• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

तीन पुस्ता बित्यो, पेशामा आएन परिवर्तन

by
८ कार्तिक २०७९,
0
तीन पुस्ता बित्यो, पेशामा आएन परिवर्तन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा – पर्यटकीय क्षेत्र बेगनासतालको उत्तरी छेउ स्थित पिप्ले गाउँमा ४२ घर परिवार छ । ती परिवार मध्ये ३२ परिवार जलारी, ६ परिवार विश्वकर्मा र चार परिवार अन्य समुदायका छन् ।

बाउ–बाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको जलारी परिवारको अहिले पनि आम्दानीको मूख्य श्रोत माछा नै बनेको छ । २१ औं सताब्दीमा आइपुग्दापनि जीविको पार्जनको मूल आधार माछा मारेर बिक्री गर्ने नै बन्दै आएको छ । पोखराका विभिन्न खोला तथा तालमा माछा मार्दै आएको त्यो समुदायले बेगनासको पिप्लेमा पुगि माछा मारेर बिक्री गर्न शुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ, तर एक दुई परिवार बाहेक उनीहरुको माछा मारेर बिक्री गर्ने मूल पेशा फेरिएको छैन ।

बेगनास तालमा मारेका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले प्रतिमहिना २०–५० हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ , त्यो पैसा नै उनीहरु दैनिक जीविको पार्जनका लागि मुख्य आधार बन्दै आएको छ । छोराछोरी पढाउन, बिहान बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ, वेगनासताल मत्स्य व्यवसाय समितिका अध्यक्ष राजेन्द्र जलारीले बताए ।

बस्ने वास वाहेक उनीहरुसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको लालपूर्जा पनि उनीहरुको हातमा छैन, मत्स्य व्यवसाय समितिका अध्यक्ष राजेन्द्र जलारीले भन्नुभयो– माछा बिक्रीबाट भएको आम्दानी मध्ये ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, भारतबाट ल्याउनु पर्ने उक्त जाली पनि तीन महिना भन्दा वढी टिकाउ हुदैन ।

हाम्रो थाकथलो पोखरा–९ नयाँबजार हो, हजुरबाका पालादेखि नै हाम्रो समुदायले माछा मार्ने काम गथ्र्यो, पोखराराको नयाँ बजारमा हुँदा बिजयपुर खोला, फुस्रो खोला, कालीखोला, याम्दी खोलामा माछा मार्ने काम गर्दै आएको र माछा मार्ने क्रममा आजभन्दा ५० वर्ष अघि वेगनासको पिप्ले गाउँमा एक घर आएको र माछा मार्ने सिलसिलामा बुवा यही ठाँउमा बसेको इतिहास राजेन्द्रले सुनाउनुभयो । कास्की जिल्ला पोखरा महानगरपालिका–३१ मा पर्ने वेगनास तालमा आउने पर्यटक मध्ये केही प्रतिशत पिप्ले गाउँ पुग्ने गर्छन । तालको छेउबाट पिप्ले उक्लन पाँच मिनेट पैदल हिड्नु पर्छ ।

म ५५ वर्ष भए, म पाँच वर्षको हुँदा बुवा यहाँ आउनु भएको रहेछ, शुरुमा हामी एक घर मात्र थियौ, तालको छेउ सुनसात माथिपट्टी घना जंगल, बुवा एक्लै बस्न नसकेर साथीको रुपमा अर्को एक जना भाइलाई बोलाउनुभएछ, त्यसपछि अन्य व्यक्तिहरु पनि आए, त्यो परिवार वढ्दै अहिले ४२ घर भएका छन् ।

समितिकै अर्का सदस्य सानु जलारीले वेगनास तालमा मारिएका माछा समितिको कार्यालयमा संकलन गरी ठेकेदार मार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिनुभयो । तालमा पाइने विभिन्न जाँतका माछाको मूल्य प्रतिनकेजी १८० देखि १००० रुपैयाँसम्म पर्ने गरेको छ । वेगनास तालमा तिलिपीया, विगहेड, भ्याकुर, शहर लगायतका माछा पाइने गरिएको भएपनि तिलिपीयाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको जानकारी माछा व्यवसायीले बताउछन् ।

तराईंका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्व घटनुको साथै मुल्यमा समेत गिरावट आएको गुनासो पनि जलारी समुदायको छ ।

पछिल्लो १५ वर्ष यत पिप्लेका एक जलारी र अन्य क्षेत्री र वाहुन समुदायका चार जनाले रेष्टुरेण्ट र लजपनि खोलेका छन् ती होटलमा मुस्किलले ५० जना पाहुना अट्छन् ।

कोरोना काल अघि माछाको स्वाद लिनका लागि स्वदेशी तथा बिदेशी पर्यटक त्यहाँ पुग्ने गरेपनि पछिल्ला वर्षमा सार्वजनिक विदाका दिन दुई चार जना आन्तरिक पर्यटक मात्र त्यहाँ पुग्ने गरेकै कारण रेष्टुरेण्ट नचलेको भनाई उनीहरुको छ । सरकाले यतिका वर्षसम्म पनि जग्गाको लागपूर्जा नदिँदा उनीहरु चिन्तित छन् । तालको मापदण्डको नाउँमा हटाउने हो की भन्ने चिन्ता पनि उनीहरुलाई दिनरात छ । स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनास तालमा माछा मार्न कुनै रोकतोक भने अझसम्म लगाएको छ्रैन । पिप्लेमै रेष्टुरेण्ट संचालन गर्दै आएका अनिष जलारी भन्नुहुन्छ– दुई वर्षदेखि सेतो छालाको पर्यटक देख्न पाएको छैन ।

Previous Post

अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित

Next Post

हामी चीनसँग सम्बन्धको लागि प्रयास गर्छौँ, तर चीन तयार छैनः जयशंकर

सम्बन्धित खबर

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
Load More
Next Post
वन्दे भारत मिशनलाई हाइलाइट गर्दै जयशंकर

हामी चीनसँग सम्बन्धको लागि प्रयास गर्छौँ, तर चीन तयार छैनः जयशंकर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In