• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनले ताइवानलाई गाभ्ने प्रयासलाई तीव्र पारेको छः अमेरिका

by
२ कार्तिक २०७९,
0
चीनले ताइवानलाई गाभ्ने प्रयासलाई तीव्र पारेको छः अमेरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनले ताईवानलाई पहिले सोचिएभन्दा ‘तीव्र समयसिमा’मा एकीकरण गर्न खोजेको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । बेइजिङले ताईवानको ‘अहिलेको स्थिति’ अब थप स्वीकार्य नहुने निर्णय गरेको पनि उनले बताए । चीनले ताईवानको वर्तमान हैसियत विद्रोही स्वशासित टापू भए पनि उ आफ्नै हिस्सा भएको मान्ने गरेको छ ।

ताईवानमा भने यस विषयमा दुई थरी मत छ । ताईवानका दुई प्रमुख पार्टीमध्ये हालको प्रतिपक्षी र अहिलेको शासनको संस्थापक कोमिन्ताङले ताईवानस्थिति सत्तालाई सम्पूर्ण चीनको मुल प्रतिनिधि बताउने गर्छ । सन् १९४९ मा चीन वर्षदेखि चलेको गृहयुद्धको अन्त्यमा कम्युनिष्टसँग हारेपछि चीनमा शासन चलाईरहेको कोमिन्ताङ पार्टी ताईवान सरेको थियो ।

त्यस्तै वर्तमान राष्ट्रपति साई इङ–वेन र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी भने ताईवान स्वतन्त्र मुलुक भएको र त्यही हुनुपर्ने विचार राख्ने गर्छ । आईतबार चिनियाँ कम्युनिष्ट पार्टीको पाँच वर्षमा हुने अधिवेशनको उद्घाटन सम्बोधनमा राष्ट्रपति सी जिनपिङले ताईवानलाई चीनमा मिलाउनको लागि बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेनन् ।

मंगलबार स्ट्यानफोर्ड विश्वविदालयको एक कार्यक्रममा बोल्ने क्रममा ब्लिनकेनले ‘शान्तिपूर्ण ढंगबाट एकिकरण सम्भव नभए बेइजिङले डर धम्की र बल प्रयोग गर्ने ’ बताए ।

त्यस अवस्थामा अमेरिकाले ताईवानसँग गरेको प्रतिवद्धता अनुरुप ताईवानको प्रतिरक्षात्मक क्षमता वृद्धिमा सघाउने ब्लिनकेनले बताए ।

वासिङ्टनले सन् १९७१ यता ताईवान र चीनको मुद्दामा जटिल कुटनीतिक सन्तुलन राख्ने प्रयास गरेको छ । अमेरिकाको आधिकारिक नीतिले ‘एक चीन नीति’ लाई स्वीकार्दै आएको छ । तथापि उसले ताईवानमाथिको एकीकरण एकतर्फ रुपमा हुन नहुने, ताईवानी नागरिकको मत लिनुपर्ने बताउँदै आएको छ ।

अमेरिकाले ताईवानलाई स्वतन्त्र मुलुक नमाने पनि अनौपचारिक रुपमा ताईवानसँग विभिन्न व्यापारिक तथा प्रतिरक्षा सम्झौता गरेको छ । पछिल्लो समय बाईडेनले विभिन्न अबसरमा चीनको आक्रमणको समयमा वाशिन्टनले ताईवानको प्रतिरक्षा गर्ने बताईरहेका छन् ।

गत महिना अमेरिकी राष्ट्रपति जो बाईडेनले चीनले ताईवानमाथि आक्रमण गरे अमेरिकी फौजले ताईवानको प्रतिरक्षामा अघि आउने बताएका थिए ।

Previous Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः डाँडाले रोक्यो परीक्षण उडान

Next Post

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

सम्बन्धित खबर

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
Load More
Next Post
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In