• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

by
३१ जेष्ठ २०८०,
0
गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशद्वारा गरिएको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत महाकाली प्रादेशिक अस्पतालमा गरिएको अनुगमन मूल्याङ्कनमा विगतको तुलनामा अस्पतालले स्वास्थ्य सेवामा उलेख्य सुधार गरेको पाइएको हो ।

स्वास्थ्य सेवा विभागले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार अस्पतालमा सेवा सञ्चालन भएरनभएको हरेक छरछ महिनामा अनुमगन गर्ने गरेको छ । विभागका अनुसार सन् २०१९ मा महाकाली अस्पतालको गुणस्तर ३५ प्रतिशतमात्रै रहेको थियो । हाल अस्पतालले गुणस्तर वृद्धि गर्दै ८५ प्रतिशत पुर्याएको छ । त्यसैगरी २०२० मा अस्पातलले सेवा सुधार गर्दै ६३ प्रतिशत पुर्याएको थियो । सन् २०२१ मा ६८ प्रतिशत, २०२२ मा ७८ प्रतिशत सेवा सुधार भएको हो ।

स्वास्थ्य सेवा विभागले अनुगमन गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सञ्चालन भए÷नभएको हेर्ने गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए । उनले विगतका तुलनामा अस्पतालले गुणस्तर वृद्धि गर्दै गएको बताए । “हामीले अस्पतालले दिने स्वास्थ्य सेवा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै दिने गरेका छौ”, उनले भने , “अहिले अस्पतालमा विशेषज्ञ चिकित्सक र अन्य सेवा सुविधासमेत थप गरिरहेका छौँ, जसले गर्दा बिरामीको चाप बढेको छ ।”

उनले शतप्रतिशत पुर्याउने लक्ष्यअनुसार अस्पतालले स्वास्थ्य सेवा विस्तार गरिरहेको बताए । “हामीले सुविधासम्पन्न इमर्जेन्सी भवन सञ्चालनमा ल्याएका छौँ”, अध्यक्ष भट्टले भने, “सेवा सुविधा पनि थप हुने प्रक्रियामा छन् हाम्रो लक्ष्य सय प्रतिशत गुणस्तरीय स्वास्थ्य सेवा दिने हो ।” उनले समिति जनशक्तिका बीच पनि सेवा प्रवाह चुस्त रहेको बताए। अस्पतालमा हाल १४ विशेषज्ञ चिकित्सक, १२ मेडिकल अफिसर, छ जना डेन्टलले सेवा दिँदै आएका छन् । “अस्पतालमा अझै नर्सिङ स्टाफको अभाव छ, भौतिक संरचना निर्माण हुँदैछनु”, उनले भने , “आवश्यक जनशक्ति व्यवस्थापन र भौतिक संरचनाका लागि पहल गरिरहेका छौ ।”

यहाँका स्थानीयले पनि पछिल्लो समय अस्पतालको सेवा सुधार भएको बताएका छन् । महाकाली अस्पतालमा उपचारको क्रममा भेटिएका पुष्पा पन्तले अस्पतालमा सहजरूपमा सेवा पाइरहेको बताईन । “विगतको तुलनामा अहिले धेरै सुधार भएको छ तर बालरोग विशेषज्ञ ल्याउनु जरुरी छ”, उनले भनिन , “अहिले यही अस्पतालमा शल्यक्रिया हुने गरेको देखेपछि खुसी लागेको छ ।” त्यसैगरी यहाँका नागरिक अगुवाले पनि अस्पतालमा राजनीति गर्न नहुने भन्दै अस्पतालको सेवा विस्तारमा लाग्नुपर्ने बताउँछन ।

यहाँका स्थानीय रमेश पन्तले पछिल्लो सयम अस्पतालले स्वास्थ्य सेवा थप गरेको बताउँदै यहाँका स्थानीयले घरआँगनै उपचार पाउने गरेको बताए । “एक विशेषज्ञ चिकित्सक बस्ने अस्पतालमा अहिले १४ जना विशेषज्ञ चिकित्सक छन् त्यस्तै अन्य सुविधा पनि थप भएका छन् ।” उनले भने, “अस्पतालमा राजनीतिक आग्रह–पूर्वाग्रहले गर्दा बेला–बेला विवादमा आउने गरेको छ अस्पतालमा राजनीति गर्नु हुँदैन ।”महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवा सुधार गरेपछि सामान्य उपचारका लागि पनि यहाँका स्थानीयले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

जग्गा उपलब्ध नहुँदा डम्पिङसाइट निर्माणमा ढिलाइ

महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र ९डम्पिङसाइट० निर्माणका लागि जग्गा उपलब्ध नहुँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा रहेको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।

“नगरपालिकाले विभिन्न ठाउँमा जग्गा हेरे पनि टुङ्गो लाग्न सकेको छैन”, प्रवक्ता खड्काले भने , “यहाँका जनताको बुझाइमा फोहर ल्याएर हाम्रो ठाउँमा फाल्नेहन्ुन भन्ने परेकाले झन् समस्या भएको छ ।” उनले जग्गा उपलब्ध हुने ठाउँमा पनि नागरिकको गतल बुझाइका कारण प्रशोधन केन्द्र बन्न नसकेको बताए । “अहिलेको आधुनिक किसिमले निमार्ण हुन्छ बस्तीमा केही असर गर्दैन ।”

उनले भने , “नगरपालिकाले जग्गा खरिदका लागि सार्वजनिक सूचना निकाले पनि जग्गाको टुङ्गो लागेन”, एसियाली विकास बैंक ९एडिबीए० को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भए पनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको हो ।

एडिबीको बजेट फिर्ता भए पनि नगरपालिका आफैँले प्रशोधन केन्द्र निर्माण गर्ने जनाएको छ । तर त्यसका लागि आवश्यक जग्गा उपलब्ध नहुँदा समस्या भएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भने पनि स्थानीयको विरोधका कारण त्यहाँ प्रशोधन केन्द्र बन्न नसकेको हो । नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । महेन्द्रनगर बजारबाट मात्रै दैनिक छदेखि सात टनसम्म फोहर उठ्ने गरेको नगरपालिकाले जनाएको छ ।

Previous Post

शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

Next Post

धमाधम हटाइँदै महानगरका अव्यवस्थित तार

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
धमाधम हटाइँदै महानगरका अव्यवस्थित तार

धमाधम हटाइँदै महानगरका अव्यवस्थित तार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In