हर्केः ए नानी ! उता आऊ न है कति माया लागेको छ सधैँ जान ।
कल्लीः के भन्या भन्या कता जाने ?
हर्केः कति वर्ष भयो तिमीलाई नानी ?
कल्लीः मलाई त चार वर्ष भयो अनि तिमीलाई नि ?
हर्केः मलाई पनि त चार वर्ष भयो नि हो ।
कल्लीः अनि कता जाउँ भन्या त तिमीले मलाई
हर्केः पोलियो थापा खान जाउँ भन्या नि बुझेनौ ?
माछाका प्रकार
समोसाः ए चट्नी तिमीलाई थाहा छ ? माछाका जातहरु कति हुन्छन् ?
चट्नीः किन थाहा नहुनु नि ?
समोसाः खै भन त केके हुन त माछाका जात
चट्नीः फ्राई, भइहाल्यो ग्रैवी भइहाल्यो हैन त कालो माछा रातो माछा सेतो माछा ।
समोसाः हैन के त्यस्तो माछाको बाउ, माछाको आमा, माछाको दिदी, माछाको भाइ, माछाको भतिजा पो हो त नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













