१. नेपालले बाल अधिकार सम्बन्धी महासन्धिमा कहिले हस्ताक्षर गरेको थियो ?
– सन् १९९० सेप्टेम्बर १४
२. राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) सर्वप्रथम कुन जिल्लामा लागू भएको हो ?
– कास्की
३. नेपाल संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको प्रवेश कहिलेदेखि भएको हो ?
– सन् १९६७
४. माध्यमिक शिक्षा विकास परियोजना कति जिल्लामा लागू गरिएको थियो ?
– २५
५. हाम्रो विद्यालयमा आन्तरिक र बाह्य परीक्षा मूल्यांकन गर्ने प्रचलन कहिलेदेखि शुरु भयो ?
– २०२८
६. प्राथमिक तहसम्मको शिक्षा मातृ भाषामा दिन सकिने व्यवस्था कहिलेदेखि भयो ?
— वि.सं. २०४७।७।२३
७. नेपालमा निरन्तर विद्यार्थी मूल्याङ्कनको व्यवस्था सर्वप्रथम कहिलेदेखि भएको हो ?
— आधारभूत तथा प्राथमिक शिक्षा परियोजना दोस्रोदेखि
८. शिक्षक तालिमसँग सम्बद्ध माध्यमिक शिक्ष विकास केन्द्र र दूर शिक्षा कहिलदेखि शैक्षिक जनशक्ति विकास केन्द्रमा एकीकृत भएका थिए ?
– २०६१
९. नेपालमा राष्ट्रिय साक्षरता अभियान कहिलेदेखि सुरु गरिएको थियो ?
– आ.व. २०६५÷०६६
१०. विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भएको हो ?
– वि.सं. २०५४।१२।२६
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













