काठमाडौँ– नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (इद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलमबीको पर्व बकर इद भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।













