• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बजेटलेको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर

by
४ साउन २०८०,
0
बजेटलेको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछः गभर्नर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन् ।

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने स्पष्ट पारे ।

पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, सञ्चित कोष घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको उनको भनाइ छ ।

‘“’गत आर्थिक वर्षका लागि राखिएको मूल्यवृद्धिको बाञ्छत सीमा सात प्रतिशत रहेकामा त्योभन्दा माथि नै रहने देखिएको छ । सञ्चित कोष एक खर्ब ९३ अर्बले घाटामा छ । निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जाको बिस्तार घटेको छ’, गभर्नर अधिकारीले भने ।

अघिल्लो वर्षको तुलनामा अहिले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको पनि उनले बताए । त्यस्तै बजारमा माग घट्नु र लगानी विस्तार खुम्चिएका कारण कर्जाको माग घटिरहेको भएपनि अहिले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घट्ने क्रममा रहेको गभर्नर अधिकारीको भनाइ छ ।

‘अहिले बैंकिङ प्रणालीमा ८८ अर्ब ५४ करोड अधिक तरलता छ, उनले भने । उनका अनुसार गत जेठ मसान्तसम्ममा एक लाख ४७ हजार पाँच सय १० जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

गभर्नर अधिकारीले हाल चालु खाता घाटा ७० अर्ब रहेको र बजारमा शिथिलता देखिएका कारण कर्जा असुलीमा समस्या भएको बताए । अर्थतन्त्रलाई सन्तुलित अवस्थामा राख्न के–कस्ता उपकरण प्रयोग गर्ने भन्ने विषयमा राष्ट्र बैंकले उचित निर्णय लिने पनि उनको भनाइ छ ।

‘घरजग्गा क्षेत्र कारोबारमा शिथिलता देखिनु तथा सरकारी राजस्व र पुँजीगत खर्च लक्ष्यअनुसार उठ्न नसक्नु अहिलेको समस्या हो”, उनले भने, “मौद्रिक नीतिसँग सबै उपकरण हुँदैनन् । हामीसँग भएका उपकरण प्रयोग गर्छौं ।’ आगामी हप्ता मौद्रिक नीति जारी गर्ने तयारी रहेको पनि उनको भनाइ छ ।

कर्जा र निक्षेपको ब्याजदर तथा आधारदर घट्ने क्रममा रहेको र सिडी रेसियो ८२ प्रतिशतमा आएको पनि राष्ट्र बैंकको भनाइ छ । चालु आर्थिक वर्षका लागि सरकारले मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्नेगरी लक्ष्य तय गरेकामा सोही आधारमा मौद्रिक उपकरण परिचालन गरिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थ समितिको आजको बैठकमा अर्थसचिव अर्जुनकुमार पोखरेलले वित्त नीति र मौद्रिक नीतिको सामञ्जस्यता हुनुपर्ने धारणा राखे । त्यस्तै आर्थिक वृद्धिदर हासिल गर्ने र मूल्य वृद्धिदर नियन्त्रणमा राख्ने विषयलाई मौद्रिक नीतिले पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन र आन्तरिक उत्पादन बढाउनका लागि बजेटले राखेका योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

Previous Post

दीपक मल्होत्राले भने– सय किलो सुन पुष्टि भए सजाय भोग्न तयार छु

Next Post

ओडेसामा भएको आक्रमणमा साठी हजार टन अन्न नष्ट भएको कीभको दाबी

सम्बन्धित खबर

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह
आवाज

रास्वपा महाधिवेशन: भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

५ असार २०८३,
हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
आर्थिक

हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

५ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

५ असार २०८३,
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
फिचर-ब्यानर

भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित

५ असार २०८३,
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
आवाज

आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय

५ असार २०८३,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
आवाज

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

५ असार २०८३,
Load More
Next Post
ओडेसामा भएको आक्रमणमा साठी हजार टन अन्न नष्ट भएको कीभको दाबी

ओडेसामा भएको आक्रमणमा साठी हजार टन अन्न नष्ट भएको कीभको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In