• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सरकारी जग्गा व्यक्तिको नाम गराउने मालपोत अधिकृतसहित ६४ जनाविरूद्धको मुद्दामा विशेषको फैसलाविरूद्ध अख्तियार सर्वोच्चमा

by
५ साउन २०८०,
0
५० हजार घुससहित वडाअध्यक्ष पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने तत्कालीन मालपोत अधिकृत र जग्गाधीसहित ६४ जनाविरूद्धको मुद्दामा विशेष अदालतले गरेको फैसलाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

प्रतिवादीहरूलाई आशिंक दोषी ठहर तथा सफाइ दिने विशेषको ८ पुस, २०७९ को फैसलाविरूद्ध अख्तियारले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो।

अख्तियारले ४ असार २०७५ मा उनीहरूविरूद्ध विशेष अदालतमा यो मुद्दा दर्ता गरेको थियो। विशेषले यस मुद्दामा २० जनामाथि अभियोग ठहर गर्दै बाँकीलाई सफाइ दिएको थियो। दोषी ठहर भएकाहरूलाई फरक(फरक कसुरमा ३र३ महिना कैद सजाय तोकिएको थियो।

धादिङका तत्कालीन मालपोत अधिकृतहरू युवराज भट्टराई र कुशध्वज खत्री दोषी ठहर भएका थिए। साथै अर्का मालपोत अधिकृत मोहनजंग थापालाई पनि कैद सजाय सुनाइएको थियो।

नापी कार्यालय धादिङका सर्वेक्षकहरू डिल्लीराम लावती र रवीन्द्रनाथ ठाकुर, नापी अधिकृत दीपककुमार सापकोटालाई पनि सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको कसुरमा सजाय सुनाइएको थियो। यस मुद्दाका अर्का प्रतिवादी अमिन विश्वकुमार बस्नेतलाई पनि कैद सजाय तोकिएको थियो।

उनीहरूले विभिन्न मितिमा धादिङको तत्कालीन गोगनपानी गाविसको महेश खोलासहितका विभिन्न सरकारी र सार्वजनिक जग्गाहरू गैरकानूनी लाभ लिई व्यक्तिका नाममा दर्ता गरेको आरोप अख्तियारले लगाएको थियो।

न्यूनतम ६५ हजार रूपैयाँदेखि दुई करोड रूपैयाँसम्मको बिगो मागदाबी लिई मुद्दा दर्ता भएको थियो। नापी, मालपोत र जिल्ला वन कार्यालयका गरी ४१ जना कर्मचारी तथा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ४ जनासहित ४५ जनालाई कैद तथा जरिवानाको दाबी लिइएको थियो।

धादिङ मालपोतका १० जना अधिकृतसहित अढाइ दर्जन कर्मचारीको मिलेमतोमा जग्गा नामसारी भएको अख्तियारको अनुसन्धानले देखाएको थियो। यस मुद्दामा धादिङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ओमकुमार बस्नेतदेखि प्रमुख मालपोत अधिकृत रेवतीप्रसाद ढकाल, सहायक वन अधिकृत बाबुराम अर्यालसहित प्रतिवादी थिए।

जग्गा आफ्नो नाममा बनाउनेहरूलाई पनि प्रतिवादी कायम गरी दर्ता भएको थियो। उनीहरू सबैको मिलेमतोमा १ सय २५ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा कायम भएको आरोपसहित स्थानीयले उजुरी दिएपछि अख्तियारले अनुसन्धान थालेको थियो।

सरकारी तथा सार्वजनिक जग्गा आफ्नो नाममा गराएकाहरूलाई पनि प्रतिवादी बनाइएकोमा ७ प्रतिवादीको भने अभियोजनकै समयमा मृत्यु भइसकेको थियो।

Previous Post

इमर्जिङ कपको सेमिफाइनलका दुवै खेल आज

Next Post

आजको मौसम पूर्वानुमानः चार प्रदेशमा पानी पर्ने

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
पश्चिमी वायुको असरले केही दिनवर्षा र हिमपातको सम्भावना

आजको मौसम पूर्वानुमानः चार प्रदेशमा पानी पर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In