• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तरजातीय विवाहको पीडाः न विवाह दर्ता न जन्मदर्ता

by
५ असार २०८०,
0
अन्तरजातीय विवाहको पीडाः न विवाह दर्ता न जन्मदर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैजनाथ गाउँपालिका– ४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो। छिन्चु माइतीघर भएकी उनको बैजनाथ– ४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो। उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै। विवाह भएदेखि श्रीमान र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइँन्।

तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन्। तीनै जनाको जन्मदर्ता बनेको छैन। सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनीको भनाइ छ। ‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु। श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन्। आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ।’

सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहेकी छन्। ‘श्रीमान्ले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु। उहाँसँगै मिलेर काम गर्छु। सुख–दुःख पोख्ने गर्छु’, उनले भनिन्, ‘मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ। विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान र घरपरिवार राजी छैनन्। पाएको काम पनि गर्न सकिएको छैन।’

अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइँन्। ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हरेस खाइसकेँ कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने रु भन्दै घर फर्किनुहुन्छ।’

सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाइँन्। ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन।’ उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ। यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ।’

सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइँन्। सुनिताको माइतमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै आमा विष्णु पछ्यौैराले मुख छोपेर भक्कानिइँन्। उनका अनुसार बोल्दा पनि होच्याएर बोल्ने। अपशब्द प्रयोग गरेर बोल्ने गरेको उनको भनाइ छ। सुनिताको दुःख देखेर नङ्गा परियारले सकेको सहयोग गर्दै आइरहेका छन्। दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन। तर पनि सुख–दुःख जे–जस्तो भए पनि बाँडीचुडी खाउँला भनेर उनीहरूसँगै बस्दै आएका छन्।

‘बहिनीको दुःख देखेर दया लागेर आउँछ, सुनिताको श्रीमान खोज्न हरसम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौँ’, नङ्गाले भने, ‘ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ। तर पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहीनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन्।’

बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान स्वयं उपस्थित हुनुपर्ने बताउनुहुन्छ। बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ। वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए।

श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए।

Previous Post

प्रदेश मन्त्री सिंह सवार गाडी दुर्घटनामा, चारजना घाइते

Next Post

हार्वर्ड विश्वविद्यालयका मानव अङ्गको व्यापार हुने गरेको खुलासा

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
Load More
Next Post
हार्वर्ड विश्वविद्यालयका मानव अङ्गको व्यापार हुने गरेको खुलासा

हार्वर्ड विश्वविद्यालयका मानव अङ्गको व्यापार हुने गरेको खुलासा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In