१. साँचो प्रेमले सूर्यले झैँ आत्मालाई विकसित गरिदिन्छ । मोहले मनलाई तुसारोले झैँ ठिहि¥याएर संकुचित पारिदिन्छ ।
२. प्रेम अन्तरबाटै प्रेरित हुन्छ, मस्तिष्कले त्यसको व्याख्या गर्दछ । वस्त्र भन्दा पहिले जसरी शरीर छ, त्यसरी नै सधैँ विचार भन्दा पहिले भावनको उदय हुन्छ ।
३. यो सत्य हो कि बकम्फुसे, बाह्य नामरुपमा विश्वास गर्नेह र लज्जाजनक प्रतिष्ठाको निर्लज्ज दाससँगको सङ्गत जस्तो कुनै विषालु पदार्थ छैन । परन्तु यो पनि सत्य हो कि जहाँ प्रेमको वास हुन्छ त्यहाँ कसैले पनि बाधा पु¥याउन सक्दैन ।
४. पहिले हृदय जीत अनि विवेकले अनुरोध गर । जहाँबाट बुद्धि निराशा भएर फर्किन्छ तैपनि त्यहाँबाट प्रेमको आशा बाँकी रहन्छ । एक कथा यस्तो छ कि हुरीले यात्रीको शरीरबाट कोट फुकाल्न सकेन तर गर्मीले उसको कोट फुकाली छोड्यो ।
५. यदि पापीलाई बचाउनु छ भने उसैसँग एकताको अनुभव गर । सबैको हृदय जित्न सक्ने एउटै साधन छ र त्यो हो सबैसँग प्रेम र स्नेह गर्नु ।
६. ईश्वर मानिसलाई प्रेम गर्दछन् । मुहम्मदले त्यही प्रेमको अनुभव गरेका थिए । मुहम्मदले त्यस प्रेमलाई ती शब्दमा व्यक्त गरे वा गरेनन् तर यो निश्चित छ कि यही प्रेमले अरब संसारलाई जगाइदियो र ती त्यस झण्डामुनि एक मनले लड्न तत्पर भए ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













