१. हरेक सभामा मलाई तीन, चार वा त्यसभन्दा बढी सम्मानपत्र मिल्दछन् । तीमध्ये धेरैमा म कुनै कला देख्दिनँ । धेरै जसो सम्मानपत्र त केवल मेरा स्तुतिका विशेषणले भरिएका हुन्छन् । मेरा दृष्टिमा त त्यसमा विचार र विवेक दुवैको अभाव छ । कसैका अगाडि ती गुणको कथन गरेर हामीले न त उसको सम्मान गर्दछौ न उसलाई खुशी राख्न सक्छौँ । जति विशेषणको प्रयोग मेरा लागि गरिन्छ, ती सबलाई यदि मैले स्वीकार गरेँ भने त मेरा धेरै काम ठप्प हुनेछन् ।
२. आसुरी वृत्तिको विरुद्ध युद्ध नगर्नु नामर्दपना हो ।
३. जहाँ शरीर छ त्यहाँ कार्य अवश्य छ । त्यसबाट कोही मुक्त छैन ।
४. मस्तिष्कमा भरिएको ज्ञानको जति अंश काममा ल्याइन्छ त्यो मात्र मूल्यवान छ अरु सबै व्यर्थको बोझ हो ।
५. जो मानिससँग आचारशीलताको प्रमाणपत्र छ जनताले तिनकै कुरा सुन्दछन् ।
६. धर्मबाट छुट्याइएको राजनीति मृत शरीर झैँ छ, जो केवल जलाउन योग्य छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













