१. जुन राजा प्रसन्न हुँदा पनि जनतालाई केही फाइदा हुँदैन र जसको क्रोधबाट दुष्ट पनि डराउँदैनन्, त्यस्ता राजालाई प्रजाले त्यसरी नै रुचाउँदैन जसरी नपुंसक पुरुषलाई स्त्रीले रुचाउँदैनन् ।
२. मैले राज्य पाइसकेँ भन्ने सोचेर अनुचित व्यवहार नगरुन्, किनकि धृष्टता र अनीतिले ऐश्वर्यलाई त्यसै प्रकार नष्ट गरिदिन्छ । जसरी उत्तम रुपलाई बुढ्याइँले नष्ट गरिदिन्छ ।
३. जुन राजाको हर्ष र क्रोध व्यर्थ हुँदैन, अर्थात् जो निग्रह–अनुग्रह गर्ने सामथ्र्य राख्छ, जो आवश्यक कामको रेखदेख आफै गर्दछ, जसलाई आफ्नो कोषबारे राम्रो जानकारी छ, पृथ्वी माताले यस्तै राजाका लागि पर्याप्त धन दिने हुन्छिन् ।
४. जहाँको शासनको बागडोर स्त्री, जुवाडी र अधकल्चोका हातमा हुन्छ, त्यस राज्यका मानिस यसरी डुब्दछन् जसरी खोलामा ढुंगाका डुंगा डुब्छन् ।
५. नीति भन्दछ कि मानिसले एक्लै स्वादिष्ट भोजन नगरोस्, एक्लै विचार नगरोस् एक्लै बाटो नलागोस्, धेरै मानिस सुतेका ठाउँमा एक्लै जागा नरहोस् । केही काम समूहमा गर्नुमै भलाई छ ।
६. जसरी पातलो धर्साले बनेको बलियो डोरीले भारी बोक्न सक्छ, त्यस्तै यी पाण्डव हुन् । यी पाँचको प्रीती र एकता अटुट छ । यिनले धेरै कष्ट सहेका छन्, तैपनि यी शान्त छन् । यसबाट सिद्ध हुन्छ कि यिनमा सत्पुरुषका गुण छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













