• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनकामना मन्दिरको धर्मशालामा विवाद

by
५ असार २०८०,
0
मनकामना मन्दिरको धर्मशालामा विवाद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा। गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ ।

मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका हुन् ।

धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने जनाउँदै श्री मनकामना माई गुठीका गुठियार र स्थानीयवासीले विरोध गरेको स्थानीयवासी दिनेश श्रेष्ठले जानकारी दिए ।

मनकामना क्षेत्र विकास समितिले मन्दिरको गुरुयोजनामै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको भन्दै पुनः व्यक्तिलाई दिएर व्यवसाय सञ्चालन गर्न खोज्नु गलत भएको स्थानीयवासीको भनाइ छ ।

मनकामना गुठीले यही असार २ गते होटेल सञ्चालनका लागि भन्दै गरिएको बोलपत्र रद्द गर्न गुठी संस्थानलाई पत्र पठाएको मनकामना गुठीका प्रमुख भीमबहादुर श्रेष्ठले बताए ।

‘धर्मशाला हाल जीर्ण भइसकेको र विसं २०७२ को भूकम्पपश्चात् प्राविधिक जाँचका क्रममा रातो चिह्न लगाई जोखिमपूर्ण निर्धारण भएको भन्दै धर्मशालालाई पुनर्निर्माण गर्नुपर्ने भनेर संस्थानलाई जानकारी गराइसकिएको भए पनि मर्मत गर्नुको साटो उल्टै पुनः बोलपत्रको आह्वान गर्नु सरासर जनमतको खिलाफ हो’, मनकामना गुठीले संस्थानलाई पठाएको पत्रमा भनिएको छ ।

पत्रमा भवनलाई पुनः व्यापारिक प्रयोजनमा ल्याउन खोजे मनकामना गुठी परिवार तथा सम्पूर्ण जनसमुदाय कडा प्रतिकारमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ ।

विसं २०७२ को गोरखा भूकम्पपछि मनकामना मन्दिर जीर्णोद्धारसँगै धर्मशालालाई पनि धर्मशालाकै रूपमा विकास गरी भक्तजनलाई सेवा सुविधा दिने गरी गुरुयोजना तयार भएको स्थानीयवासीको भनाइ छ ।

गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलका रूपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीयवासीको अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने श्रेष्ठले बताए ।

चौतर्फी विरोध हुँदा पनि गुठी संस्थान यस विषयमा मौन बस्नु झनै शङ्कास्पद देखिएको उद्योग वाणिज्य सङ्घ मनकामना एकाइका अध्यक्ष हरि श्रेष्ठले बताए । उनले धर्मशालालाई पुनर्निर्माण गरी धर्मशालाकै रूपमा सञ्चालन गर्नुपर्ने भन्दै अब कुनै हालतमा अन्य व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने बताए ।

विगत ४० वर्षदेखि धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको थियो । संस्थानले व्यवसाय सञ्चालन गर्न जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा होटेल सञ्चालन गर्न नहुने भन्दै विरोध सुरु गरेका हुन् ।

गुठी संस्थानले मासिक न्यूनतम एक लाख भाडा तिर्नुपर्ने गरी धर्मशालामा व्यवसाय सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो ।

Previous Post

गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

Next Post

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
विदेशबाट कति सुन ल्याउन पाइन्छ ? महिला र पुरुषलाई फरक नियम

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In