काठमाडौं । पत्रकारहरुले साउन महिनाभरी पुरानै परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्न सक्ने भएका छन् । सूचना विभागबाट प्रदान गरिने परिचयपत्रको म्याद आर्थिक वर्षको अन्त्य पश्चात सकिएपनि नविकरणमा केही समस्या आएकाले साउन महिनाभरी पुराने परिचयपत्रका आधारमा पत्रकारहरुले सिंहदरबार प्रवेश गर्न सक्ने गृहमन्त्रीको सचिवालले जनाएको छ ।
गृहमन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै पत्रकारहरुलाई पुरानै परिचयपत्रका आधारमा साउन महिनाभरी सिंहदरबार प्रवेशमा अनुमति दिन सिंहदरबार सुरक्षा गणका प्रमुख ९डिएसपी० सन्तोष तामाङसँग आवश्यक समन्वय गरेको गृमन्त्रालय स्रोतले जानकारी दिएको हो ।
गृहमन्त्रालयमा भएको अनौपचारिक छलफलअनुसार पत्रकारहरुले साउन महिनाभरी पुरानै परिचयपत्रका आधारमा प्रवेश पाउने र यसबीचमा सूचना विभागको आफ्नो परिचयपत्र नवीकरण गरिसक्नुपर्ने जनाइएको छ । सोही बमोजिम डिएसपी तामाङले माताहतका सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिएको मन्त्रालयले जनाएको हो ।













