काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन भाइटिका । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार तिहारको शुभसाइत विहान ११ बजेर ३७ मिनेटमा रहेको थियो ।
टीकाको शुभसाइतकै बेला देशभर भाइटीका लगाइएको छ । अघिल्ला वर्ष कोरोना महामारीका कारण दशैं तिहारजस्ता पर्व मनाउन नपाएका नेपालीहरु यसपालि भने उल्लासका साथ पर्व मनाइरहेका छन् ।












