• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    ‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गमा सास्ती

by
१४ असार २०८०,
0
पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गमा सास्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको नागडाँडामा पहिराका कारण दैनिकजसो सडक अवरुद्ध हुन थालेको छ । गत वर्ष सडक भासिएपछि जोखिमपूर्ण बनेको उक्त खण्डमा पहिराले थप क्षति पुर्याएको हो ।

भासिएको सडक समयमा नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । बर्सात हुनासाथ पहिरा खसेर यातायात सेवा प्रभावित हुने गरेको छ । मङ्गलबार दिनभर सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए ।

गत शनिबार हिलोमा मालबाहक ट्रक फसेपछि तीन दिनसम्म सवारीसाधन निर्वाधरूपमा चल्न पाएका थिएनन् । यात्रु घण्टौँसम्म जाममा परेका थिए । स्तरीय वैकल्पिक मार्गसमेत नहुँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न सकेनन् । पहिरा पन्छाएर ग्राबेल बिछ्याएपछि मङ्गलबार साँझदेखि एकतर्फीरूपमा सडक सञ्चालन गरिएको प्रवनानी पाठकले बताए ।

“यो वर्षायाममा समस्या हुने देखिएको छ, पानी प¥यो की माथिबाट पहिरा खस्छ, छेउतिर सडक भासिएको छ”, उनले भने, “त्यहाँको समस्या पहिले देखिकै हो, दीर्घकालीनरूपमा पहिरा रोकथाम गर्नुपर्छ, बलियो तरिकाले सडकको पुनःनिर्माण गर्नुपर्छ ।”

सडक अवरुद्ध भइरहने अवस्था देखिएपछि दुई जना ट्राफिक प्रहरीलाई स्थलमै खटाइएको प्रवनानी पाठकले बताए । लोकमार्गबाट प्रदेश राजधानी पोखरादेखि धौलागिरि क्षेत्रका जिल्ला हुँदै रुकुम पश्चिमसम्मका सयौँ यात्रु दैनिक आउजाउ गर्छन् ।

अन्नपूर्ण गाउँपालिका–६ स्थित सडकको ८० मिटर सडक भासिएपछि लोकमार्ग आयोजनाले निर्माणका लागि ठेक्कामा लगाएको थियो । निर्माण कम्पनी ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले समयमा काम नगर्दा समस्या निम्तिएको लोकमार्ग आयोजनाका इन्जिनियर अर्जुन पौडेलले बताए । उनका अनुसार यही असार मसान्तसम्मको सम्झौता भए पनि बल्ल २० प्रतिशत मात्र काम भएको छ ।

बर्सात लागेपछि पहिरा खस्ने र हिलाम्मे हुने हुँदा सवारी साधन फस्ने समस्या भइरहेको छ”, इन्जिनियर पौडेलले भने, “सडकमा ग्राबेल बिछ्याउने काम भइरहेको छ, पहिरा पन्छाउनका लागि उपकरण पनि तयारी अवस्थामा राखिएको छ ।”

नागडाँडाको भू–बनोट कमसल भएका कारण सडक भासिने र पहिरा खस्ने समस्या आइरहेको उनले उल्लेख गरे । “नयाँ प्रविधि अपनाएर जगैदेखि रिटेनिङ पर्खाल लगाउँदैछौँ, निर्माण कम्पनीलाई पनि काम छिटो गर्न ताकेता गरिरहेका छौँ”, इन्जिनियर पौडेलले भने ।

Previous Post

एउटै विरुवामा फल्छ धेरै किसिमका तरकारी र फलफूल, अपनाउनुस् यो प्रविधि

Next Post

रोचकः कमिलाले पनि दुध दिन्छ, कसले पिउछ त कमिलाको दुध ?

सम्बन्धित खबर

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
मनोरञ्जन

‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का

१६ चैत्र २०८२,
खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
Load More
Next Post
रोचकः कमिलाले पनि दुध दिन्छ, कसले पिउछ त कमिलाको दुध ?

रोचकः कमिलाले पनि दुध दिन्छ, कसले पिउछ त कमिलाको दुध ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In