• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल

by
१० कार्तिक २०७९,
0
कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकीय चहलपहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलवार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी हुन् । पर्यटक आगमन भएसँगै शेर्पा होटेल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जाने तयारी गर्दै थिए।

विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताए । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो ।

कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेसा परिवर्तन गर्ने सोचमा रहेका होटेल सञ्चालक पेमा शेर्पा पर्यटक आगमनसँगै होटेल व्यवसाय नछाड्ने सोचमा पुगेका छन् । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटेल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटेल सञ्चालनमा छ ।

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटेल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य होटेल रु ८० लाखदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटेल अहिले भरिभराउ छन् ।

बिस्तारै मौसम खुल्दै गएसँगै कञ्चनजङ्घा हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जैविक विविधताको अवलोकन तथा चाँदीजस्तै टल्किने कञ्चनजङ्घा हिमालको नजिकैबाट दृश्यावलोकनले छुट्टै आनन्द मिल्ने गरेको पाँचथरबाट घुम्न आएका सन्दीप नेम्वाङले बताए।

कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुई वटा पदर्माग प्रयोग हुँदै आएको छ । पाँचथरको गणेश चोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग ९साउथ रुट०मा पर्दछ । गत साता मात्र साउथ रुट हुँदै फ्रान्सका सात, बेलायतका दुई र भारतका एक पर्यटक कञ्चनजङ्घा हिमाल क्षेत्र प्रवेश गरेको व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।

उनले भने, “आज पनि १६ जनाको समूह आउँदै छ । चेक पोष्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ ।” साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताए । प्रदेश नं १ को राजधानी विराटनगर, धरान, दमक तथा सङ्घीय राजधानी काठमाडौँदेखि आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएका छन् ।

काठमाडौँदेखि हवाई मार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट) मा पर्दछ । नर्थ रुट हुँदै गत साता मात्र ६० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा प्रवेश गरेको व्यवस्थापन परिषद्को तापेथोक कार्यालयका पर्यटन सहायक कल्पना ताम्मादेनले बताए । कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ ।

यातायातका साधन प्रयोग गर्ने पर्यटकको विवरण घुन्सा चेकपोष्टले राख्दै आएको छ । घुन्सा चेकपोष्टका पर्यटन साहयक टासी तेन्जिङका अनुसार गत साता विभिन्न देशका एक सय २० बाह्य पर्यटक घुन्सा प्रवेश गरेका छन् । स्पेन, फ्रान्स, अष्टे«लिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, भारतलगायत बाह्य पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर प्रवेश गरेको घुन्सा चेकपोष्टले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा तीन सय ५९ पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२ विदेशी, ६३ सार्क देशका र ७४ स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए । गएको आव २०७७/७८ मा भने कोरोनाका कारण ६३ जनामात्र पर्यटक भित्रिएका थिए ।

संरक्षण क्षेत्रमा आउने पर्यटक ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने गरेका छन् । गत असोज १५ गतेदेखि कात्तिक र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु ९लिम्बू०ले बताए ।

Previous Post

देउसी खेल्न हिँडेका एक जनाको भिरबाट लडेर मृत्यु

Next Post

उल्लासका साथ मनाइयो भाइटीका

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
उल्लासका साथ मनाइयो भाइटीका

उल्लासका साथ मनाइयो भाइटीका

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In