• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

    सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक

    पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

    विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

    बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

    तामुटारमा पक्की पुल निर्माण

    बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

    मेलम्चीको पानी आपूर्ति बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीले पुल बगायो, वर्षाले जनजीवन प्रभावित

by
१ असार २०८०,
0
बाढीले पुल बगायो, वर्षाले जनजीवन प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ । निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन् ।

गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ । एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयले बताए । सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुगेको छ । स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावर हाउस बाढीले बगाएको छ भने अर्को १५ किलोवाटको पाइप बगाएको छ ।

यस्तै स्थानीय जगतबहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबारदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाले बाडी पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको हो । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक विनम माबोले बताए।

बाढी पहिरोले २९ घरपरिवार उच्च जोखिममा

गएको बिहीबारदेखि निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरीजङ्गा गाउँपालिका र सिदिङवा गाउँपालिका विभिन्न गाउँमा उच्च जोखिममा परेका छन् । बिहीबारदेखि निरन्तर वर्षासँगै पाढी पहिरोका कारणले २९ घरपरिवार उच्च जोखिममा परेको हो ।

सिदिङ्वा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधबार साँझदेखि निरन्तर वर्ष भइरहेको सिदिङवा गाउँपालिका–७ का लुक्षुमण तामाङले बताए । उनका अनुसार खोेला खोल्सा तर्न नसकिने अवस्था भएको छ । एक घरदेखि अर्को घर जानसमेत सम्भव नभएको वडाध्यक्ष तामाङले बताए । उनले भने , “पानी मुसलधारे परिरहेको छ । एक घरदेखि अर्को घर जान सकिँदैन । अहिले सुरुङखिम गाउँमा १५ घर परिवार उच्च जोखिम परेको छौँ ।” बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएको सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताईन । उनका अनुसार गत सातामात्र उद्घाटन गरेको तावा खोलामा निर्माण गरेको मोटरेवल पुलको एक साइटको पिलर बगाएसँगै यातायातका साधन आवतजावतमा ठप्प भएको उपाध्यक्ष कडरियाले बताईन। धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ ।

त्यस्तै सिरिजङ्गा गाउँपालिका–७ याम्फुदीनमा गए रात पहिरोले विद्युत्गृहनै बगाएसँगै गाउँन अन्धकार भएको स्थानीय राजकुमार लिम्बूले बताए। स्थानीयका अनुसार काबेली खोलामा गए राति आएको बाढीले घर जगतबहादुर राई र तारामान गुरुङ गुरुङको घर पूर्णरुपमा क्षति गरहेको छ । पशु चौपायको क्षति भने यकिन नभएको स्थानीय विदुर गुरुङले बताए ।

याम्फुदीन प्रहरीचौकीका अनुसार निरन्तर वर्षाका करण १४ घर परिवार उच्च जोखिममा रहेका छन् । प्रहरीका अनुसार कालेली खोला अहिले गाउँमा छिरेको छ । खोला गाउँमा छिरेपछि गाउँनै जोखिममा परेको याम्फुदीन प्रहरीचौकी इञ्चार्ज प्रहरी हवलदार विनोद उरावले बताए । उनले भने , “अहिले हामी नै जोखिममा छौँ । प्रहरीचौकी, वडा कार्यालय, विद्यालय, स्वास्थ्यचौकीसमेत उच्च जोखिममा परेको छ । स्थानीय आफ्नो घर छोडेर सुरक्षित स्थानमा जाने क्रममा छन् ।”

बुधबार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबारदेखि बन्द गरिएको छ । बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो । “विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्ने तरिका छैनन्”, प्रधानाध्यापक यज्ञमणि पौडेलले भने , “सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङका अनुसार बिहीबार अहिलेसम्म एक क्षेत्रमा एकदेखि अर्को ठाउँमा जान कठिन छ ।”

सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने दुईवटा यात्रुवाहक जिप रोकिएको बताउँछन् । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँकबाट निकाल्ने उपाय नभएको राईले बताए। सिदिङवा र सिरिजङ्गामा गत वर्षको बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गराएको थियो ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

बर्खामा पनि मेलम्चीको पानी नरोकिने

सम्बन्धित खबर

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
आवाज

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

१९ असार २०८३,
सरकारद्वारा नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्नेलगायत एक सय कार्यसूची सार्वजनिक
आर्थिक

पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

१९ असार २०८३,
औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन
आवाज

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

१९ असार २०८३,
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
आर्थिक

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

१९ असार २०८३,
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
आर्थिक

तामुटारमा पक्की पुल निर्माण

१९ असार २०८३,
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
आवाज

मेलम्चीको पानी आपूर्ति बन्द

१९ असार २०८३,
Load More
Next Post
काठमाडौंबासीले मेलम्चीको खानेपानी बाह्रै महिना पाउने

बर्खामा पनि मेलम्चीको पानी नरोकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In