काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृहमा स्थापित जलहरीमुनिको भागमा थप ४३ तोला सुन फेला परेको छ ।सरसफाइ गर्ने क्रममा गर्भगृहको भुइँको भाग थप ४३ तोला सुन फेला परेको जनाइएको छ ।
पशुपति क्षेत्र विकास कोषका निर्देशक डा। घनश्याम खतिवडाले सुन खोज्ने क्रम जारी रहेको बताए ।
पशुपतिको गर्भगृहमा लगाइएको १०७ केजी ९२४.७४ ग्राम सुनबराबरको जलहरीको पूर्णाक भने मिल्न सकेको छैन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालमा लगाइएको सुनको जलहरीको वारेमा केही समयअघि नापतौल समेत लिएको छ । अपुग सुनका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन जारी राखेको छ ।
नेकपा माओवादी केन्द्रका सांसदहरुले जहलरीको १० केजी सुन गायब गरेर भ्रष्टाचार गरिएको आरोप लगाएपछि अख्तियार आयोगले निष्पक्ष छानविनका लागि उक्त सुन निकालेर जोख्दा आधा केजी सुन गायब भएको जनाएको थियो ।













