१. राष्ट्रिय परिचयपत्र पाउन कति वर्ष पूरा भएको हुनुपर्छ ?
– १६ वर्ष
२. वि.सं. २०७७ मा सञ्चालन भएको नेपाल आइडल सिजन ३ को उपाधि कसले जित्यो ?
— सञ्जा चौलागाईं
३. कोरोना भाइरस सर्वप्रथम चीनको कुन स्थानमा देखा परेको थियो ?
– वुहान
४. विश्वका सबै महादेशका सर्वाेच्च शिखरको आरोहण गर्ने प्रथम नेपाली महिला को हुन् ?
– सुस्मिता मास्के
५. ग्रेट हिमालयन टे«ल केसँग सम्बन्धित छ ?
– पर्यटन
६. शिक्षक सेवा आयोगका हालका अध्यक्षको नाम के हो ?
– ताना शर्मा
७. नेपालको संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १÷१ जनाका दरले निर्वाचित हुने जिल्लाको संख्या कति छ ?
– ३५
८. कुन ग्रह÷उपग्रह भएको खाल्डोको नाम लामटाङ राखिएको छ ?
– मंगल
९. एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ?
– जापान
१०. नेपाल राष्ट्रिय कर दिवस कुन दिन मनाइन्छ ?
– मंसिर १ गते ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













