लण्डन । बेलायतको उपभोक्ता मूल्य सूचकाङ्क ९सीपीआई० सन् २०२२ को सेप्टेम्बरसम्मको १२ महिनामा १०.१ प्रतिशतले वृद्धि भएको छ ।
यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च विन्दुमा फर्किएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)का अनुसार मासिक आधारमा हेर्दा सीपीआई अगस्टको तुलनामा सेप्टेम्बरमा ०.५ प्रतिशतले बढेको छ ।
ओएनएसका आर्थिक तथ्याङ्क निर्देशक डारेन मोर्गनले भने, “गत महिनाको सामान्य गिरावटपछि प्रमुख सेवाहरूको मुद्रास्फीति बर्षा ऋतुको सुरुमा देखिएको उच्च स्तरमा फर्किएको छ ।”
उनले भने, “खाद्य पदार्थमा थप वृद्धिका कारण यो वृद्धि भएको हो, जसले ४० वर्षयताकै सबैभन्दा ठूलो वार्षिक वृद्धि देखेको छ, जबकि होटलको मूल्य पनि गत वर्ष यसको यसै समयमा सामान्य घटेपनि अहिले बढेको छ । सेप्टेम्बरसम्म १२ महिनामा खाद्य र अल्कोहलरहित पेय पदार्थको मूल्य १४.६ प्रतिशतले बढेको छ, जुन ४२ वर्षको उच्च बिन्दुमा पुगेको छ,” ओएनएसको रिपोर्टमा भनिएको छ ।
सबैभन्दा ठूलो वृद्धि प्रभाव पाउरोटी र खाद्यान्न, मासुजन्य उत्पादन, दूध, चीज र अण्डाबाट आएको छ । ओएनएसका अनुसार मोटर ईन्धनको मूल्यमा निरन्तर गिरावटले मुद्रास्फीतिमा सबैभन्दा ठूलो योगदान गरेको छ । “सेप्टेम्बरको उपभोक्ता मूल्यको तथ्याङ्कले केन्द्रीय बैंक, बैंक अफ इङ्ग्ल्याण्ड ९बीओई० मा बढ्दो मन्दीको बावजुद नोभेम्बर ३ मा हुने यसको अर्को बैठकमा ब्याज दरमा उल्लेखनीय वृद्धि गर्न दबाब कायम राखेको छ,” प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख बेलायती अर्थशास्त्री स्यामुयल टम्ब्सले बताए ।
सेप्टेम्बरको अन्त्यमा, बीओईले मुद्रास्फीतिको सामना गर्न आफ्नो मानक ब्याज दरमा वृद्धि गरी २.२५ प्रतिशत कायम गरेको थियो ।













