टन्टलापुर घाममा पनि पानी परिरहेको जस्तो शीतल वातावरण प्रदान गर्ने रुख हाम्रै देश नेपालको मकवानपुरको नवलपुरमा रहेको सरस्वती सामुदायिक वनमा पाइन्छ । साज जातको उक्त रुखले साँच्चै पानी परिरहेको जस्तै भान पार्छ । रुखमुनि जाँदा शीत झरेजस्तो हुनुका साथै हिलो पनि देख्न सकिन्छ । साजको रुखबाट कसरी पानी पर्छ भन्ने पत्ता लगाउन विस्तृत अध्ययनको खाँचो रहेको देखिन्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













