• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

समाजवादी मोर्चाको राणनीतिः माधवलाई एक वर्ष प्रधानमन्त्री, प्रचण्डलाई पार्टी

by
४ असार २०८०,
0
आज समाजवादी मोर्चाको घोषणा हुदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेकपा मिलेर सोमबार समाजवादी मोर्चा गठन हुँदैछ । आज दिउँसो ३ बजे राष्ट्रियसभामा मोर्चाको घोषणा हुँदैछ । मोर्चामा तीन पार्टीका ५४ सांसद हुनेछन् ।

अहिले मोर्चा मात्र भनिए पनि कालान्तरमा यसलाई पार्टीको रूपमा परिणत गरिने भएको छ । अंग्रेजीमा यसलाई सोसियल फ्रन्ट नेपाल नाम राखिएको छ ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धेरैअघिदेखि पार्टीको नाम परिवर्तन गर्न चाहन्थे । उनी पार्टीको नामबाट माओवादी र कम्युनिस्ट दुवै हटाउन चाहिरहेका थिए ।

संयोगले डा.बाबुराम भट्टराईले समाजवादी मोर्चा बनाउने प्रस्ताव गरे । त्यसलाई नै प्रचण्डले पार्टीको नाम फेर्ने उपयुक्त मौका पाएका हुन् । तर प्रचण्डले समाजवादी मोर्चामा बाबुरामलाई सहभागी गराएका छैनन् । मोर्चामा बाबुराम जसपा अध्यक्ष उपेन्द्र यादवको असहमतिका कारण अटाउन नसकेको बताइन्छ ।

नेत्रविक्रम चन्द विप्लवलाई माओवादीको महासचिव बनाउन सजिलो हुने ठानेर रणनीतिक हिसाबले नै प्रचण्डले बाबुरामलाई नसमेटेको बताइन्छ । यदि बाबुरामले सदासयता नदेखाएको भए मंसिरको निर्वाचनमा प्रचण्डको चुनाव क्षेत्र नै हुँदैनथ्यो । बाबुरामले गोरखा २ छाडिदिएकाले प्रचण्डले चुनाव जितेका हुन् ।

चितवन ३ बाट उठ्ने तयारी गर्दैगर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्डविरुद्ध उम्मेदवारी दिने भनेपछि उनी गोरखा २ पुगेका हुन् । गोरखा २ कांग्रेसको बलियो गढ भएको निर्वाचन क्षेत्र हो । बाबुरामले विगतमा पनि कांग्रेसकै सहयोगमा चुनाव जितेका थिए । यसपटक प्रचण्डले कांग्रेस र बाबुरामको सहयोगमा चुनाव जितेका हुन् ।

तर भित्री कथा भने अरु पनि रहेको स्रोतले बताएको छ । नेपाली कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्न समाजवादी मोर्चा गठन गरेको प्रस्टै छ । सहयात्री दल कांग्रेसँग पनि बार्गेनिङ गर्न मोर्चा गठन गरेका छन् । जसलाई लिएर अहिले सत्तारुढ दलमै खटपट सुरु भएको छ ।

प्रचण्डको समाजवादी मोर्चा गठन गर्ने निर्णयले कांग्रेस र एमालेलाई नजिक्याउँदै लगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ । स्रोतका अनुसार प्रचण्डले पाउने तीन वर्षे प्रधानमन्त्री कार्यकालको पछिल्लो एक वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने, त्यसपछि माओवादी र एकीकृत समाजवादीबीच एकता हुने र प्रचण्डलाई पार्टी अध्यक्ष बनाएर विप्लवलाई मोर्चाको महासचिव बनाउने गरी भित्री रणनीति अख्तियार गरिएको छ ।

एकीकृत समाजवादीका अधिकांश नेता कार्यकर्ता एमालेमा जाने भएपछि माधवले हतार हतार समाजवादी मोर्चा गठन गरेर नेता कार्यकर्ता रोक्न खोजेका छन् ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In