हामीले मौसमअनुसार खाना, लुगाफाटा, तातो पानी प्रयोग गरिरहेका हुन्छौँ । तर हामीले कहिल्यै याद गरेका हुँदैनौँ कि तातो पानीले नुहाइरहँदा पनि बिरामी पर्छाैं भनेर । बिरामी पर्नु सबैभन्दा ठूलो कारण भनेकै तातो पानीले दैनिक नुहाउनु हो ।
विज्ञहरूका अनुसार तातो पानीले नुहाउनु स्वास्थ्यको लागि धेरै हानिकारक छ । हाम्रो शरीर र दिमागमा यसको प्रभाव देख्न सकिन्छ । तातो पानीले छालाको केराटीन कोषहरूलाई क्षति पु¥याउने हुँदा छालामा समस्याहरू देख्न सकिन्छ । यसले शरीरमा प्रतिरक्षा प्रणालीलाई समर्थन गर्ने राम्रो ब्याक्टेरियाहरूलाई हटाउँछ ।
तातो पानीले कपालमा धेरै प्रभाव पार्छ । कपालको ओसिलोपन घटाउने हुँदा कपाल रफ हुन्छ । टाउकोको छाला सुक्खा हुन्छ र रौं धेरै खस्न थाल्छ । तातो पानी आँखाको लागि पनि धेरै हानिकारक हुन्छ । तातो पानीले नुहाएपछि आँखा रातो हुन्छ । आँखा चिलाउने समस्या शुरू हुन सक्छ ।
तातो पानीले दैनिक नुहाउनाले दिमागलाई असर गर्दछ । सोच्ने क्षमता घट्छ । हामीले महसुस गर्न सक्छौँ कि हामीले चाँडै नै चीजहरू बिर्सिन थाल्छौँ । त्यसैले तातोपानीले नुहाउनुको सट्टा चिसै पानीले नुहाउने गर्नुपर्छ यसले कपाल, छाला, आँखा र दिमागलाई असर गर्दैन ।












