• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पानीको हाहाकार झेल्दै द्वन्द्वग्रस्त यमन

by
३ असार २०८०,
0
पानीको हाहाकार झेल्दै द्वन्द्वग्रस्त यमन

A man displaced by the fighting in the Red Sea port city of Hodeidah carries jerry cans filled with water at a camp for IDPs near Aden, Yemen June 23, 2018. Picture taken June 23, 2018. REUTERS/Fawaz Salman

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ताएज, यमन । यमनमा पानीको अभाव थप सङ्कटग्रस्त बनेको छ । यहाँका बालबालिका विद्यालय जाने उमेरमा पानीको जाहो गर्न बाध्य बनेका छन् । चौध वर्षीय सलिम मोहम्मद हरेक दिन बिहान पानी लिन घरबाट निस्कन्छन् र दक्षिणपश्चिम यमनको आफ्नो शहर हुँदै नजिकैको सार्वजनिक डिस्पेन्सरको लाइनमा सामेल हुनुपर्छ ।

मोहम्मद र उनका तीन जना भाइबहिनीहरू कम्तीमा पनि एक माइल (१.६ किलोमिटर) हिँड्छन् र कहिलेकाहीँ आफ्नो पानीको भाँडो भर्ने र समयमै विद्यालयको लागि फर्कने आशामा घन्टौं सम्म पानीको लागि पर्खन्छन् । “मैले हरेक दिन बोक्ने भारीले मेरो पाखुरा र ढाड दुख्ने गर्छ,” परिवारको अस्थायी अपार्टमेन्टमा रहेको एक किराना पसलबाट मोहम्मदले बताए । उनले भने, “हामी बिहान सबेरै उठ्छौं (कहिलेकाहीं राति पनि) र बुबासँग पानी लिन जान्छौं ।”

सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै विश्वको सबैभन्दा बढी पानीको अभाव भएको मुलुकको सूचीमा रहेको यमनमा किशोरको अवस्था सामान्य छ । युद्ध र जलवायु परिवर्तनको विकराल मिश्रणले देशको पानीको समस्यालाई अझ बढाएको छ ।

युद्धका कारण महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रम र फरक–फरक वर्षाका कारण आपूर्तिमा थप असर परेको विज्ञ तथा सहायता समूहले बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जल पुनःपूर्ति भइरहेको भन्दा दोब्बर दरमा ह्रास भइरहेको छ । हालको दरमा अरब प्रायद्वीपको सबैभन्दा गरिब देश २० वर्षभित्रमा भूमिगत पानीको पूर्ण रूपमा समाप्त हुन सक्ने एफएओले जनाएको छ ।

“हामी हरेक बिहान उठ्छौं र पानीको पछि दौड्छौं,” मोहम्मदकी ३५ वर्षीया आमा उम मुजाहिदले भनिन् । उनले भनिन, “कहिलेकाहीं हामीले पानी पाउँछौ भने कहिले रित्तै फर्किनुपर्ने पनि हुनसक्छ । यो एक प्रतियोगिताजस्तो हो । जो पहिले पुग्छ उसले पानी पाउँछ । ढिलो पुग्ने व्यक्तिले खाली हात फर्किनु पनि पर्नसक्छ । उनका बच्चाहरूले सार्वजनिक ट्याङ्कीमा पानीका भाँडाहरू भर्ने स्थान शहरको वरिपरिका धेरै स्थानमध्ये एक हो ।

दुखद परिणाम

यो परिवार ‘रेड सी’ सागरको बन्दरगाह शहर होदेइदामा युद्ध हुँदा भागेर तेएजमा सरेको थियो । तेइज एउटा सरकार नियन्त्रित स्थान हो । यसलाई हुथीहरूले वर्षौंदेखि घेरेका छन् र शहर विद्रोहीको कब्जामा नभए पनि घेरिएको छ ।

एफएओका अनुसार यमनको तेस्रो ठूलो सहरले अहिले सबैभन्दा खराब अभावको सामना गरिरहेको छ । यहाँको करिब एक करोड ४५ लाख मानिस ९अर्थात् जनसङ्ख्याको आधा हिस्सा० सुरक्षित पिउने पानीको प्रशस्त पहुँचबाट वञ्चित छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का राल्फ वेहबेका अनुसार यमनका ३० प्रतिशतभन्दा कम भूभागमा पाइपबाट पानीको पहुँच कोसेलीको रूपमा पुगेको छ । लाखौं मानिस निजी कम्पनी वा असुरक्षित इनारमा निर्भर हुन बाध्य छन् ।

सानामा रहेका यमनका लागि आईसीआरसीको प्रतिनिधिमण्डलका उपप्रमुख वेहबेले भने, “विशेष गरी बालबालिका हरू जोखिममा छन् ।”

पानीको अभावले गर्दा थुप्रै आमाबाबुलाई पानी पाउन आफ्ना छोराछोरीको मदत चाहिन्छ । विद्यालय जानुको साटो उनीहरू आफ्नो परिवारका लागि घन्टौं कुरेर पानी जम्मा गर्न बाध्य छन् ।” उनले भने, “यो पानीको सङ्कटको कारण निम्तिएको दुःखद परिणाम हो ।” अनि पानीको अभावले चरम असर पार्न सक्छ ।

गत महिना राजधानी सानामा पानीको ट्याङ्कीमा पहुँचको विषयलाई लिएर छिमेकीले एक बालिकाको छुरा प्रहार गरी हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको बताइएको थियो । यो समाचारलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने उक्त भिडियो दृष्यको आधिकारिकतालाई एएफपीले प्रमाणित गर्न खोजे पनि स्थानीय वातावरणका कारण यो सम्भव हुन सकेन ।

सन् २०२२ को अप्रिलमा ताएजमा पानी लिन पर्खिरहेका महिला र बालबालिकालाई पानीको ट्रकले ठक्कर दिँदा एउटा घातक दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

पिउने पानीका लागि थोपा थोपाको हिसाब

ताएजको जल प्राधिकरणका निर्देशक समिर अब्दुलवाहिदले हुथीको घेराबन्दीलाई दोष दिँदै युद्धअघि ९० वटा कुवा रहेकोमा अहिले सहरमा २१ वटा इनार रहेको बताए । “ताइजमा प्रतिव्यक्ति दैनिक ०.७ लिटर पानीको उपलब्धता छ,” उनले भने ।

“ताएजका धेरै क्षेत्र अर्थात् शहरको करिब ६० प्रतिशत भागमा युद्ध सुरु भएदेखि एक थोपा पनि पानी आएको छैन ।” उनीहरूले थोपा थोपाको हिसाब गरेर पानीको अभाव टार्छन् ।

अब्दुलवाहिदका अनुसार बालबालिकाले पनि यो सङ्कटको मार धेरै खेपिरहेका छन् ।

“बालबालिका विद्यालय जाँदैनन्,” उनले भने । उनले भने, “उनीहरू आफ्नो भागको पानी पाउनको लागि विद्यालयको साटो पानीको वितरण स्थलमा जान बाध्य हुन्छन् ।

‘युनिभर्सिटी अफ नोट्रे डेमको ग्लोबल एडाप्टेशन इनिसियटिभ’ले यमनलाई यस क्षेत्रको सबैभन्दा बढी जलवायु–संवेदनशील देशहरूको रूपमा स्थान दिएको छ ।

यमनको वातावरणीय परामर्शदाता कम्पनी होल्म अखदारका अनुसन्धाता महा अल सालेहीका अनुसार समुद्रको सतह बढ्नुका साथै अचानक आएको बाढीले भूमिगत जललाई नुनिलो बनाउनुका साथै ढललगायतको प्रदूषण निम्त्याउँछ ।

“यमनमा पानीको घट्दो उपलब्धता मात्र होइन, कमजोर गुणस्तर, पहुँच र किफायती क्षमता पनि यसमा अभावमा समावेश छ,” उनले भने । यसले यमनवासीलाई चरम जल असुरक्षामा मात्र राख्दैन तर खाद्य असुरक्षामा पनि राख्छ । यमनको द्वन्द्व समाधान भए पनि पानीको अभाव कायमै रहने वेहबेले बताए । उनले भने, “यमनमा भोलि शान्ति कायम भए पनि पानीको अभावको मुद्दा जारी रहनेछ ।”

Previous Post

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान

Next Post

अब निसेलढोरमै स्वास्थ्य सेवा

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
अब निसेलढोरमै स्वास्थ्य सेवा

अब निसेलढोरमै स्वास्थ्य सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In