• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सशस्त्र द्वन्द्वको ‘आधार क्षेत्र’मा अमेरिका सपना

by
१४ असार २०८०,
0
सशस्त्र द्वन्द्वको ‘आधार क्षेत्र’मा अमेरिका सपना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुथा उत्तरगंगा गाउँपालिका–१० का वडाध्यक्ष भरत बुढालाई उनकै गाउँ तकका थुप्रै युवा ‘तल्लोबाटो’ हुँदै अमेरिका पुगेको र केही बाटोमै रहेको थाहा भए पनि ठ्याक्कै संख्या थाहा छैन। तर, अमेरिका पुगेका ८ जना डिपोर्ट भएको (सुरक्षाकर्मीले पक्राउ गरी फर्काएको) र उनीहरूले करीब साढे चार करोड रुपैयाँ गुमाएको चाहिँ उनलाई प्रस्ट थाहा छ।

अमेरिकाबाट डिपोर्ट हुने युवाहरुका अनुसार उनीहरू अनेकौं हण्डर खाएर रित्तै फर्केका मात्र छैनन्, औसतमा प्रतिव्यक्ति ६० लाख रुपैयाँ गुमाएका पनि छन्।

दुबई, मस्को, बोगोटा, बोलिभिया, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको वा यिनै छेउछाउका देश अवैध रूपमा पार गर्दै अमेरिका छिर्ने बाटोलाई पूर्व रुकुम, पश्चिम रुकुम र दाङका गाउँमा तल्लोबाटो भनेर बुझिन्छ।

गुजमुज्ज ४२५ घर रहेको रुकुम पूर्वको तक गाउँ सशस्त्र द्वन्द्वका बेला माओवादीकोे आधारभूमि मानिन्थ्यो। मध्यपहाडको विकट भूगोलमा रहेको तकका बासिन्दाको मुख्य पेशा भेडा पालन र जडीबुटी संकलन नै हो। विपन्न यो एउटा गाउँबाट मात्रै अवैध बाटो पछ्याउँदै अमेरिका पुगेर डिपोर्ट हुनेले अनुमानित रु।४ करोड गुमाएका छन्। अमेरिका जाँदाजाँदै बीचैबाट फर्किएकाहरूको न यकिन संख्या थाहा छ, न त उनीहरूले गुमाएको रकमको हिसाबकिताब।

अमेरिका जान यहाँका युवाले आफन्त र गाउँकै साहु–महाजनबाट ३६ प्रतिशतसम्म ब्याजमा कर्जा लिएको देखिन्छ। यही तथ्यांकबाट काफी छ, रुकुमका गाउँ–गाउँमा संगठित मानव तस्करीको जालो कसरी फैलिएको छ भनेर बुझ्न।

वडाध्यक्ष बुढाले तक गाउँका आधाजसो घरबाट कम्तीमा एक जना विदेश गएको बताए। २०३८ सालमै यहाँका युवा रोजगारीको खोजीमा बहराइन पुगेको सम्झिंदै उनले भने, “६र७ वर्षदेखि हो, अमेरिका जाने चलन शुरू भएको। पैसा मात्रै जुटाउन सक्ने हो भने सिंगो गाउँ नै अमेरिकातिर हिंडिदिन्छ।” उनकै छोरा पनि २०७४ सालमा ३२ लाख रुपैयाँ खर्चेर तल्लोबाटो हुँदै अमेरिका पुगेका रहेछन्।

सशस्त्र द्वन्द्वका बेला तक गाउँका घरका भित्ता–भित्तामा क्रान्तिका नारा ठूल्ठूला अक्षरमा लेखिएका हुन्थे। तन्नेरीदेखि बुढापाकासम्मले जीवन सहज हुने आशामा माओवादीलाई सघाए। तर, अहिले तस्वीर ठ्याक्कै उल्टो छ। त्यसबेला माओवादीले ‘दुश्मन र साम्राज्यवादी’ भन्ने गरेको देश अमेरिका अवैध रूपमा भए पनि छिर्न तन्नेरीहरू दलालका पछि लागेका छन्। र, यसको मूल्य तक गाउँले विभिन्न स्वरुपमा चुकाइरहेको छ।

सपनाको अवसान

अमेरिकाबाट डिपोर्ट गरिएका केही युवा ऋणको भार र साहुको दबाब खेप्न नसकेर गाउँबाटै पलायन भएका छन्। यसरी गाउँ छोड्नेहरू तक गाउँमा मात्रै कम्तीमा पाँच परिवार रहेको त्यहींका एक बासिन्दाले बताए। तिनैमध्ये एक थियो, राम बुढाको परिवार।

८ वर्ष मलेशियामा काम गरेर फर्केका राम २०७२ वैशाख १५ मा संगठित मानव तस्करको सहयोगमा अवैध रूपमा अमेरिका जान तल्लोबाटो हिंडे। महीनौं लामो अवैध यात्रापछि अमेरिका छिरेका उनी २७ महीना त डिटेन्सन क्याम्प ९अध्यागमन हिरासत० मै बसे। शरणार्थी आवेदन अस्वीकार भएपछि २०७६ मंसीर अन्तिम साता नेपाल फर्काइएका उनले यसक्रममा ४५ लाख रुपैयाँ सिध्याए। अहिले ब्याजसमेत जोड्दा उनको ऋण रु।६० लाख नाघेको छ। काठमाडौंको तारकेश्वरमा भाडाको जग्गामा तरकारी खेती गरिरहेका रामले सुनाए, “साहुहरू कराउन थालेपछि गाउँमा राम्रोसँग बस्न सकिएन।”

तस्करकै सहयोगमा अमेरिका पसेर उतै बस्ने अनुमति पाएकाहरूले जति शानका साथ आफ्ना कथा सुनाउँछन् उति नै पीडादायी कथा छ— अमेरिका पुगेर डिपोर्ट भएका र बाटोबाटै फर्किनु परेकाहरूको।

तक गाउँको माथिल्लो लहरमा ढुंगाले बनेको सानो घरमा नन्दकला घर्ती उराठ दिनहरू विताइरहेकी छन्। श्रीमान् धनलालले अमेरिका जाने अवैध बाटो नसमातेको भए चार सन्तान हुर्काइरहेकी नन्दकलालाई यो दुःख आइलाग्दैनथ्यो। धनलाल चार वर्ष अघि ६ महीना लामो कष्टसाध्य यात्रा गरेर अमेरिका पसेका थिए। अमेरिका पुगेलगत्तै पक्राउ परेका उनी चार वर्ष डिटेन्सन क्याम्पमा थुनिए र नेपाल डिपोर्ट गरिए। दुई वर्ष कतार र दुई वर्ष साउदी अरबमा मजदूरी गरेर कमाएको रकम र त्यसमाथि लिएको ऋणसमेत ६० लाख रुपैयाँ यात्राकै क्रममा खर्च भइसकेको थियो।

अहिले धनलाल र नन्दकला साहुबाट घेरिएका छन्। नन्दकला आफूहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछिन्। सानो छोरातिर देखाउँदै भन्छिन्, “अब यो कहिले ठूलो होला र विदेशमा कमाएर परिवारको ऋण तिर्ला १”

धनलाल साउदीको कमाइबाट रुकुम पश्चिमको खलंगामा किनेको १०५ वर्गमिटरको घडेरी बेच्ने सुरमा भए पनि ग्राहक भेटेका छैनन्। अमेरिकाबाट फर्किएपछि लागेको ऋण तिर्न उनले क्रोएशिया जाने प्रयास पनि गरे। तर, काठमाडौंमा १५ दिन बिताउँदा पनि काम नभएपछि घरै फर्किए। नन्दकलाले सुनाइन्, “अब अर्को दलाललाई पासपोर्ट बुझाउने हो, यहाँ बसेर त कामै छैन।”

उस्तै उस्तै कथा

पुथा उत्तरगंगाको भन्दा फरक अवस्था छैन, सिस्ने गाउँपालिकामा पनि। खोजिपस्ने हो भने यहाँका हरेक चोकमा अमेरिका जान हिंडेका वा उता पुगेर शरणार्थीको मुद्दा लडिरहेकाको थुप्रै कथा सुन्न पाइन्छ। गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी अमेरिका पुगेर डिपोर्ट भएका मात्रै सात जनालाई आफूले चिनेको बताउँछन्।

सिस्ने गाउँपालिका– ३ माथिल्लो पोखराका गंगाराम खड्काले मौरी र कुखुरापालन गरेका छन्। १३ चैत २०७४ मा उनी गाउँका अरू तन्नेरी जस्तै दलालको पछि लागेर अवैध बाटो अमेरिकातर्फ लागेका थिए। नेपालगञ्जबाट भारतको नयाँदिल्ली पुगेर त्यहाँबाट मस्को–बार्सिलोना–बोगोटा–पनामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको हुँदै अमेरिका पसेका उनले झण्डै ११ महीना डिटेन्सन क्याम्पमा बिताउनु पर्‍यो। १ चैत २०७५ मा अमेरिकाबाट डिपोर्ट गरिएका उनले दलाललाई ३२ लाख रुपैयाँ बुझाएका थिए भने २० लाख रुपैयाँ शरणार्थी बन्ने मुद्दा लड्दा खर्च गरे। भन्छन्, “नेपालमै कमाएर ऋण तिर्न सम्भव छैन, ब्याज कम गराएर फेरि विदेशतिर लाग्ने सोचमा छु।”

डिपोर्ट भएको ६ महीनासम्म आत्तिने, डर लाग्ने र टाउको दुख्ने जस्ता समस्या आएको बताउने उनी डिपोर्ट हुनेहरू र तिनका परिवारले भोग्ने सास्तीको वर्णन गर्नै नसकिने बताउँछन्। माथिल्लो पोखरा गाउँमा अमेरिकाबाट डिपोर्ट गरिएका तीन जनाकोे हालत पनि आफ्नो जस्तै रहेको उनले सुनाए।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटका केशव केसी सामान्य ठेक्कापट्टाको काम गर्थे। आफ्नै स्कोर्पियो गाडी र बस थियो। मासिक ५०र६० हजार सजिलै आम्दानी हुन्थ्यो। तर, उनको मन यता अडिएन। उनले सुनाए, “सबै साथी अमेरिका हिंडेको देखेपछि मलाई पनि जाउँजाउँ भयो।” मुसिकोट–५ का मात्रै कम्तीमा २० जना अवैध रूपमा अमेरिका गएको उनी बताउँछन्।

२०७५ को असारमा अमेरिकाका लागि हिंडेका उनी पयर्टक भिसामा दुबई गए। एक महीनापछि दलालको सहयोगमा इथिओेपिया पुगेर २२ दिन बस्दा पनि अगाडि बढ्ने मेसो नमिलेपछि काठमाडौं फर्किए। केही दिन काठमाडौं बसेपछि फेरि दुबई भएर ब्राजिलको साउपाउलो हुँदै चिली पुगे। त्यहाँबाट पेरु र कोलम्बिया अनि एक हप्तासम्म घोस्ट ट्रेल भनिने पनामाको जंगलमा हिंडेर कोस्टारिका पुगे। उनका अनुसार यो यात्रामा पाँच जना नेपाली सहित १२ जनाको समूह थियो। कोस्टारिकाबाट होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अवैध रूपमा अमेरिका छिरेका उनले यतिन्जेल रु।३२ लाख गुमाइसकेका थिए।

द्वन्द्वकालमा परम्परागत जीविकोपार्जन र अर्थतन्त्र अप्ठ्यारोमा पर्‍यो, शान्ति प्रक्रियापछिको विकासले पनि त्यसलाई सम्बोधन गर्न नसक्दा झनै धेरै समस्या पैदा भए। संगठित मानव तस्करी त्यसैबाट उब्जिएको हो।

भास्कर गौतम, राजनीतिशास्त्री
डिटेन्सन क्याम्पमा १३ महीना बसेर शरणार्थीको मुद्दा लड्दा पनि आवेदन अस्वीकार भएपछि उनी नेपाल फर्काइए। कुल ५४ लाख रुपैयाँ सिध्याएर रित्तै फर्केका ३५ वर्षीय केशवले यतिबेला बल्ल बुझे– अमेरिका यसरी अवैध रूपमा जाने ठाउँ नै होइन।

सुरक्षाकर्मीको आँखा छल्दै दलालको हप्कीदप्की सुन्दै असुरक्षित बाटो हिंडदा ठाउँ–ठाउँमा लुटेरा समूहसँग जुध्नुपर्ने यो यात्रालाई उनी जानाजान मृत्यु खोज्न गए जस्तो ठान्छन्। तर अमेरिकाका लागि यत्रो मरिहत्ते किन त रु “एक त यहाँ रोजगारी छैन, अर्को बाबुआमा र आफन्त नै फलानोको छोराले अमेरिका पुगेर यति पैसा कमाइसक्यो, तँ यहाँ के गर्दैछस् भनेर दबाब दिन्छन्”, उनले कारण खुलाए।

मुसिकोट–४ को बोहोरा गाउँमा बस्ने ४० वर्षीय टीकाराम पुन पुराना दिन सम्झिन पनि चाहँदैनन्। २०७४ असोजको पहिलो साता संगठित मानव तस्करका भरमा उनले १७ देशका सीमा पार गरेर अमेरिका छिरे। त्यसबेला आफ्नो समूहमा रहेका ४१ मध्ये ३१ पूर्व र पश्चिम रुकुमकै भएको उनले सुनाए।

अमेरिका छिरेलगत्तै पक्राउ परेका टीकारामले त्यसपछिका २४ महीना डिटेन्सनमा बिताए। शरणार्थी आवेदन अस्वीकार भएपछि उनी सहित ८ नेपाली डिपोर्ट गरिए। उनी भन्छन्, ‘दलाललाई बुझाएको, मुद्दा लडेको र बाटो खर्च गरेर जम्मा ९२ लाख रुपैयाँ खर्च भयो।’ नेपाल फर्केपछि हारगुहार गरेर दलालबाट पाँच लाख रुपैयाँ मात्रै फिर्ता पाएका उनले भएकोे साढे दुई रोपनी जग्गा १३ लाख रुपैयाँमा बेचेर साहुको ऋण घटाएका छन्। भन्छन्, “फर्किंदा त कुरै बिर्सने, एकोहोरो हुने समस्या थियो। अझै स्वस्थ भइसकेको छैन।” अहिले पनि साहु र आफन्तबाट ऋण तिर्न ताकेता खेपिरहेका उनले दिने जवाफ एउटै हुन्छ, “मसँग केही छँदै छैन त के दिउँ रु”

जो बाटोमै अस्ताए

कोलम्बियाबाट सामुद्रिक बाटोहुँदै क्यारेबियन कोस्टस्थित कपुरगाना पुग्ने र त्यहाँबाट पनामाको घना जंगल पार गरेर कोस्टारिका पुग्ने योजनामा थिए रुकुम पश्चिम बाफिकोट–३ का रूपक बोहोरा सहितका ७ नेपाली र १० बंगलादेशी। तर, समुद्र पार गर्ने क्रममा उनीहरू चढेको डुंगा पल्टियो। दुर्घटनामा ६ नेपाली सहित १२ जनाले ज्यान गुमाए। घटनाको ६ दिनपछि २०७८ असार ११ गते मात्रै बाफिकोटमा रहेकी रूपककी पत्नी गीताले यो खबर थाहा पाइन्।

१९ वर्षमा बिहे गरेकी र दुई छोरी हुर्काइरहेकी २४ वर्षीया गीता भन्छिन्, “मलाई अझै पनि ठ्याक्कै के भएको हो भन्ने थाहा छैन। उनलाई थाहा भएको एउटै कुरा छ– अब उनलाई भरोसा दिने रूपक छैनन् र, अधुरो यात्रामा खर्च भएको ५० लाख रुपैयाँ ऋणको भारी छ। गीताले आफ्नो मोबाइलमा रहेको श्रीमान्सँगको फोटो देखाउँदै भनिन्, “अब सम्झना मात्रै त रह्यो नि १”

घटनाको डेढ महीनापछि रूपकको शव उनको गाउँ आइपुग्यो, परिवारले सानी भेरी किनारमा दाहसंस्कार गरे। अहिले फेरि रूपककै परिवारका सदस्य अमेरिका जाने तारतम्य मिलाउन दुबई–काठमाडौं ओहोरदोहोर गरिरहेका छन्।

रूपक चढेकै डुंगामा थिए, दाङको घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय एन्जल बुढामगर। घटनाको दुई वर्षपछि भेट्दा पनि एन्जलका बाबु राजेन्द्रको मुहार शोकाकुल नै थियो। उनले सुनाए, “कसैले अमेरिका र छोराको नाम मात्रै लियो भने पनि असाध्यै पीडा हुन्छ।”

राजेन्द्रले पाएको सूचना अनुसार युवाहरूको समूहलाई निक्कोलीकोेबाट कपुरगाना लैजान दलाललाई ३०० डलर खर्च गर्नुपथ्र्यो। तर, उसले एक सय डलर मात्रै खर्चेर जोखिमपूर्ण तरिकाले रातमा समुद्र पार गराउन खोज्यो। उनले भने, “२०० डलर नाफा खाने चक्करमा छोराको ज्यानै लिए।”

सात जनाको ज्यान गएको यो घटनामा राजेन्द्रबाहेक कसैले पनि मानव तस्करका एजेन्टविरुद्ध उजुरी दिएनन्। राजेन्द्रले भने दाङकै एजेन्ट टोपबहादुर जिसी विरुद्ध मानव बेचबिखन नियन्त्रण ब्यूरोमा उजुरी दिए। राजेन्द्रको उजुरीपछि टोपबहादुर बेपत्ता भए।

उनी भागेर युक्रेन पुगेको निष्कर्ष निकालेको प्रहरीले टोपबहादुरलाई पक्रिन प्रहरीको अन्तर्राष्ट्रिय संगठन ९इन्टरपोल० मार्फत रेडकर्नर नोटिस जारी गर्‍यो। नोटिस जारी भएपछि आफैं अदालतमा हाजिर हुन आएका जिसीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले अभियोग दाबी नपुग्ने ठहर गर्दै १९ चैतमा सफाइ दिइसकेका छन्।

राजेन्द्रले छोरालाई पठाउँदा चार कट्ठा जग्गा बेचेर आएको पैसा सहित झण्डै ३२ लाख रुपैयाँ खर्चेका थिए। उनी भन्छन्, “पैसा त फेरि कमाउन सकिएला, तर छोरो सधैंका लागि गयो।”

न राजनीतिको चासो, न त कानूनी व्यवस्था नै

तक गाउँ छिर्ने मुखैमा छ, चेवाङ्ग खोलाको पक्की पुल। पुलको भित्तामा ‘संसारका श्रमिक तथा उत्पीडित बर्ग एक हौं’ लेखिएको नारामाथि माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्वीर बनाइएको छ। तर, यहाँको जीवन भने पुलमा लेखिएको नाराले संकेत गरेजस्तो छैन। संगठित मानव तस्करका दलालको पछि लागेर अमेरिका जानेको होडले गाउँहरु नै रित्तिएलान जस्तो भइसकेको छ। संगठित अपराधको यो यात्रालाई रोक्न न त स्थानीय सरकारहरु सक्रिय देखिन्छन् न त राजनीतिक दलहरुको चासो नै यसतर्फ देखिन्छ।

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती गाउँबाट अमेरिका जान हिंडेकामध्ये उता पुग्नेभन्दा फर्किने धेरै भएको सुनाउँछन्। युवाहरू हुलै बाँधेर अमेरिका जाने अवैध बाटो समाउनु चिन्ताको विषय भए पनि आफूले केही गर्न नसक्ने उनको भनाई छ। भन्छन्, “हामीले गर्न सक्ने पनि केही छैन। हामीले नजाऊ पनि कसरी भन्नु ? रोक्नका लागि विकल्प दिन सक्नुपर्‍यो नि १”

पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको बुझाईमा नेपालमा गाँजा खेतीमा प्रतिबन्ध लागेपछि शुरू भएको गरीबीको चक्रमा माओवादी द्वन्द्वले थप प्रभाव पारेपछि युवाहरुको विस्थापन बढेको हो। अध्यक्ष रेग्मी शान्ति प्रक्रियापछि पनि अर्थतन्त्र बलियो नहुँदा र जनताले योग्यता अनुसारको रोजगारी नपाउनुको फाइदा मानव तस्करहरूले उठाएको बताउँछन्। भन्छन्, “मिटरब्याजीले पनि यो धन्दालाई प्रोमोट गरिरहेका छन्।”

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाठा अहिले यहाँका प्रत्येक व्यक्ति अमेरिका जान चाहेको सुनाउँछन्। दिग्दारीको भावमा उनले भने, “लौन यसलाई कसरी रोक्ने रु छोराछोरी पढाउनमा कसैको ध्यान छैन, जसरी हुन्छ अमेरिका जाने ध्याउन्न छ।” उनले आफ्नै प्रयासमा संकलन गरेको तथ्यांक अनुसार बाफिकोटबाट ४९३ जना अमेरिका पुगेका छन्। उनी भन्छन्, “यी सबै तल्लोबाटो अमेरिका छिरेका हुन्। यति नै संख्याका युवाहरू बाटोमै होलान्।”

दोस्रो पटक अमेरिका जाँदा ३४ लाख रुपैयाँ खर्च भयो, शरणार्थीको हैसियत पाउन थप ३२ लाख। छोरा अहिले शरणार्थीको मान्यता पाएर अमेरिकामै काम गरिरहेका छन्।

श्री कामी
अध्यक्ष बाठाका अनुसार अवैध रूपमा अमेरिका जाने एक जनाले औसतमा ४५ लाख रुपैयाँ खर्च गर्छ। यही अनुमानलाई आधार मान्दा बाफिकोटबाट अमेरिका जानका लागि मात्रै कम्तीमा २२ करोड भन्दा धेरै रकम पलायन भएको छ। उनी पनि युवाहरू यसरी अमेरिका जान चाहनुको मुख्य कारण राजनीतिक अस्थिरता र बेरोजगारी देख्छन्।

रुकुम मात्रै होइन, दाङको तुलसीपुर र घोराहीमा पनि यसैगरी अमेरिका जाने तयारीमा रहेका वा उता पुगेर डिपोर्टमा परेकाहरू सजिलै भेटिन्छन्। घोराही–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेय अमेरिका हिंडेकाहरू ठगिए पनि वडामा उजुरी नपरेको बताउँछन्। भन्छन्, “उजुरी गर्ने त साउदी कतारवाला मात्रै हुन्।”

वडाध्यक्ष पाण्डेयकै कुराबाट बुझ्न सकिन्छ अवैध रूपमा अमेरिका हिंडेका परिवारका सदस्य वा फर्केकाहरू हत्तपत्त यो कुरा अरूलाई बताउन चाहँदैनन्। उनीहरूलाई एकातिर यो कुरा बाहिर ल्याए दलालले फँसेको रकम फिर्ता नदिने धम्की दिइरहेका हुन्छन्, अर्कोतिर यस्तो कुरा बाहिर आउँदा अवैध यात्रामा हिंडेको आफू नै कारबाहीमा परिन्छ कि भन्ने डर हुन्छ।

मानव बेचबिखन नियन्त्रण ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५र७६ पछिका पाँच वर्षमा अमेरिकाबाट १७४ पुरुष सहित १७८ जना डिपोर्ट भएका छन्। जसमध्ये सबैभन्दा धेरै ४९ जना रुकुमका र ३७ जना दाङका छन्। यो तथ्यांकमा बीचबाटै फर्कनु परेका र उतै पुगेर शरणार्थी हैसियत पाउन मुद्दा लडिरहेकाको संख्या समेटिएको छैन। तर यतिले मात्रै पनि अमेरिका जान तल्लोबाटो समाउनेहरू माओवादी द्वन्द्वका बेला आधार क्षेत्र मानिएका ठाउँका युवा छन् भन्ने प्रष्टै बुझाउँछ।

मानव बेचबिखन नियन्त्रण ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जीवन श्रेष्ठ डिपोर्ट भएर फर्केका र बीचबाटै फर्केकाहरूले प्रहरीमा उजुरी नगर्ने भएकाले अमेरिकाको अवैध यात्राका पीडित कति छन् र कति रकम डुबाएका छन् यकिनका साथ भन्न नसकिने बताउँछन्।

छोरा अहिले शरणार्थीको मान्यता पाएर अमेरिकामै काम गरिरहेका छन्। कमजोर कानूनकै कारण प्रहरीले मानव तस्करीका घटनामा मानव बेचिबखन तथा ओसारपसार ऐन मात्रै नभएर ठगी र संगठित अपराधको मुद्दा पनि जोड्ने गर्छ।

एकातिर पीडितले प्रहरीमा उजुरी गरिरहेका छैनन् भने अर्कोतिर दलालको फेरो समातेर अमेरिका जाने चलन झन्–झन् बढिरहेको छ।

तकसेरा फेदीमा छ, चेवाङ खोला। त्यसकै छेउमा छ, श्री कामीको मासु पसल। उनी १८ वर्षको उमेरमा दलाललाई ६० हजार रुपैयाँ बुझाएर साउदी अरब गएका रहेछन्। ११ वर्ष साउदी र दुई वर्ष कतारमा बिताएका उनी त्यहीं छँदा छोराले अमेरिका जान तल्लोबाटो समाएछन्। पाँच वर्षअघि विभिन्न देश हुँदै झण्डै चार महिनापछि ब्राजिल पुगेर नेपाल फर्किएका उनले २७ लाख रुपैयाँ गुमाए।

लाखौं गुमाइसक्दा पनि श्रीका छोराको अमेरिका यात्रा रोकिएन। घर फर्केको केही महीनापछि फेरि अर्को दलालको फेरो समातेर उनले तल्लोबाटो पक्रिए। श्रीले सुनाए, “दोस्रो पटक अमेरिका जाँदा ३४ लाख रुपैयाँ खर्च भयो, शरणार्थीको हैसियत पाउन थप ३२ लाख।” उनका छोरा अहिले शरणार्थीको मान्यता पाएर अमेरिकामै काम गरिरहेका छन्। छोराको ‘पौरख’बारे गर्व गरेझैं श्रीले सुनाए, “कि आँटले खान्छ, कि ढाँटले। छोराले आँटैले खायो।”

एक त यहाँ रोजगारी छैन, अर्को बाबुआमा र आफन्त नै फलानोको छोराले अमेरिका पुगेर यति पैसा कमाइसक्यो, तँ यहाँ के गर्दैछस् भनेर दबाब दिन्छन्।

गंगाराम खड्का
रुकुम पश्चिम र रुकुम पूर्वमा शायदै कुनै यस्तो गाउँ होला जहाँका कोही न कोही तन्नेरी अवैध बाटोबाट अमेरिका नछिरेका वा यात्रा तय गरिरहेका नहोउन्। रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा उभिएको जसलाई सोधे पनि सजिलै भनिदिन्छन्, अवैध रूपमा अमेरिका छिरेका दुई–चार जनाको नाम। सदरमुकाममा पसल गर्नेदेखि स्कूलका शिक्षकसम्म, सानातिना ठेक्का गर्नेदेखि, १२ कक्षाको पढाइ भर्खरै सकेका युवासम्म अधिकांशको सपना अमेरिका नै छ।

रुकुम पश्चिमको बाफिकोट–३ मा पर्ने स्यार्पुताल छेउको पक्की घरमा होटल चलाएर बसेका वीरमान पुरीका २३ वर्षीय छोरा पनि अमेरिकामा छन्। उनी ४७ लाख रुपैयाँ खर्चेर तल्लोबाटोबाटै अमेरिका पुगेका रहेछन्। बाफिकोट–३ बाट मात्रै करीब ९० जना तल्लोबाटोहुँदै अमेरिका पुगेको उनको अनुमान छ।

राजनीतिशास्त्री भास्कर गौतम जनयुद्धको आधारभूमि भनिएको क्षेत्रमै संगठित मानव तस्करीको सञ्जाल बलियो हुनुलाई राजनीतिक प्रणालीको असफलतासँग जोडेर हेर्छन्।

सशस्त्र द्वन्द्वका बेला माओवादीले जनजीविकाको सवाल, राष्ट्रियता र नौलो जनवादलाई मुख्य नारा बनाए पनि शान्ति प्रक्रियापछि जनजीविका सबैभन्दा बढी संकटमा परेको उनको बुझाइ छ। भन्छन्, “द्वन्द्वकालमा परम्परागत जीविकोपार्जन र अर्थतन्त्र अप्ठ्यारोमा पर्‍यो, शान्ति प्रक्रियापछिको विकासले पनि त्यसलाई सम्बोधन गर्न नसक्दा झनै धेरै समस्या पैदा भए। संगठित मानव तस्करी त्यसैबाट उब्जिएको हो।”

‘१९ नपुग्दै गए मालामाल’

रुकुम र दाङमा यस्ता अभिभावक पनि भेटिए जसले १९ वर्ष पनि नपुगेका किशोरलाई संगठित मानव तस्करको जिम्मा लगाएर अमेरिकाको जोखिमपूर्ण यात्रामा पठाएका छन्। १९ वर्ष नपुग्दै अमेरिका टेक्न सके हिरासतमा बस्नु नपर्ने र सोझै काम गर्ने अनुमति पाइने भन्दै संगठित मानव तस्करका दलालले दिने आश्वासनको भर परेर धेरैले किशोर छोराहरूलाई तल्लोबाटोको यात्रामा धकेलेको देखियो।

२०७७ वैशाख ११ मा रुकुम बाफिकोटका एक र दाङ घोराहीका एक किशोर तल्लोबाटो अमेरिकातर्फ लागेका थिए। भर्खरै १८ वर्ष टेकेका उनीहरू १९ वर्ष नपुग्दै अमेरिका पुर्‍याइदिने मानव तस्करको आश्वासनमा परेर काठमाडौंबाट नयाँदिल्लीहुँदै सिंगापुर त्यहाँबाट श्रीलंकाको कोलम्बो भएर मलावी पुगे। तर, त्यसैबेला कोभिड महामारीले यात्रामा प्रतिबन्ध लागेपछि मलावीमै अलपत्र परे।

दलालले मलावीको राजधानी लिलङग्वेबाट ३०० किलोमिटर परको ब्लान्टायर शहरको एक होटलमा महीनौं राखेर भाग्यो। होटलमा खानपानको शुल्क नतिरेको आरोपमा उनीहरू बन्धक बने। ११ महीनापछि स्थानीय प्रहरीले उद्धार गरेर नेपाल फर्काइदियो। त्यतिबेला दुवैको जनही ३५ लाख रुपैयाँ खर्च भइसकेकोे थियो।

मलावीबाट फर्किएपछि उनीहरूले मानव बेचबिखन नियन्त्रण ब्यूरोमा उजुरी दिन खोजे। तर, ब्यूरोको तत्कालीन नेतृत्वले आफूखुशी हिंडेको भन्दै उनीहरूको उजुरी दर्ता नगरेको ती किशोरका अभिभावकको आरोप छ।

त्यसको तीन वर्षपछि उनै किशोरहरूलाई खोज्दै बाफिकोट र घोराहीस्थित उनीहरूकै घरमा पुग्दा थाहा भयो, दुवैजना करीब एक वर्षअघि अर्को दलाल समातेर अवैध रूपमा अमेरिका गइसकेका रहेछन्। दोस्रो प्रयासमा अमेरिका पुग्दा भने दलालको कृपाले दश लाख मात्रै खर्च भएको एक किशोरकी आमाले बताइन्। अमेरिका पुगेका बाफिकोटका युवाले म्यासेन्जर कुराकानीमा आफू दोस्रो पटक २०७८ को असारमा तल्लोबाटोबाटै अमेरिका आइपुग्दा ४० लाख रुपैयाँ खर्च भएको र अहिले काम थालिसकेको बताए।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटको एउटा चल्तीको होटल। त्यस होटलका साहु हरेक दिन अमेरिका जान मेक्सिकोको सीमावर्ती शहरसम्म पुगेका छोराको हालखबर बुझ्छन्। दुबई–टर्की–पानामा–पेरु–स्पेन–अल्जेरियाहुँदै मेक्सिको पुगेका उनका छोरा अवैध रूपमा अमेरिका पस्ने ताकमा तीन महिनादेखि मेक्सिकोमा अड्किएका मात्रै छैनन्, अब आउँदो फागुनभित्र अमेरिका नछिरे उनको उमेर १९ वर्ष पुग्ने र त्यसले थप समस्या हुने उनले बताए।

१८ वर्ष पनि नपुगेका बालक छोरालाई यस्तो जोखिमपूर्ण बाटो हिंडाउन तपाईंको मनले कसरी मान्यो भन्ने प्रश्नमा उनले कत्ति अप्ठ्यारो नमानी भने, “अब मैले छोरालाई यहाँ कसरी रोक्नु रु उसका साराका सारा साथी उतै हिंडेका छन् १”

उनले सिस्ने गाउँपालिकाको वडा नम्बर ३ मा कुनै त्यस्तो घर नभेटिने दाबी गरे जहाँका छोराहरू अमेरिका नहिंडेका होउन्। “बरु नगएकाहरू कति छन् सजिलै भन्न सकिएला, गएकाको संख्या भन्न सकिन्न”, उनले भने।खोज पत्रकारिता केन्द्र

Previous Post

गोली चल्दा साउदीस्थित अमेरिकी दूतावासमा कार्यरत नेपाली सुरक्षागार्डको मृत्यु

Next Post

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
कति छ आइतबारको विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In