• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

    तिलिचो भक्ति यात्रा सम्पन्न

    तिलिचो भक्ति यात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपाल इयुको उडान सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी

by
३ कार्तिक २०७९,
0
नेपाल इयुको उडान सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल युरोपेली संघ (इयु) को उडान सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’ बाट छिट्टै हट्ने जनाएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको हवाई सुरक्षा परिपालना दर विश्वस्तरभन्दा माथि रहेकाले छिट्टै इयुको सेफ्टी लिस्टबाट हट्ने विश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गरेको अडिट प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले अडिट प्रतिवेदनबाट उत्कृष्ट नतिजा आएकाले अब यो विषय लम्बिरहन नपर्ने जिकिर गरे।

देशको हवाई सुरक्षा प्रणालीमा व्यापक सुधार आएको र इयुअन्तर्गतको प्राविधिक टोलीले पनि नेपालले हवाई सुरक्षामा उल्लेखनीय प्रगति गरेको प्रारम्भिक प्रतिवेदन दिएकाले सबै कारणले हेर्दा हामी (नेपाल) सेफ्टी सूचीमा रहिरहनुपर्ने कारण छैन, यो कुरा इयुले बुझ्नुपर्छ, उनले भने।

महानिर्देशक अधिकारीले इयुले सुरक्षासूचीमा राखे पनि नराखे पनि मुलुकको हवाई उड्डयन क्षेत्रको सुधारको काम निरन्तर चलिरहने बताए।

नेपाल इयुको सुरक्षासूचीमा अब लामो समय रहन सक्दैन। यो प्राविधिक विषय हो, उनले भने,‘देशको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय पनि भएकाले हामी हवाई सुरक्षा प्रणाली सुधारमा कुनै पनि कसर बाँकी राख्दैनौं।’

प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औंल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरू गरिसकेको बताए।

प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्य रहेको बताए । अडिटपछि प्राधिकरणले कर्मचारी सरूवा नगर्ने निर्णय गरेको तथा प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेट र जनशक्तिको व्यवस्था गरेको पनि उनले जानकारी दिए ।

सुरक्षा विभाग प्रमुख श्रेष्ठका अनुसार उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ । जसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरूवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ।

गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिट गरेको थियो। आइकाओको १० सदस्यीय टोलीले हवाई सेवा प्रणालीका विभिन्न आठ क्षेत्रमा बृहत् अडिट गरेको थियो। जसमा नेपालले ७०.१ प्रतिशत उड्डयन सुरक्षा कायम गरेको छ। जुन विश्वको औसत दरभन्दा माथि भएको प्राधिकरणले जनाएको छ। नेपालले प्राप्त गरेको अंक एसिया प्रशान्त क्षेत्र र विश्वस्तरको भन्दामाथि रहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार एसिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव ५ र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत छ । हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएका छन् ।

Previous Post

आचारसंहिता उल्लंघन भए उम्मेदवारी खारेजी हुन सक्ने

Next Post

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

सम्बन्धित खबर

रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय
आवाज

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

८ असार २०८३,
आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आवाज

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

८ असार २०८३,
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
आर्थिक

झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती

८ असार २०८३,
तिलिचो भक्ति यात्रा सम्पन्न
आवाज

तिलिचो भक्ति यात्रा सम्पन्न

८ असार २०८३,
Load More
Next Post
बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In