• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बझाङमा व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन

by
११ साउन २०८०,
0
बझाङमा व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बझाङ । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिए । उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो ।

बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, “पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।”

कार्की सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो । एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किन्दै आएका छन् । पसलबाट किनिएको नुन भने कताबाट आएको हो भन्ने उनलाई जानकारी छैन । “नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु । नुन मागेपछि पाइहाल्छु”, उनी भन्छन् ।

सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन । बजारमा जानेबित्तिकै नुन पाइरहेको उनले सुनाइन् । “म आएको डेढ वर्ष हुन लागिसक्यो”, उनले भनिन्, “सबै मान्छे नुनै पाइँदैन भन्छन् । मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन । पैसा भए सुनसमेत पाउने ठाउँमा नुन पाइँदैन भन्नु अचम्मको कुरा हो ।”

बजारमा आफूले चाहेमा जति पनि नुन किन्न सक्ने उनले बताइन् । “मैले गत साता मात्रै एउटा पसलबाट १५ पाकेट नुन किनेर गाउँ पठाएकी थिएँ ।” गाउँमा पशुलाई समेत पाकेटकै नुन खुवाउने गरेको उनले सुनाइन् ।

राजेश र रमा जस्तै पसलेका ग्राहक हुनुहुन्छ दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी । जोशीलाई पनि बझाङमा नुन सङ्कट भएको भन्ने अचम्म लाग्छ । “हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ । कसरी सङ्कट भयो रु” धेरै किन्नु नपर्ने तर, कहिलेकाहीँ एक÷दुई पाकेट जता पनि पाइने हुँदा समस्या नपरेको उनले बताए । जोशीले भने, “पैसा भए सुन त सजिलै पाउँछ भने नुन किन नपाउनु ”

बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो । साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन । तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन् ।

व्यापारीले साल्ट ट्रेडिङकै नुन बिक्री गरिरहेको जानकारी पाएपछि पत्रकारहरुको टिम ग्राहक बनेर जाँदा एक पसलले १५ रुपैयाँमा एक पाकेट ‘भानु” नुन थमाए । साल्ट ट्रेडिङको नुन किन बेचेको भन्ने प्रश्नमा भने उ नाजवाफ भए । उनले आत्तिँदै भने, “ग्राहक नुनका लागि आउनुहुन्छ । उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ ।” उनले आफूले मात्रै नभई बजारमा धेरैले बिक्री गर्ने गरेको बताए ।

चैनपुरका केही पसलहरूमा निर्धक्कसँग साल्ट ट्रेडिङको नुन बिक्री भइरहेको छ । डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा व्यापारीले विक्री गर्ने गरेको खप्तडछान्ना–६ का महेश थापा बताउँछन् । “व्यापारीले बर्खा नलाग्दै क्विन्टलका हिसाबले डिपोबाट नुन उठाए । अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो । यता व्यापारीहरू लुकिछुपी बेच्न थाले ।” यसरी अवैधानिकरूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्ने उनले बताए ।

डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन

मष्टा गाउँपालिका–१ की सरूदेवी विक आइतबार नुन किन्न डिपोको लाइनमा थिइन् । बिहानैदेखि लाइनमा बस्नुभएकी विकले तीन घण्टापछि पाँच पाकेट मात्रै नुन पाइन्। “सहुलियतको नुन लिन बिहानै देउरानी, जेठानी चैनपुर आयौँ”, उनले भनिन्, “यता पाँच केजी नुन मात्रै पाइयो । अब यो कतिसम्म चल्छ होला र १” पाँच पाकेट नुनकै लागि धेरै खर्च गर्नुपरेको उनले बताइन् ।

गाउँमा वर्षायामका बेला नुनको सङ्कट नहोस् भनेर डिपोमा आएको मष्टाकै सुमी विकले बताइन् । “एक दुई पोका नुन त थियो । तर, नुनको सङ्कट भएको भनेर सुन्यौँ । बर्खामा चैनपुर आइरहन सकिँदैन । त्यसैले मौसम पनि ठीकै, आइतबार पानी परेको हुँदा नुन लिन आएकी हुँ । यता एक ज्यानको पाँच पोका मात्रै पाइँदो रहेछ”, सुमीले भनिन् ।

नुन वितरणमा दुरूपयोग हुने गरेको गुनासो आएपछि गत महिनायता चैनपुर डिपोले आइतबार मात्रै बिक्री वितरण गर्दै आएको छ । डिपोले जनसङ्ख्याको तुलना गरेर औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको हो । “नुन लिन आउने सबैलाई पुर्याउनका लागि एक जनालाई पाँच केजी दिएका हौँ”, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय प्रमुख नरबहादुर भाटले भने, “ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखियो ।

त्यसैले प्रत्येकलाई पाँच केजी दिने निर्णय गरेका हौँ ।” अब यो सङ्कट यसै साताबाट टर्ने उनले बताए । भाटका अनुसार नुन थपका लागि माग गरिएको र नयाँ लटको नुन पनि आउने बेला भएको हुँदा दोस्रो साताबाटै नुन वितरण सहज हुने उनले बताए ।

चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार पाँच सय क्विन्टल नुन उपलब्ध गराएको थियो । यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि चालु आर्थिक वर्षका लागि जिल्लाभर १४ हजार दुई सय क्विन्टल नुनका लागि सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । “चैतको अन्तिमतिरै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीमा आयोडिनयुक्त नुनको माग गरिसकेका छौँ”, उनले भने ।

प्रजिअ पाण्डेयका अनुसार चालु आवका लागि चैनपुर डिपोमा सात हजार, बागथला पाँच हजार, तलकोट एक हजार पाँच सय र साइपाल बिक्री केन्द्रका लागि सात सय क्विन्टल आवश्यक पर्ने प्रारम्भिक अनुमानअनुसार माग गरिएको हो । “अहिले पनि नुनको सङ्कट भने होइन”, उनले भने, “आवश्यकताअनुसार नुन वितरण भइरहेकै छ । सङ्कट भएको हल्ला मात्रै हो ।” केही कम हुन सक्छ कि भनेर प्रतिव्यक्ति पाँच पाकेट वितरण गरिरहेको उनले बताए । “अब नयाँ सिजन पनि सुरू भइसक्यो । सायद अर्को साता नै प्रतिव्यक्ति १० पाकेट वितरण गर्ने तयारी गरेका छौँ”, उनले भने ।

बजारमा नुन बिक्री भइरहेको विषयमा भने अब लगत्तै बजार अनुगमन गरिने उनले बताए । “यो गुनासो सुनिरहेका छौँ”, उनले भने, “बजारमा कसैले नुन बेचेको खबर हामीलाई गरे तत्काल कारबाही हुन्थ्यो । धेरैलाई खबर गर्न आग्रह पनि गरेका छौँ । आधिकारिक जानकारी कसैले दिएको छैन । अब कसैलाई ग्राहक बनाएर पठाउने र गडबड भए कडा कारबाही गरिनेछ”, उनले भने ।

Previous Post

पहिरोले पदमार्ग बगायो

Next Post

कति छ बिहीबारको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

कति छ बिहीबारको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In