पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उहाँका लागि सायद उपयुक्त समय पनि थियो । गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको कीर्तिमान कायम गर्नुभएको थियो । यसअघि यो कीर्तिमान निर्मल पूर्जाका नाममा थियो । पूर्जाले सन् २०१९ मा छ महिना छ दिनमा उक्त कीर्तिमान कायम गर्नुभएको थियो । सन्न्यास घोषणाका क्रममा हरिलाको बोलीमा नेपाल र नेपालीप्रतिको सम्मान र माया प्रष्ट झल्कन्थ्यो ।

शनिबार विहान पाकिस्तानबाट कतार एयरलाइन्सको विमानमार्फत काठमाडौँ ओलर्नुभएका हरिला र शेर्पालगायत आरोहीलाई प्रंशसकहरुले भव्य स्वागत गरेका थिए । उहाँहरुलाई बाजासहित विमानस्थलबाट चावहिल र लैनचौर हुँदै भृकुटिमण्डपसम्म नगरपरिक्रमा गराइएको थियो । “केही समयका लागि म आठ हजार मिटर अग्लो हिमाल चढ्न पनि सक्छु भन्ने पनि लाग्दैछ तर मैले मेरो काम पूरा गरिसकेकी छु”, नेपाल पर्वतारोहण सङ्घले गरेको सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “सन्न्यासपछिको जीवन परिवारसँग बिताउने र नेपाल आइरहने बाचा गर्छु ।” आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने उहाँको अभियान गत अप्रिलमा चीनको सिसापाङ्गमा हिमाल आरोहणसँगै सुरु भएको थियो । उक्त लक्ष्य ९२औँ दिनमा माउण्ट केटुको आरोहणसँगै पूरा भएको छ । बयानब्बे दिनमै १४ वटा हिमाल चढ्न कति सहज भयो त ? सञ्चारकर्मीको जिज्ञाशामा हरिलाले भन्नुभयो, “हिमाल आरोहण सहज वा गाह्रो कस्तो हुन्छ भन्ने त्यहाँको मौसम र परिस्थितिले निर्धारण गर्छ, गत वर्ष हिमाल आरोहण सहज थियो भने यसवर्ष भने बाक्लो हिउँ परेकाले केही अप्ठ्यारो पनि भयो ।” हरिला र शेर्पाले प्राप्त गरेको सफलता पहिलो प्रयासमै प्राप्त भएको भने होइन ।

सन् २०२२ को अप्रिलमा पहिलो पटक कीर्तिमानका लागि प्रयास गर्नुभए पनि कोरोना भाइरसको महामारीलगायतले सफल हुन सकेको थिएन । पहिलो प्रयासमा १४ मध्ये १२ हिमाल मात्रै आरोहण गर्नुभएको थियो । हरिलाको हिमाल आरोहणको यात्रा सन् २०१५ देखि सुरु भएको थियो । हरिला र शेर्पाको यो कीर्तिमानी आरोहणका पछाडि मुख्य भूमिका भने ‘सेभेन समिट ट्रेक्स’ले गरेको थियो । पर्वतारोहणमा अग्रणी यस कम्पनीका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले विश्वमा नेपालको पर्वतीय पर्यटनको प्रबद्र्धनमा शेर्पा समुदायको विशेष योगदान रहेको चर्चा गर्दै सरकारले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सम्मान ग्रहण गर्दै उहाँले आफ्नो सफलतामा साथ र हौसला दिने नेपाली सहहृदयी नागरिकप्रति विशेष धन्यवाद समेत दिनुभयो । उहाँले नेपाल र हिमालप्रतिको माया निकै रहेको भन्दै आगामी दिनमा विभिन्न सामाजिक काममा क्रियाशील हुने बताउनुभयो ।

“मलाई नेपाल र यहाँका जनताहरु असाध्यै मनपर्छ, हिमाल आरोहणको सपना पूरा गर्न साथ दिनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “म फेरि पनि नेपाल आइरहन्छु नेपालका लागि केही गर्न चाहन्छु ।” क्रिस्टिनसँगै कीर्तिमानी नेपाली आरोही तेन्जिन (लामा) शेर्पाले नेपालको गौरव बढाउनसकेकोमा आफू कृतज्ञ भएको बताउनुभयो । क्रिष्टिन र तेन्जिनले सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण तीन महिनामा पूरा गर्नुभएको हो । हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चो ओयु, सिसपाङ्गमा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्नुभएको हो । आजको सम्मान कार्यक्रममा १७ वर्षको उमेरमा सगरमाथा र केटु हिमाल आरोहण गरी कान्छो आरोहीको कीर्तिमान बनाउने निमा रिन्जी शेर्पालाई पसिन पदक र कदरपत्र प्रदान गरिएको थियो । साथै सो अवसरमा केटु हिमाल आरोहण गर्ने एकै परिवारका चार आरोहीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पर्यटन विभागका निर्देशक राकेश गुरुङले मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सबै सरोकारवाला साझेदारिताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्वतीय पर्यटनलगायत पर्यटनका विधामा दिगो पर्यटन प्रवर्द्धनका लागि विभागले सहकार्य गर्ने बताउनुभयो । नेपाल पर्वतरोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले नेपालको सान र गौरव बढाउन आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाले आरोहीको कीर्तिमानले विश्वभर नेपालको पर्यवतीय पर्यटन प्रबर्द्धनमा मद्दत पुगेको बताउनुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पर्यटन क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । साथै मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले पर्यटन क्षेत्रको विकासका लागि सङ्घीय सरकारले लगानी बढाउन माग गर्नुभयो । —

Previous Post

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता

Next Post

जम्मू कश्मीरमा अनुच्छेद ३७० खारेजी पछि देखिएको रूपान्तरण, दुर्गम गाउँ-गाउँमा पूर्वाधार विकास

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
जम्मु कश्मिरका ३००० युवाहरूले एलजी मनोज सिन्हाबाट नियुक्ति पत्र प्राप्त गरे

जम्मू कश्मीरमा अनुच्छेद ३७० खारेजी पछि देखिएको रूपान्तरण, दुर्गम गाउँ-गाउँमा पूर्वाधार विकास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In