• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्खामा कमला नदीको दुःख, ३ मिनेटको बाटो डेढ घण्टा हिंड्न बाध्य

by
२ असार २०८०,
0
बर्खामा कमला नदीको दुःख, ३ मिनेटको बाटो डेढ घण्टा हिंड्न बाध्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लहान । शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा थिए । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उनी निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा थिए रामदेव महतो पनि ।

हतार गरेर के गर्नु १ उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदी छेउमा पुगेर रोकिनु थियो । जसरी केही समयअघिदेखि सिरहा नगरपालिका-७ का कपिलदेव यादव छुताउँदै रोकिरहेका थिए । ‘छिटो पुगिन्छ भनेर पहिले यही बाटो आइन्थ्यो तर यस पटक भने दुःख पाइयो । पुल बगाएको बारे यही पुगेपछि मात्रै थाहा भयो । अब फर्किने कि अर्को बाटोबाट जाने दोधारमा छु’, यादवले मलिन मुद्रामा भने ।

यस्तै पछुतो थियो सुरजकुमार मुखियाको पनि । ‘साथीले एकाध घण्टा छोटो हुन्छ भनेर यो बाटो आए तर यहाँ त कामचलाउ काठको पुल पनि बगाइसकेको रहेछ’, उनले भने, ‘यस्तो हविगत होला भन्ने के थाहा १ फँसादमा परियो । अब कुन बाटो भएर जाने थाहा नै छैन ।’

यतिबेलै आइपुगे धनुषाको विदेह नगरपालिका वडा नं ६ का सुविन्दर झा । वर्षौंदेखि कमलाको दुःखबारे जानकार झाले पारी पुग्न दुई विकल्प सुनाए । ती दुई विकल्पमध्ये या त भारतीय बजार जयनगर हुँदै जाने वा सारश्वरघाट हुँदै डुङ्गा चढेर पुलपारी पुग्ने । ‘के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो । धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ । यस्तो दुःख वर्षायामभरि भोग्नु्पर्छ’, उनले भने । उनले तीन मिनेटको दूरीमा पुग्ने ठाउँमा अब डेढरदुई घण्टा समय लाग्ने बताए ।

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भाँसिएको थियो । स्थानीयले वर्षौंदेखि काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ यस्तै सास्ती हुने गरेको छ । यो समय स्थानीयले वारपार गर्न भारतीय बजार जयनगर वा रु एक सय तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा परिरहेको स्थानीय पत्रकार नरेश रौनियारले जानकारी दिए ।

‘अन्य बेला त काठेपुल वा अन्य विकल्प प्रयोग गरेर नदी वारपार गर्न सकिन्थ्यो तर वर्षायामभरी यो विकल्प पनि रहँदैन । खै १ कहिलेसम्म यस्तो सास्ति खेप्नुपर्ने हो रु’, उनले भने ।

निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स कन्सट्रक्सन’ले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम गरिरहेको थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम पनि रोकिएको छ । निर्माण कम्पनीका आयोजना प्रमुख सुदीप थापाले आगामी असोजसम्म काम रोकिएको जानकारी दिए ।

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो । निर्माण कम्पनिले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माण अनिश्चित भयो ।

यही अनिश्चितताबीच गत फागुन १५ मा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत निरीक्षण गरी तत्काल काम सुरु गर्न निर्देशन दिएका थिए । ‘जनताले निकै सास्ती भोग्नुपरेको छ । यसरी पुल निर्माण कार्य अलपत्र पार्न पाइँदैन । म निर्माण कम्पनीलाई प्रक्रिया पु¥याएर तत्काल काम गर्न निर्देशन दिन्छु’, उपप्रधानमन्त्री श्रेष्ठले भनेका थिए ।

यसको केही समयपछि गत चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भई पुनःनिर्माणको काम सुरु पनि गरियो तर शुक्रबारदेखि सो कार्य पूर्णरुपमा ठप्प भएको छ ।

Previous Post

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

Next Post

दक्षिण कोरियाका सहरमा नीरफूल

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
दक्षिण कोरियाका सहरमा नीरफूल

दक्षिण कोरियाका सहरमा नीरफूल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In