१. हालको प्रचलित कानुन अनुसार विवाह गर्न कति वर्ष पुग्नुपर्छ ?
– २० वर्ष ।
२. बेठी प्रथा केसँग सम्बन्धीत छ ?
– खेतिपाती ।
३. लुम्बिनी दिवस कहिले मनाइन्छ ?
– वैशाख पूर्णिमा ।
४. प्रजा भनेर कुन जातिलाई चिनिन्छ ?
– चेपाङ ।
५. तोरनल्ह कुन जातिले मनाउने पर्व हो ?
– थकाली ।
६. लोवा जातिका मानिसहरु कुन जिल्लाा बसोबास गर्दछन् ?
– मुस्ताङ ।
७. घाटुनाच कुन जातिमा प्रचलित नाच छ ?
— गुरुङ ।
८. ग्रन्थचित्र भन्नाले के बुझिन्छ ?
– पुस्तकको पाना वा गातामा लेखिएको चित्र ।
९. नेपालमा सर्वप्रथम कला पाठशालाको स्थापना कहिले भएको थियो ?
– वि.सं. १९९१ ।
१०. नेपालमा राष्ट्रिय मुद्रा सङ्ग्रहालय कुन स्थानमा रहेको छ ?
– हनुमानढोका काठमाडौँ ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













