समर्पित प्रेमी, हिमालयको सुन्दर दृश्य र एकान्तको अभीप्साले यहाँ हिमदर्शिनी (आश्रम)मा बसेको छ । इच्छा अरू इच्छाको कारण हुँदो रहेछ । कहीँ पुग्ने, केही बन्ने, केही बनाउने, सुरक्षित हुने आदि इच्छा भैंm समर्पण, शून्यता, एवं एकान्तको निश्चित प्रकारको इच्छा पनि इच्छा नै हो ।
रुचिरहित, पक्षरहित अवधान भिन्न तत्व हो । जहाँ शरीरको, सुविधाको ध्यान छ त्यहाँ मानसिक द्वन्द्व, उद्विग्नता रहनै पर्छ, जहाँ मानसिक निर्मोहता अनासक्तिता–निद्र्वन्द्वता छ त्यहाँ शरीरको किञ्चित् कष्ट असुविधा भोग्ने तितीक्षा हुनैपर्छ । जहाँ सहन र तितीक्षा दुवै चाहिएन, तनको सुविधा र मनको सुख चाहियो । त्यो सब भ्रम हो, खतरा हो, व्यर्थता हो । रात र दिनका सापेक्ष कार्य भिन्न हुन्छन् ।
शब्दमा सबै छ तर उचित प्रयोग न भए त्यसको जीवनमा क्यै अर्थ छैन । जीवनमा समस्या इच्छाका कारण जन्मेका हुन्, ती तरङ्ग मात्र हुन् ।
प्रकृतिले दिएको विस्मरण नित्य निद्राका रूपमा तथा नैमित्तिक मृत्युका रूपमा आउँछ । प्राकृतिक नित्य नै निमित्त मृत्युले स्वातन्œयता वा स्थिरता दिँदैन ।
त्याग भनेको विवेकको मृत्यु हो, जसमा जो छ, उसको सत् चित् आनन्दको प्रवाह रहन्छ परन्तु म–मेरो–मेराको भन्ने–भेद–द्वैत, आग्रह, रहँदैन ।
मृत्यु र त्याग एउटै स्वभावका हुन्, यी दुवैलाई एकसाथ अनुभव गर्न– प्रेम वा समाधिमा प्रवेश गर्नु हो । यही एक लक्ष्यमा मनको एकाग्रता प्रेम हो, अन्तमा एक लक्ष्यता समाधि हो, प्रेम र समाधिको अनुभव समान हो, प्रेमले एकमा अनन्तलाई समावेस गरी अहोभाव, समर्पण, अकिञ्चनता उदारतामा स्थित गर्छ । समाधिले एकलाई अनन्त भएको छ भन्ने जानी–नभएकोमा वृत्ति राख्छ
— प्रेम र समाधि भिन्न भिन्न अपूर्ण हुन् र भेद पैदा गर्छन्, जब साक्षी साक्षात्कारका साथ आपैmलाई विलय गर्छ तब नै ‘ज्ञान’ आउँछ । ज्ञान भनेको अनेक खण्डमा विभाजित, स्वर्ण, मृत्तिका, पृथ्वी, आकाश, अग्नि, स्ववर्ण, मन, स्वप्न, अहं, आत्मालाई–विचारले जान्नु हो ।
म मेरो मेराको भन्ने व्यक्ति वस्तुमा ममत्व र चिन्ताको स्वतः नै जन्म हुन्छ यो अनुभव – हिमदर्शिनी, तुरीयम् एवं प्रशान्तम् आश्रममा अनुभव गर्न सकिन्छ, मबाट मुक्ति, स्वतन्त्रता हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













