• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जसपाका कारण मधेसमा एमालेभित्र भाँडभैलो

by
११ कार्तिक २०७९,
0
जसपाका कारण मधेसमा एमालेभित्र भाँडभैलो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचनको पूर्वसन्ध्यामा एमालेको मधेस प्रदेशमा भाँडभलो शुरु भएको छ । मधेस प्रदेश र पहाडका केही जिल्लाहरुमा उपेन्द्र यादवको जनता समाजवादी पार्टी ९जसपा० सँग सहकार्य गरेकै कारण भाँडभैलो शुरु भएको हो ।

उम्मेदवारी दर्तादेखिनै मधेश र प्रदेश १ का धेरै जिल्लाहरुमा एमालेको मत जसपामा ट्रान्सफर हुने कम संभावना रहेको छ । एमाले एक्लैले जित्ने क्षेत्र पनि जसपालाई दिएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको थियो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू जित्नका लागि जसपासँग अनावश्यक गठबन्धन गरेपछि सबै मत जसपालाई दिन नसकिने सन्देश एमाले केन्द्रमा पठाइसकेका छन् ।

भुगोल र जिल्लाको राय, सल्लाहबिना क्षेत्र बाँडफाँड भएकाले पुनर्विचार गरिनुपर्ने पार्टी नेताहरुको मागलाई एमाले अध्यक्ष ओलीले वेवास्ता गरेकाले पनि पछिल्लो पटक जसपा पनि अप्ठेरोमा परेको छ ।

एमालेले प्रदेश १ मा प्रतिनिधि सभातर्फ २ सिट जनता समाजवादी पार्टी र १ सिट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिँदै २५ सिट आफूलाई राखेको थियो । त्यसमा सुनसरीको धरानमा अशोक राईलाई ल्याएपछि एमालेभित्रको मतलाई ट्रान्सफर गर्न असजिलो भएको धरानका एक नेताले बताए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहसहितका जिल्लास्तरका केही नेता मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएर अलग भएपछि जसपा र एमाले दुवैलाई अप्ठेरो परेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि साह समूहले २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको छ । जनता समाजवादी पार्टी ९जसपा० सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिनुअघि साहले माओवादीसँग छलफल गरेर उम्मेदवारी दिएको स्रोतको दाबी छ । ‘हाम्रो विचार मिल्छ, सँगै जाऔं भनेर कुरा भएको हो, मिलेर चुनाव लड्नेबारे टुंगो लागेन, एमालेबाट विद्रोह गर्नुभएको छ , उम्मेदवारी दिनुभएको छ अब थप कुराकानी होला ’, माओवादीका एक नेताले भने ।

माओवादीका मधेसका नेताहरूले साह समूहले स्वतन्त्र उम्मेदवारी दिने कुरा मनोनयन गर्ने अघिल्लो दिनै जानकारी पाएका दिएपनि त्यो बाहिर सार्वजनिक भएको थिएन ।

रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिँदै साहले जसपासँग गठबन्धन गरेर एमाले अपवित्र भएको दाबी गरेका थिए । २०६४ सालदेखि उनले आफ्नो गृहनगर मौलापुरसमेत पर्ने त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् । प्रतिनिधि सभाअन्तर्गत मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ८ वटामा विद्रोह भएको छ भने प्रदेशसभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएपछि जसपाले एकलौटी जित्ने अवस्था निकै कमजोर भएको छ ।

साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिँदा रौतहट–३ मा एमालेको उम्मेदवारी रिक्त भएको थियो । एमालेले अर्को व्यक्तिलाई उम्मेदवार बनाउने कोसिस गरेको थियो तर आइतबार निर्वाचन कार्यालय पुग्दा ढिला भइसकेको थियो ।

सर्लाही १ ९१० मा उम्मेदवारी दिएका चन्द्रभूषण साहले प्रतिनिधिसभामा ८ वटा क्षेत्र र प्रदेशसभामा १७ क्षेत्रमा उम्मेदवारी परेको थियो । प्रभु साहले बनाएको आईटी आर्मीका प्रमुख साहले एक्लै चुनाव लडौंभन्दा एमालेले नमानेपछि आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरेको थिए ।

प्रतिनिधि सभातर्फ रौतहट–३ बाट प्रभु साह, रौतहट–२ मा किरण साह, रौतहट–४ मा प्रदीप साह, महोत्तरी–३ मा रामआधार कापड, सर्लाही–१ मा मानवबहादुर खड्का, धनुषा–१ मा किशोरी साह कमल, धनुषा–४ मा कृष्णकुमार महतो र पर्सा–१ मा सन्तोष श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सर्लाही–३ ९१० बाट रेणुका पौडेल, बारा–४ ९२० बाट उमेश कुशवाहा, रौतहट–३ ९१० बाट केशव राय चौधरी, रौतहट–३ ९२० बाट कुन्दन कुशवाहा, रौतहट–१ ९२० बाट राजेश चौधरी, रौतहट–१ ९२० बाट मनोज यादव, महोत्तरी–३ ९१० बाट मुजिम राय, महोत्तरी–३ ९२० बाट सुनील रोहित, सिरहा–३ ९२० बाट गोपालप्रसाद यादव, सिरहा–२ ९२० बाट योगेश सिंह, महोत्तरी–१ ९२० बाट प्रमोद महतो, बारा–१ ९१० बाट देवराज घिमिरे, बारा–१ ९२० बाट जयन्त कुशवाहा, पर्सा–१ ९२० बाट कदम रसुल, पर्सा–४ ९२० बाट प्रह्लाद गुप्ता र पर्सा–२ ९१० बाट विनोद लामाले उम्मेदवारी दिएका छन् ।

नेकपा विभाजनपछि माओवादीमा नफर्की एमालेमा बसेका साह पछिल्लो समय केन्द्रको निर्णयप्रति असन्तुष्ट देखिन्थे । मधेस प्रदेशबाट उनले अन्य दलका स्थानीय नेता–कार्यकर्तालाई ठूलो संख्यामा एमालेमा प्रवेश पनि गराएका थिए ।

साह निकट स्रोतका अनुसार आफूले एमाले प्रवेश गराएकालाई टिकट दिलाउन नसकेपछि उनले स्वतन्त्रमै भए पनि उम्मेदवारी दर्ता गराउदै एमालेकै नेताहरुलाई चुनौती दिएका थिए ।

मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग गठबन्धन बनाइसकेपछि एमाले अपवित्र भएकोमा भन्दै उनीहरुले विद्रोह गर्दा एमाले र जसपा दुवैका लागि प्रतित्युपादक भएको छ ।

साहकै पहलमा एमाले अध्यक्ष ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेका कांग्रेसका जिल्ला सचिव राजेश चौधरी र स्थानीय तह निर्वाचनमा गुजरा नगरपालिकामा एकीकृत समाजवादीका प्रत्याशी केशव चौधरीले टिकट नपाएपछि प्रभु साह रुष्ट बनेकाले पनि उनी स्वतन्त्र हुन पुगेका हुन् ।

Previous Post

पल शाहले कारागारमै लगाए भाइटीका

Next Post

निर्वाचनमा साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
सत्ता गठबन्धनका शिर्ष नेताले आज पोखरामा सम्बोधन गर्ने

निर्वाचनमा साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनको आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In