चलचित्रको बाजार झैं केवल मनोरञ्जनहरू र शोषणको काम गर्छन् । सबै सम्प्रदाय र विधिविधान स्वप्न हो, टुट्नेछ यत्ति हो सत्य ।
स्मृति, कल्पना, रूप, रस, गन्ध, शब्द, स्पर्श, संयोग, मान–अपमान, सङ्ग्रह, चिन्तन, खानुपिउनु– यी सबै आहार हुन् ।
यिनीहरू कुन समयमा कति आवश्यक छन् र आवश्यक छैनन् यो जान्नु युक्तता हो । के गर्नु, कसो गर्नु, त्यसो नगर्नु, शाकाहारी या मांसाहारी वा फलाहारीसम्बन्धी सबै धारणा सापेक्षिक हुन् ।
यथार्थ तत्त्व हो, ताजा, कमाइको, स्वल्प मात्रामा आहार हो । उष्णदेश, शीतदेश समशीतोष्ण देशअनुसार, उपलब्धि अनुसार नियम बदललिन्छन् त्यो सहज हो ।
शरीर तिमी होइनौ शरीरका धर्म तिम्रा होइनन्, यो तथ्यलाई राम्ररी सम्झ, यही मोक्ष हो ।
पाखण्ड भनेको शरीरलाई महत्त्व दिएर गरिने कर्म हो । ज्ञान भनेको दुवै पक्ष वा भित्र लुकेको यथार्थलाई जान्नु तथा केवल इन्द्रियको सम्बन्ध वा अन्तःकरणको सम्बन्धमा नअल्झिनु वृत्ति हो । ज्ञान शब्दमा विवेक वैराग्य, त्याग र असङ्गता स्वतः छन् ।
योग भनेको त्यो ठाउँलाई जान्नु हो, जहाँ जड र चेतनको गाँठो प¥यो तत्त्वको मिलन स्थान, दुई विचारको बीच प्राण अपानको मिलन स्थान एकान्त, शान्त सजगताले अदृश्यमा प्रवेश दिन्छ ।
अध्यात्म भनेको विशुद्ध चेतनामा आरोपित सबै पदार्थतत्त्व, विचारहरूको यथार्थता जान्नु हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













